पर्यटन

पर्यटन वर्षमा तुलसीपुरको यस्तो तयारी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटन वर्षमा तुलसीपुरको यस्तो तयारी

तुलसीपुर, कार्तिक १७ । सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउनका लागि सञ्चालन गर्न लागेको भ्रमण वर्ष २०२० अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले विभिन्न योजना अगाडि वढाएको छ । आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने लक्ष्य अनुरुप उपमहानगरपालिकाले होमस्टे सञ्चालनदेखि पर्यटन मार्ग निर्माण सम्मको काम अगाडि वढाउन लागेको हो । (more…)...
पर्यटन गन्तव्य बन्यो गणेशपुर पार्क (फोटो फिचर सहित)
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज

पर्यटन गन्तव्य बन्यो गणेशपुर पार्क (फोटो फिचर सहित)

जीतसागर जी.एम. तुलसीपुर, १६ कार्तिक । तुलसीपुर उपहानगरपालिका–७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्क पर्यटनको गन्तव्य बन्दै गएको छ । तिहार सकिएलगत्तै क्लब तथा समुह बनभोजका लागि पार्कमा आउन थालेपछि भिडभाड बढेको छ । पार्कमा आजमात्रै २७ वटा विभिन्न समुह बनभोजका लागि आएको पार्क व्यवस्थापन समितिले जनाएको छ । पार्कमा पिङ, छहरा, मिनि जु , चिल्डे«न पार्क लगायत आर्कषणको केन्द्रबिन्दु बनेको छ । पार्कमा दैनिक ७ सय भन्दा बढी आउने गरेको राप्ती शान्ती उद्यान व्यवस्थापन समितिका डिल्लीबहादुर भण्डारीले जानकारी दिनुभयो । पर्यटकको संख्या बढ्दै गएपछि आम्दानीको स्रोत पनि बढ्दै गएको उहाँले बताउनुभयो । तिहार सकिएपछि अन्य समयको तुलनमा पर्यटकको संख्या बढ्ने गरेको उहाँले बताउनुभयो । पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएपछि पार्कमा भौतिक संरचना निर्माण हुने क्रममा छन् । पार्क...
संरक्षणको अभावमा देउखुरीको पचपन्न झ्याले दरबार
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

संरक्षणको अभावमा देउखुरीको पचपन्न झ्याले दरबार

ओमप्रकाश गुप्ता देउखुरी, १६ कार्तिक । दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा, चारैतिर प्राकृतिक मनोरम दृश्य, छेउमा राप्ती नदी , नदीको एउटा धार बीचमा दरबार अवस्थित छ । छिमेकीले यो दरबारलाई पचपन्न झ्याले दरबार भनेर चिन्ने गर्छन् । दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन् । (more…)...
दाङमा पर्यटकिय चाप बढ्दै
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दाङमा पर्यटकिय चाप बढ्दै

दाङ,११ कार्तिक | दाङका विभिन्न पर्यटकिय स्थलहरुमा आन्तरिक पर्यटकहरुको घुईचो लागेको छ । घोराहीको धारापानी, बाह्रकुने दह, ज्यामिरे दह, तुलसीपुरको राप्ती शान्ती उद्यान, देउखुरीको जखेरा, जंगलकुटी लगाएतका क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो छ । (more…)
संरक्षणको पर्खाइमा दाङको कमल पोखरी ताल
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

संरक्षणको पर्खाइमा दाङको कमल पोखरी ताल

नारायणी रजौरे दाङ, कार्तिक ७ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमल पोखरी ताल अहिले संरक्षणको पर्खाइमा रहेको छ । (more…)
‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन सम्भावना दूतहरु नियुक्त गर्दै सरकार
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति, साहित्य/कला

‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन सम्भावना दूतहरु नियुक्त गर्दै सरकार

सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सम्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सम्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो । त्यसका लागि उहाँले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गर्नुभयो । आईतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताउनुभयो । विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्...
एनआरएनएको अध्यक्षमा पन्त विजयी
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति

एनआरएनएको अध्यक्षमा पन्त विजयी

  कात्तिक १ गते । गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी हुनु भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ । अन्तिम मतपरिणाम भने सार्वजनिक भइसकेको छैन । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य रहनुभएको थियो । प्राप्त जानकारीअनुसार उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी हुनुभएको छ । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गोविन्दराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो ।...
तुलसीपुरका ५ स्थानमा होमस्टे स्थापना गरिने
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

तुलसीपुरका ५ स्थानमा होमस्टे स्थापना गरिने

दाङ, असोज २७ । तुलसीपुरलाई पर्यटन प्रवद्र्धन मार्फत विकास गर्नका लागि उपमहानगरपालिकाले घुम्न जाऔँ तुलसीपुर अभियानसंगै विभिन्न पर्यटकिय स्थलमा होमस्टे समेत संचालन गर्ने भएको छ । उपमहानगरपालिकाले विभिन्न ५ स्थानमा होमस्टे संचालनका लागि केहिदिन भित्रै अध्ययन , अवलोकनमा उपहानगरको पर्यटन शाखाको टिम जाने र फर्र्किए लगत्तै होमस्टे संचालन गरिने नगरप्रमुख पाण्डेले बताए । ‘उमहानगरपालिका भित्र करिब दुई दर्जन पर्यटकिय स्थल रहेको र ति स्थानको विकासलाई पनि जोड दिएका छौँ, उनले भने–‘ घुम्न जाऔँ तुलसीपुर अभियान सफल बनाएमात्रै नेपाल सरकारले सन् २०२० मा करिब ५ लाख पर्यटक भित्राउनले लक्ष्य सफल हुने छ ।’...
पर्यटक तान्दै तुलसीपुर : पुरस्कारदेखि अनुदानको व्यवस्था
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटक तान्दै तुलसीपुर : पुरस्कारदेखि अनुदानको व्यवस्था

 जीतसागर जी.एम. तुलसीपुर, २७ असोज | तुलसीपुर उपमहानगरपालिकाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पुरस्कारदेखि अनुदानसम्मको व्यवस्थाको निति लिएको छ । उपमहानगरपालिकाले नगरभित्र रहेका पर्यटकिय स्थलको भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरेर सबैभन्दा बढी भिओर बनाउनेलाई पुरस्कारको व्यवस्था रहेको नगरप्रमुख घनश्याम पाण्डेले बताए । (more…)...
सीको नेपाल भ्रमण : विश्वमा नयाँ सन्देश
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, राजनीति

सीको नेपाल भ्रमण : विश्वमा नयाँ सन्देश

परराष्ट्र मामिलाका जानकारहरूले चीनका राष्ट्रपति सि चिनफिङको दुईदिने राजकीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने बताउनुभएको छ । चीनका राष्ट्राध्यक्षबाट २३ वर्षपछि हुन लागेको यो उच्चस्तरीय भ्रमणले विश्वमा नयाँ सन्देश दिने भनाइ पनि उहाँहरूको छ । विज्ञहरूको भनाइ उहाँहरूकै शब्दमा : नयाँ फड्को डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राष्ट्रपति सीले आलेखमार्फत आफ्नो धारणा शुक्रबार सार्वजनिक गर्नुभएको छ । मुलुक सानो वा ठूलो भए पनि दुई देशबीचको सम्बन्धको आधार भनेको पारस्परिक हित, लाभको आधारमा हुने उहाँले स्पष्ट विचार राख्नुभएको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्ने र अझ बढी चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्नु प्रोत्साहित गर्ने भन्ने उहाँको भनाइ आएको छ, त्यो एकदम सकारात्मक छ । कूटनीतिक हिसाबले पनि यो भ्रमण अत्यन्तै महŒवपूर्ण हो ।...