‘बञ्जी’मा जोडीको आकर्षण
अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको साहाराबाट बञ्जी गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।
पोखरा–२५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भनिन्, “निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्नसकेको थिइन । उनले (श्रीमान् देखाउँदै) को साथले आट आयो, डरलाई जितेको अनुभव गरेँ ” दवाडीले लामो समयको सपना श्रीमान्को साथमा पूरा गर्न पाएकोमा खुशी लागेको बताइन् ।
सँगै मुस्कुराइरहनुभएका सन्दिप सुवेदीले पनि श्रीमतीको सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताए । “हामी नवविवाहित जोडी हौँ, उनको सपना पूरा गर्न साथमा लिएर ब...