पर्यटक तान्दै तुलसीपुर : पुरस्कारदेखि अनुदानको व्यवस्था

Blog Post Ad Blog Post Ad Blog Post Ad
 जीतसागर जी.एम.
तुलसीपुर, २७ असोज | तुलसीपुर उपमहानगरपालिकाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पुरस्कारदेखि अनुदानसम्मको व्यवस्थाको निति लिएको छ । उपमहानगरपालिकाले नगरभित्र रहेका पर्यटकिय स्थलको भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरेर सबैभन्दा बढी भिओर बनाउनेलाई पुरस्कारको व्यवस्था रहेको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
‘उपमहानगरपालिका भित्रका पर्यटकिय स्थलको प्रवद्र्धनका लागि हामीले घुम्न जाऔँ तुलसीपुर भिडियो कम्पिटीसनको योजना ल्याएका छौँ , उनले भने‘ कुनै पनि व्यक्तिले आफ्नो ठाँउको भिडियो खिचेर सामाजिक संजालमा राखेर भिओर बढाउन सक्यो उसले पुरस्कार जित्न सक्छ ।’ त्यस्तै उपमहानगरपालिकाले तुलसीपुरभित्र चलचित्र , डकुमेण्ट्री निर्माण गर्नेलाई अुनदान रकम समेत उपलब्ध गराउने उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिका भित्र भएका पर्यटकि स्थल समेटीने गरी भिडियो तथा चलचित्र निर्माण गर्नेलाई अनुदानको व्यवस्था गरिएको नगरप्रमुख पाण्डेले बताए ।
तुलसीपुरका पर्यटकीय स्थलहरु
गौरी गाउँ ताल : वडा नं. १०, क्षेत्रफल : ३ बिगाह
पढ्ढा ताल : वडा नं. १०, क्षेत्रफल : १ बिगाह
कमल पोखरी ताल : वडा नं. ६, रजौरा
सुकि दह ताल : वडा नं. ४
राप्ती शान्ति पार्क : वडा नं. ७
पूष्पलाल बाटिका : वडा नं. ५
विश्व विद्यालय पार्क : वडा नं. १७
देवी थान पार्क : वडा नंं. १ शितलपुर
शिव मन्दिर : वडा नं. १२
कालिका मालिका मन्दिर : वडा नं. १९
राधा कृष्ण मन्दिर : वडा नं. ८
त्रिशेद्धेश्वरी मन्दिर : वडा नं. ६
भद्रकाली मन्दिर : वडा नं. ९
शिद्धबाबा थान थर्कोट : वडा नं. ३
सुकौराकोट : वडा नं. ११ (दंगीशरण दरवार रहेको)
चमेरे गुफा : वडा नं. ४
साततले झरणा : वडा नं. ३
छिल्लीकोट : वडा नं. १९
प्रतापकोट : वडा नं. ३
दमार गाउँ होमस्टे स्थापना गरिने
तुलसीपुरलाई पर्यटन प्रवद्र्धन मार्फत विकास गर्नका लागि उपमहानगरपालिकाले घुम्न जाऔँ तुलसीपुर अभियानसंगै विभिन्न पर्यटकिय स्थलमा होमस्टे समेत संचालन गर्ने भएको छ ।
उपमहानगरपालिकाले विभिन्न ५ स्थानमा होमस्टे संचालनका लागि केहिदिन भित्रै अध्ययन , अवलोकनमा उपहानगरको पर्यटन शाखाको टिम जाने र फर्र्किए लगत्तै होमस्टे संचालन गरिने नगरप्रमुख पाण्डेले बताए ।
‘उमहानगरपालिका भित्र करिब दुई दर्जन पर्यटकिय स्थल रहेको र ति स्थानको विकासलाई पनि जोड दिएका छौँ, उनले भने–‘ घुम्न जाऔँ तुलसीपुर अभियान सफल बनाएमात्रै नेपाल सरकारले सन् २०२० मा करिब ५ लाख पर्यटक भित्राउनले लक्ष्य सफल हुने छ ।’

 

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *