समाचार

प्युठानको बाग्दुला–मच्छी सडक दैनिक ११ घण्टा बन्द
समाचार

प्युठानको बाग्दुला–मच्छी सडक दैनिक ११ घण्टा बन्द

दाङ, ६ मंसिर । प्युठानको बाग्दुला–मच्छी सडकखण्ड २४ दिनसम्म दैनिक ११ घण्टा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय प्युठानले सूचना जारी गर्दै बाग्दुला–मच्छी सडकखण्डको साँघुरो घुम्तिलाई फराकिलो बनाउने योजनाअनुसार काम थालिएकाले मंसिर ५ गतेदेखि २८ गतेसम्म दैनिक ११ घण्टा सवारी साधनको आवतजावत बन्द गरिएको जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी कमल पुनका अनुसार बाग्दुला–मच्छी खण्ड बिहान ९ बजेदेखि ११ः३० बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्र खुला हुनेछ । अरु समय सडक बन्द हुने छ । २०४२ सालमा बाग्दुलादेखि मच्छीसम्म सडकको ट्र्याक खोलिएको थियो । सडक साँघुरो र घुम्ती पनि भएका कारण यहाँको यात्रा जोखिमपूर्ण मानिन्छ । सो सडक भएर प्युठानको प्यूठान नगरपालिका, झिमरुक, गौमुखी गाउँपालिकासहित गुल्मी र अर्घाखाँचीका यात्रु दैनिक ओहोर–दोहोर गर्दछन् । ...
पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने
समाचार

पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

दाङ, ६ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक  हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिए ।...
सल्यान दार्माका ८३० भूकम्प प्रभावितलाई रोजगारी
समाचार

सल्यान दार्माका ८३० भूकम्प प्रभावितलाई रोजगारी

दाङ, ६ मंसिर । सल्यान दार्माका भूकम्प पिडितलाई रोजगारी प्रदान गर्न थालिएको छ । दार्माका ८ सय ३० जना भूकम्प प्रभावितलाई ४० दिन बराबरको रोजगारी दिइएको छ । भूकम्प प्रभावित परिवारलाई आयआर्जनका लागि सहयोग पु¥याउन कामका लागि नगद कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरिएको हो । विश्व खाद्य कार्यक्रम र सप्रोक्स नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम भइरहेको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रशेम ओलीले जानकारी दिनुभयो । उहाँका अनुुसार ५ ओटा सिचाई, ४ ओटा खानेपानी र ३ ओटा सडक स्तरोन्नतीको काम भइरहेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा वडा न १ का १५, वडा २ का २५८, वडा ३ का १४८, वडा न ४ का १५१, वडा न ५ का १५९ र वडा न ६ का ९१ जना लाभग्राहीले कामका आधारमा पारिश्रमिक पाउने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनु भयो । विभिन्न १२ योजनाका लागि झन्डै ५ करोड ३० लाख रुपैयाँ बराबरको ब...
लुम्बिनी जग्गा एकीकरण आयोजनाका अध्यक्षलाई नहटाउन आदेश
समाचार

लुम्बिनी जग्गा एकीकरण आयोजनाका अध्यक्षलाई नहटाउन आदेश

दाङ, ६ मंसिर । लुम्बिनी प्रदेश जग्गा एकीकरण आयोजना सञ्चालन समितिका अध्यक्ष श्यामेश चौधरीलाई पदबाट नहटाउन उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको एकल इजलासले समितिका अध्यक्ष चौधरीलाई पदबाट नहटाउन विपक्षका नाममा अन्तरिम आदेश दिएको हो । एमाले र काँग्रेसले लुम्बिनी प्रदेश सरकार बनाएसंगै माओवादी निकट चौधरीलाई हटाएर आफूअनुकूल ब्यक्तीलाई अध्यक्षमा नियुक्त गरेका थिए । तर, चौधरी चार बर्षकालागि नियुक्त भएकाले उनको म्याद अझै रहेकाले उनलाई पदबाट हटाउनुको कारण खुलाई १५ दिन भित्र जवाफ पेश गर्न विपक्षीहरुलाई आदेश गरेको छ । विपक्षीहरुको हकमा लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनिएको हो । लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणले मिति २०७९ असोज १ गतेको पत्रबाट ४ वर्षका लागि नियुक्त गरेको थियो । निवेदकको त...
पुथाउत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित
समाचार

पुथाउत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

दाङ, ५ मंसिर । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का जगत घर्ती (काजु) निर्विरोध निर्वाचित भएका छन् । उपनिर्वाचन अन्तर्गत नेकपा (एमाले)का जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् । घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । घर्ती वडाध्यक्ष निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाईसमेत दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष प्रचण्ड घर्तीलाई बधाई दिएका हुन् । रुकुम पूर्वको पुथाउत्तरगंगामा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गर्दै उम्मेदवारी दिएका छन् । ...
सामाजिक विकासको आधार नै हिंसा रहित समाज : नगर प्रमुख चौधरी
समाचार

सामाजिक विकासको आधार नै हिंसा रहित समाज : नगर प्रमुख चौधरी

दाङ, ५ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विभेद र हिंसा नियन्त्रित नगर बनाउन लागि परेको बताउनुभएको छ । एक अर्कालाई सम्मान र सहकार्य गर्ने बाताबरण भए मात्रै समाजको चौतर्फि विकास हुने उहाँको भनाई छ । उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको लैंगिक हिंसा निवारण समन्वय समितिको बैठकमा बोल्दै नगर प्रमुख चौधरीले सामाजिक विकासको आधार नै हिंसा रहित समाज भएको बताउनुभयो । पारिवारीक मेलमिलाप, आपसी सम्मान र सहकार्यले नै समाजको चौतर्फि विकास गर्न सकिने भएकाले नगरले सोही प्रकृतिका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । हिंसा साझा समस्याभएकाले यसको नियन्त्रणका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट सहकार्य हुन आबस्यक रहेको बताउनुभयो । बैठकमा नगर उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा नियन्त्रीत नगर बनाउनका लागि विद्यालय शिक्षालाई प...
प्रेस काउन्सिलले गर्‍यो युट्युब/फेसबुक पेजलाई कारबाही
समाचार

प्रेस काउन्सिलले गर्‍यो युट्युब/फेसबुक पेजलाई कारबाही

दाङ, ५ मंसिर । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३ वटा युट्युब च्यानललाई कारबाहीका लागि साइबर ब्युरोलाई पत्राचार गरेको छ। त्यस्तै एक फेसबुक पेज र ५ युट्युब च्यानललाई त्यस्ता सामग्री हटाउन निर्देशनसहित स्पष्टीकरण सोधिएको छ। प्रेस काउन्सिलले पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडीलाई कारबाहीका लागि साइबर ब्युरोमा सिफारिस गरेको हो। त्यस्तै लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इज नेपाल, रातोपर्दा टिभी, र गुन्द्रुक न्युजलाई स्पष्टीकरण सोधेको हो। ‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ। संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील ...
सल्यानमा रुखबाट लडेर कमला चन्दको मृत्यु
समाचार

सल्यानमा रुखबाट लडेर कमला चन्दको मृत्यु

दाङ, ५ मंसिर । घाँस काटने क्रममा रुखबाट लडेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका-९ धनबोट निवासी अन्दाजी ४४ वर्षीया कमला चन्दको मृत्यु भएको हो । रुखबाट लडेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि बाग्चौर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको वडाध्यक्ष यज्ञबहादुर डाँगीले जानकारी दिनुभयो । वडा अध्यक्ष डाँगीका अनुसार चन्द रुखबाट लडेरे झन्डै दुई सय मिटर तल पुग्नु भएको थियो । उहाँको टाउकोमा गहिरो चोट लागेको थियो ।...
नवलपरासीबाट काठमाडौँ जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो
समाचार

नवलपरासीबाट काठमाडौँ जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

दाङ, ४ मंसिर । धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन्। मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए। ‘दुर्घटना स्थलबाट चालकसहित तीन जनालाई उद्धार गरेर हामीले मझिमटारस्थित बिहानी फार्मेसीमा पुर्याएका छौँ,’ सिलवालले भने, ‘नवलपरासीबाट सामान लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक दुर्घटनामा परेको हो।’ दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्। दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको अनुमान प्रहरीले गरेको छ।...
शान्तिनगर गाउँपालिका विरुद्ध अपहेलनाको मुद्दा सर्वोच्चमा दर्ता
समाचार

शान्तिनगर गाउँपालिका विरुद्ध अपहेलनाको मुद्दा सर्वोच्चमा दर्ता

दाङ, ४ मंसिर । सर्वोच्च अदालतले शान्तिनगर गाउँपालिकाको केन्द्र चिराघाटबाट अन्यत्र सार्ने काम नगर्नु/नगराउनु र चिराघाटबाट पुर्बतत गाउँपालिका संचालन गर्नु भनि गरेको अन्तरिम आदेश दुइ महिना बित्नै थाल्दा पनि कार्यान्वयन नगरेको भन्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुलाइ विपक्षी बनाइ सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दायर गरिएको छ। शान्तिनगर गाउँपालिकाको केन्द्र चिराघाटबाट गत भदौ २ गते जबर्जस्ती रुपमा शान्तिनगरको जुम्लेकुलामा सारिएको थियो। त्यसैको विरुद्धमा स्थानीयहरुले गत असोज ४ गते गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। असोज ६ गते रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका माननिय न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले गाउँपालिकाको केन्द्र चिराघाटबाट अन्यत्र सार्ने कार्य नगर्नु/नगराउनु र चिराघाटबाट पुर्बतत गाउँपालिका संचा...