एनआरएनएको अध्यक्षमा पन्त विजयी

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

कात्तिक १ गते । गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी हुनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ । अन्तिम मतपरिणाम भने सार्वजनिक भइसकेको छैन । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य रहनुभएको थियो ।
प्राप्त जानकारीअनुसार उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी हुनुभएको छ । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गोविन्दराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *