राप्ती नदी कटान र डुबान समस्या समाधानका लागि मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
बाँके, ५ मंसिर । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरूको अवलोकन गर्दै नागरिकहरूले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालीन र दीर्घकालीन समाधानका योजनाहरू अघि सारिने बताउनु भएको छ ।
राप्ती सोनारी गाउँपालिका –७ खल्लाझगडियामा डुबान र कटानको समस्या बढ्दा मानव वस्ती उच्च जोखिममा परेको छ । स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलहरूको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।‘राप्ती नदीमा आउने बाढी र त्यसले पु¥याउने जोखिम न्यूनिकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘जहाँ...