अर्घाखाँची सिमेन्टको अवैध धन्दा : पाल्पाका वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा उत्खनन
दाङ, ६ मंसिर । रुपन्देहीमा उद्योग सञ्चालन गरिरहेको अर्घाखाँची सिमेन्ट कम्पनीले पाल्पामा वन अतिक्रमण गरेर अवैध चुनढुंगा उत्खनन कार्य गर्दै आइरहेको छ । पाल्पाको डिभिजन वन कार्यालयले अर्घाखाँची सिमेन्टका सञ्चालक सहित उक्त कम्पनीमा चुनढुंगा आपूर्ति गर्ने ठेक्का लिएको सिद्धार्थ मिनिरल्स विरुद्ध जिल्ला अदालत पाल्पामा मुद्दा समेत परेको छ ।
अध्यक्ष पशुपति मुरारकासहितका सञ्चालकरु र चुनढुंगाा सप्लाई गर्ने सिद्धार्थ मिनिरल्सविरुद्ध डिभिजन वन कार्यालय पाल्पाले मुद्धा दायर गरे पनि त्यसको अवज्ञा गर्दै अतिक्रमित क्षेत्रमा उत्खनन कार्य जारी राखेको छ । अर्घाखाँची सिमेन्टका सञ्चालक सहित चुनढुंगा उत्खनन गर्ने सिद्धार्थ मिनिरल्सलाई प्रतिवादी बनाइएको कात्तिक २३ गते दायर गरिएको मुद्धामा मंगलबार बयान समेत लिइसकिएको छ ।
अर्घाखाँची सिमेन्टको चुनढुंगा आपूर्तिकता सिद्धार्थ मिनिरल्सले पाल्पाको तिनाउ गाउँपाल...