स्वास्थ्य

लायन्स क्लब अफ दाङद्वारा रक्तदान
स्वास्थ्य

लायन्स क्लब अफ दाङद्वारा रक्तदान

दाङ, ६ मंसिर । लायन्स क्लब अफ दाङ क्यापिटलले रेडक्रस तुलसिपुर शाखामा देखिएको रक्त अभावलाई सम्बोधन गर्न बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमका बोल्दै प्रमुख अतिथि सुरेश हमालले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै समाज सेवामा यस्ता कार्यक्रमले पुर्‍याउने योगदानबारे आफ्नो धारणा व्यक्त गरेका थिए । उनले रक्तदान जीवन बचाउने महान कार्य रहेको भन्दै सहभागी लगायत आयोजक टिमको प्रशंसा गरेका थिए । यस्तै क्लबका अध्यक्ष भिम प्रकाश ओलिले कार्यक्रममा उपस्थितहरूलाई सम्बोधन गर्दै रक्तदान मानव सेवाको उच्चतम रूप भएको बताएका थिए । पछिल्लो समय तुलसीपुरमा रक्त अभाव हुँदै र सेवाग्राही बढ्दै गइरहेको समस्यालाई मध्यनजर गर्दै आफुहरुले कार्यक्रमको आयोजना गरेको बताए। उनले रक्तदाता र कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै यस्तो अभियानलाई निरन्तर...
राप्तीमा निः शुल्क आँखा शिविर : २ हजार जनाको आँखा जाँच
स्वास्थ्य

राप्तीमा निः शुल्क आँखा शिविर : २ हजार जनाको आँखा जाँच

तुल बहादुर कवँर मगर दाङ, ६ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा २ हजार ११ जनाको आँखा जाँच गरिएको छ भने २ सय ५ जना मोतीबिन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा सञ्चालित सो शिविरमा उनीहरूको आँखा जाँच तथा शल्यक्रिया गरिएको हो। गत कार्तिक २३ गतेदेखि २८ गते सम्म राप्ती गाउँपालिका दाङ सँगै गढवा गाउँपालिका, प्युठानको सरुमारानी, बाँकेको राप्ती सोनारी र कपिलवस्तुको बिजयनगर गाउँपालिकाका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर बाट २ सय ७५ जना मोतिबिन्दु भएका आँखाका बिरामीहरु छनोट भएका थिए।त्यसमध्ये मं...
लुम्बिनीमा १३ देखि १७ वर्षका छ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या
स्वास्थ्य

लुम्बिनीमा १३ देखि १७ वर्षका छ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या

दाङ, ४ मंसिर । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ। पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन्। नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण–२०२२ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका २० प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्या तथा चार प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा ‘डिप्रेसन’ को समस्या रहेको छ। सोही सर्वेक्षणअनुसार नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्याका लक्षणहरु तथा पाँच प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा डिप्रेसनका लक्षणहरु देखिएको छ। स्वास...
दाङ उवासंघमा कोरोनाविरुद्धको खोप केन्द्र
स्वास्थ्य

दाङ उवासंघमा कोरोनाविरुद्धको खोप केन्द्र

दाङ, ४ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालय घोराहीमा कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । संघको समन्वय र स्वास्थ्य कार्यालय दाङको आयोजनामा सोमवार शुरु भएको हो । बुधबारसम्म खोप अभियान चल्ने स्वास्थ्य कार्यालय दाङका खोप शाखा प्रमुख भानुज्योति वलीले बताउनुभयो । ‘कार्तिक ६, ७ र ८ गते जिल्लाका सबै स्वास्थ्य संस्थामा कोरोना विरुद्धको खोप अभियान चलाएका थियौं’– वलीले भन्नुभयो– ‘त्यहीअन्तर्गत अहिले संघको पहलमा यो अभियान सञ्चालन गरिएको छ ।’ उहाँका अनुसार त्यसबेला अभियानमा २५ हजार ८६ डोज खोप लगाइएको थियो । अझै तीन हजार डोज खोप लगाउन सकिने छ । त्यही बाँकी रहेको खोपका लागि संघको कार्यालय घोराहीमा अभियान थालिएको छ । यसअघि दुईवटा कोरोना विरुद्धको खोप लगाएकोले वुष्टरको रुपमा लगाउन सक्ने शाखा प्रमुख वलीले बताउनुभयो । उहाँका अनुसार एउटा पनि खोप नलगाएकोले शुरु खोप लगाउन पाउनेछन् । एक वर्...
दाङमा प्रहरीलाई मानसिक स्वास्थ्यको प्रवद्र्धनका लागि योग ध्यान
स्वास्थ्य

दाङमा प्रहरीलाई मानसिक स्वास्थ्यको प्रवद्र्धनका लागि योग ध्यान

दाङ, २ मंसिर । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरले मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम गरेको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्य एवम जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा कार्यक्रम भएको हो । मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रमका अध्यक्ष डा. मदन कुमार बिसीको अध्यक्षता तथा नेपाल प्रहरी महिला संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता एवं दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुबेर कडायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि कुँवरले सहभागिहरुलाई मानसिक स्वास्थ्यको महत्व र तनावमुक्त जीवनका लागि योग र ध्यानको अभ्यास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी लम्सालले योग र ध्यानले मानसिक शान्ति र शारीरिक स्वास्थ्यको...
साढेसात सय बढीको निःशुल्क आँखा जाँच
स्वास्थ्य

साढेसात सय बढीको निःशुल्क आँखा जाँच

दाङ, २ मंसिर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले सात सय ६८ जनाको निःशुल्क आँखा जाँच गरेका छन् । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्ज, कपिलवस्तुको प्राविधिक सहयोग, रुइत फाउन्डेसन र महाराजगञ्ज नगरपालिका कपिलवस्तुको आयोजनामा महाराजगञ्ज नगरपालिका ८ मा भएको निःशुल्क आँखा शिविरमा छ सय ४२ जनाको आँखा जाँच तथा एक सय ५५ जनाको शल्यक्रिया गरिएको बाह्य कार्यक्रम संयोजक हरिबहादुर भण्डारी जानकारी दिए । चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा गएको टोलीले सेवा दिएको थियो । यसैगरी लमही आँखा अस्पतालको प्राविधिक सहयोमा लमही नगरपालिका–३ फल्कापुरमा निःशुल्क आँखा जाँच कार्यक्रममा ४६ जनाको आँखा जाँच गरिएकोमा १२ जना मोतियाबिन्दुका बिरामी फेला परेको नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिए । शल्यक्रिया गर्न...
दाङको कर्णाली भनेर चिनिने मलइमा नि :शुल्क स्वास्थ्य सेवा पाउँदा नागरिक खुशी
स्वास्थ्य

दाङको कर्णाली भनेर चिनिने मलइमा नि :शुल्क स्वास्थ्य सेवा पाउँदा नागरिक खुशी

दाङ, २ मंसिर । दाङको कर्णाली भनेर चिनिने बबई गाउँपालिका वडा नम्बर ७ मलइमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सामाजिक संस्था तुलसीपुर नगर जेसिजले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शनिबार भएको शिविरमा १७० जनाले निशुल्क स्वास्थ्य सेवा लिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगीले बताउनुभयो । तुलसीपुरदेखि करिब ३० किलोमिटर टाढा पर्ने मलइमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा दाँतको उपचार, आँखाको उपचार, महिलामा देखिने विभिन्न प्रकारका स्वास्थ्य समस्या लगायतका सेवा प्रदान गरिएको हो । अध्यक्ष डाँगीले विषेशज्ञ स्वास्थ्य सेवा लिन समस्यामा रहेका नागरिकलाई विषेशज्ञ डाक्टरसहितको टोलिले गाउँमै स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो । देउती माविमा संचालित शिविरमा मलइ र आसपासका नागरिकले स्वास्थ्य सेवा लिएका छन् । जेसिजले संचालन गरेको स्वास्थ्य शिविरले निकै सहज बनाएको ...
घोराही-१९ द्वारा सुत्केरीलाई ब्लाङकेट
समाज, स्वास्थ्य

घोराही-१९ द्वारा सुत्केरीलाई ब्लाङकेट

दाङ, १ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १९ ले सुत्केरी महिलालाई ब्लाङकेट उपलब्ध गराएको छ । वडाले एक कार्यक्रमको आयोजना गरेर ब्लाङकेट वितरण गरेको हो । वडाभित्रका १२ जना सुत्केरी महिलालाई ब्लाङकेट वितरण गरिएको थियो । चिसो मौसममा बच्चा र सुत्केरीलाई चिसोबाट बचाउन ब्लाङकेट वितरण गरिएको वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले जानकारी दिए । वडाको स्वास्थ्यचौकीमा नियमित गर्भवती जाँच गराउनेलाई ब्लाङकेट प्रदान गरिएको हो । नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गरेको वडा कार्यालयले जनाएको छ । सहयोग कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष रायमाझीले जानकारी दिए । उनका अनुसार वडाको स्वास्थ्यचौकीमा गर्भवती जाँच नगराउनेले यस प्रकारको सहयोग पाउने छैनन् । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्वलन्त खड्का, स्वास्थ्य शाखाका विशाल घर्ती मगर, महिला स्वास्थ्य स्वयम्सेविकाहरूक...
सल्यानमा निःशुल्क कान शिविर, ३४४ जना लाभान्वित
स्वास्थ्य

सल्यानमा निःशुल्क कान शिविर, ३४४ जना लाभान्वित

दाङ, ३० कार्तिक । सल्यानको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको एक दिने कान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट ३४४ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना र ब्रिनोज कान सामुदायिक सेवा नेपालगञ्जको प्राविधिक सहयोगमा दुई स्थानमा भएको एक दिने शिविर सम्पन्न भएको हो । बुधबार काभ्रा स्वास्थ्य चौकी त्रिवेणी १ मा १५५ जना र बिहिबार त्रिवेणी स्वास्थ्य चौकी त्रिवेणी ६ लुहाममा भएको शिविरमा १८९ जना नागरिकको निःशुल्क कान जाँच गरिएको छ । जाँच गरिएका मध्ये ४० जना बिरामीलाई रिफर गरिएको व्रिनोज कान सामुदायिक सेवाका प्रतिनिधि भिषण कुमार चौधरीले जानकारी दिनु भयो । बिहिबार लुहामा भएको शिविरमा ९६ पुरुष र ९३ महिलाले सेवा लिएका छन् । शिविरमा ८ जनामा कान पाक्ने रोग २८, कानमा पानी जमेको ४, काने गुजी २३, अप्रेशन गर्नु पर्ने ७, कान कम सुन्ने हेरिग एड लगाउने ६ जना फेजा परेको त्रिवेणी गाउँपालिका स्वास्थ्...
प्युठानको सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना
स्वास्थ्य

प्युठानको सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

सलिम मियाँ दाङ, २९ कार्तिक । प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिस्ठानको साझेदारीमा आँखाका रोगीलाई लक्षित गरी केन्द्र स्थापना गरिएको पालिकाका पदाधिकारीको भनाइ छ । पालिका उपाअध्यक्ष वसन्ता खड्काले औपचारिक रुपमा आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन गर्दै पालिका उपाध्यक्ष खड्काले नजिकै उपचार केन्द्र  सञ्चालन भएपछि आँखाको जाँच गराउन सुविधाको उपभोग गर्न सबैलाई अनुरोध गर्नुभयो । सरुमारानी –२ मा स्थापना गरिएको केन्द्रमा पालिकाका ६ वटै वडा, माण्डिब र ऐरावती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रका आँखाको समस्या भएका बिरामीले उपचार लिन सक्ने बुझिएको छ । यसअघि सामान्य आँखाको उपचार गर्न महँगो रकम खर्चेर दाङको भालुबाङ पुग्नुपर्ने बाध्यता थियो । कित वर्षको एक पटक हुने आँखा शिविरको प्रतीक्षा गर्नुपर...