संरक्षणको अभावमा देउखुरीको पचपन्न झ्याले दरबार

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

देउखुरी, १६ कार्तिक । दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा, चारैतिर प्राकृतिक मनोरम दृश्य, छेउमा राप्ती नदी , नदीको एउटा धार बीचमा दरबार अवस्थित छ । छिमेकीले यो दरबारलाई पचपन्न झ्याले दरबार भनेर चिन्ने गर्छन् । दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा सुन्न पाइन्छ। काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो दरबार ओझेलमा परेको छ । दरबार निर्माणको सुरुआत वि.सं. १९४७ मा भएको थियो । भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो । राजपरिषद् स्थायी समितिका सभापति परशुराम चौधरीका बुबा जोखनप्रसाद चौधरीले यो भवन बनाएका हुन् । दरबार वातावरण मैत्री छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दरबारको बीच भाग खुला छाडिएको छ, जुन ग्यालरी हो । अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन् । ‘भवनको संरक्षण भएको छैन’, भवनमा बस्दै आएका प्रकाश चौधरीले भने । भवनको स्वरुप सिंह दरबारको जस्तै छ । संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ । अनि हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा। देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहाससँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन् । नेपाल सरकार, पुरातत्व विभागले एकसय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ । पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नाति प्रकाशले बताए। उनि अहिले सोही दरबारको दुई कोठा उपयोग गरी बस्दै आएका छन्। राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उनले बताए।दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको चौधरीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसाद माथि सार्वजनिक मुद्दा समेत चलाएको थियो । राणा सरकारले लगाएको मुद्दा खेप्न राजधानी जानुपथ्र्यो त्यो बेला । अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै चर्चेर आएका छन् । दरबारका बाँकी कोठाको संरक्षण हुन सकेको छैन् । हाल यो दरबारका कोठाहरुमा झार पलाएका छन् । धमिरोले काठ खान थालेको छ ।

देउखुरीमा पचपन्न झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा परशुराम चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन्। ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राजखान्दानको जस्तै संरचनाको दरबार बुबाले बनाएका थिए, तत्कालीन नेता परशुरामको भनाइ स्मरण गर्दै भतिजा प्रकाश चौधरीले भने ।

अहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन ्। त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ । तर यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *