कृषि

घोराही-१७ मा नि:शुल्क आलुको बीउ वितरण
कृषि

घोराही-१७ मा नि:शुल्क आलुको बीउ वितरण

दाङ, ५ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले वडावासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ आलुको बीउ वितरण गरेको छ । वडामा रहेका ५९ वटा टोलका नागरिकलाई आज एक कार्यक्रम गरी वडा कार्यालयले वडाबासीलाई निशुल्क आलुको बीउ वितरण गरेको वडा अध्यक्ष रामलौटन चौधरीले जानकारी दिए । वडाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४ लाख ५० हजार रुपैयाको आलुको बीउ खरीद गरी वडाका कृषकलाई निशुल्क वितरण गरिएको उनले बताए सबै टोलबासीलाई समावेश गर्न टोलको सिफारिस अनुसार आलुको बीउ खरीद गरी वितरण गरिएको उनले बताए । वडाले यो वर्ष करिब साढे ११ टन आलुको बिउ वितरण गरेको छ । घनिबगिया टोलका अध्यक्ष सीताराम चौधरीले वडाले निशुल्क रुपमा आलुको बिउ दिएर राम्रो काम गरेको बताए लक्ष्मी टोल विकास संस्था भैसाहीकी बिमला चौधरीले वडा कार्यालयले किसानलाई कृषिमा लाग्न हौसला दिन गरेको प्रयास सराहनीय रहेको बताइन । तरकारी ...
खाद्य कम्पनी तुलसीपुरले धान खरिद गर्दै
कृषि

खाद्य कम्पनी तुलसीपुरले धान खरिद गर्दै

दाङ, ५ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका किसानहरूबाट मोटो धान खरिद गर्ने भएको छ । । कम्पनीले मंसिर ९ गतेदेखि धान खरिद गर्ने तयारी गरेको जनाएको हो । कम्पनीले प्रत्येक किसानबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने जानकारी दिएको छ । धानको मूल्य नेपाल सरकारले तोकेको दरमा प्रति क्विन्टल तीन हजार ४१० रुपैंया ५१ पैसा निर्धारण गरिएको कार्यालय प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । उचित मूल्यमा धान बिक्री गर्नका लागि किसानले सम्बन्धित स्थानीय तहबाट वास्तविक किसानको पहिचान सिफारिस पत्र, जग्गाधनी लालपूर्जा र नेपाली नागरिकता प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने छ । प्रमुख सुनारले आगामी वर्षदेखि बर्सेनि धान खरिद गर्ने योजना रहेको बताउनुभयो । जसले किसानलाई उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।...
सिचाई मन्त्री चौधरीद्वारा बबईका सिचाई आयोजनाको अनुगमन
कृषि

सिचाई मन्त्री चौधरीद्वारा बबईका सिचाई आयोजनाको अनुगमन

दाङ, ४ मंसिर । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सिता चौधरीले बबई गाउँपालिका अन्तर्गत पर्ने विभिन्न सिचाई आयोजनाहरुको अनुगमन गर्नुभएको छ । मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिचाई आयोजनाको अनुगमन गर्नुभएको हो । बर्षाको समयमा क्षति भएका र प्रदेश सरकार मार्फत् निर्माण थालिएका विभिन्न सिचाई आयोजनाको अनुगमन गर्नुभएको हो । अनुगमन गर्दै मन्त्री चौधरीले सिचाई आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री चौधरीले बबई ५ मा रहेका ट्वाङखोला रोल्पालीतरा सिचाई जल उपभोक्ता समुहको कुलो, बबरपुर सिचाई कुलो, च्याटीखोला पुर्ब हापुरे सिचाई कुलो र बबई ७ मा रहेको मठेउरी सिचाई कुलोको अनुगमन गर्नुभएको हो । चार वटा कुलाले सयौँ बिगाहा जग्गामा सिचाई हुने भन्दै मन्त्री चौधरीले सबै सिचाई आयोजना सफल बनाउनका लागि बजेटको कमी हुन नदिने प्रतिबद्ध...
माहुरी पालनमा रमाउँदै दाङका श्रेष्ठ
कृषि

माहुरी पालनमा रमाउँदै दाङका श्रेष्ठ

रन्जिता अधिकारी दाङ, ३ मंसिर । माथि घना जंगल तल तोरी बारी, बारीका डिलभरी लहरै राखिएका माहुरीका घार छन् । दिउँसोको समय ती घारबाट धेरै जसो माहुरी बाहिर निस्किएका छन् । माहुरीले मुखमा नटोकोस् भनेर लामो टोपी लगाएका चार जनाले घारबाट मह निकालिरहेका छन् । घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा चरनका लागि राखेका माहुरीबाट मह निकाल्नेक्रममा देखिएको दृश्य हो यो । घोराही उपमहनगरपालिका –१५ काठेकोहलका बिष्णुराज श्रेष्ठले शिबशक्ती बि कन्सटका नाममा व्यावसायीक रुपमा माहुरी पाल्दै आएका छन् । उनीसंग अहिले १ सय ५० घार माहुरी छन् । बुवाले पाल्दै आउनुभएको माहुरीलाई आफूले निरन्तरता दिएको उनले बताए । उनी संग भएका १ सय ५० घार माहुरी मध्ये घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा ९३ घार माहुरी चरनका लागि राखेका छन् । सोही माहुरीको मह अहिले काट्न सुरु गरेका छन् । ९३ घार माहुरीबाट ४ सय ३५ किलो मह आउने आसा उनको छ...
दाङमा जीविकोपार्जन परियोजनाको संयुक्त अनुगमन
कृषि

दाङमा जीविकोपार्जन परियोजनाको संयुक्त अनुगमन

दाङ, १ मंसिर । विभेदमा पारिएका समुदायको जिविकोपार्जन परियोजनाको सयुक्त रुपमा अनुगमन गरिएको छ । दलित सेवा संघ दाङ र बिकास कोष नर्बेको सहयोगमा सञ्चालन भएको परियोजनाको सयुक्त रुपमा आज अनुगमन गरिएको हो । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, उपाध्यक्ष बमकुमारी खड्का, दलित सेवा संघका सचिब सन्तोष चनारा, महिला तथा बालबालिका शाखा बबईका ईश्वरा रावत, कृषि शाखा बबईका प्राबिधीक प्रताप नेपाली, पत्रकार प्रेमबहादुर राम्जाले सयुक्त रुपमा परियोजना मार्फत् सञ्चालन भएका क्रियाकलापको अनुगमन गर्नुभएको हो । परियोजना मार्फत् बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकामा अर्ध ब्यबसायी तथा ब्यबसायिक तरकारी खेती, पशुपालन जस्ता क्रियाकलाप सञ्चालन भएका छन् । विभेदमा पारिएका समुदायको जिविकोपार्जन परियोजना दाङको बबई गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ तथा तुलसीपुर १३ मा सञ्चालन भएको छ । सयुक्त अनुगम...
दाङ : गाउँबाट दुई करोड रुपियाँ बरावरको मालागेडी निर्यात
कृषि

दाङ : गाउँबाट दुई करोड रुपियाँ बरावरको मालागेडी निर्यात

गोकर्ण पौडेल दाङ, २८ कार्तिक । तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटका किसान अचेल मालागेडी टिप्न व्यस्त छन् । प्रत्येक वर्ष असोजदेखि मङ्सीर महिनासम्म मालागेडी (सुगन्धकोकिला) संकलन गर्दै आएका छन् । गत वर्षभन्दा यस वर्ष राम्रो फलेका कारण यस क्षेत्रका किसान खुसी देखिएका छन् । तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा व्यावसायिक रुपमै मालागेडीको खेती गर्दै आएका किसान परवीर पुनले यस वर्ष यस क्षेत्रबाट एकसय ५० क्विन्टल बढी मालागेडी निर्यात हुने बताउनुभयो । गतवर्ष समेत एकसय ३० क्विन्टल मालागेडी एउटै गाउँबाट निर्यात भएको थियो । छिल्लीकोटका धनबहादुर पुनले गतवर्ष मात्र यस क्षेत्रमा सबैभन्दा बढी ११ क्विन्टल अर्थात् चार लाख अठार हजार रुपियाँको मालागेडी बिक्री गर्नुभएको थियो । सात वर्षअघि १० हजार प्रतिक्विन्टल बिक्री हुँदैआएको मालागेडीको बजारमूल्य अहिले ३८ हजार प्रतिक्विन्टल रहेको किसान परवी...
दाङको माटो बिग्रदै, कृषि उत्पादनमा असर पर्ने चिन्ता
कृषि

दाङको माटो बिग्रदै, कृषि उत्पादनमा असर पर्ने चिन्ता

दाङ, २८ कार्तिक । कृषिका लागि उर्वर मानिने दाङको माटो पछिल्लो समय बिग्रिँदै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र दाङले सञ्चालन गरेको माटो परीक्षण प्रयोगशालाको ताजा रिपोर्टअनुसार माटोमा अम्लीयता र क्षारीयता बढ्दै गएको पाइएको छ । जसले गर्दा कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्ने खतरा बढेको छ । खेती योग्य माटोको पिएच मान सामान्यतया ६.५ देखि ७.५ को बीचमा हुनु आवश्यक छ, तर हाल दाङको माटोमा यो मान घटबढ भइरहेको कृषि अधिकृत देवा महराले बताउनुभयो । उहाँले माटोको अम्लीयपनमा वृद्धि हुनु भनेकै माटोको गुणस्तरमा गिरावट आउनु भएको र यसले हरेक प्रकारका बालीलाई असर गर्ने उल्लेख गर्नुभयो । पिएचसँगै माटोमा आवश्यक पोषक तत्वहरू—जस्तै नाइट्रोजन, फस्फोरस, र पोटासको मात्रा पनि नियमित रूपमा परीक्षण गरिन्छ । गएको आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले नौ सय सात वटा नमूना परीक्षण गर्दा करिब आधा नमूनामा मा...
दाङका किसानलाई कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज
कृषि

दाङका किसानलाई कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज

रन्जिता अधिकारी दाङ, २७ कार्तिक । दाङको घोराही उपमहानगरपालिका –७ का विकास चौधरीले २० कठ्ठा जमिनमा धान खेती गरेका थिए । रोपाइ गर्दा खेताला पाउन मुस्किल परेपछि धान काट्न मेसिनको सहायता लिनुपरेको छ  । उनले धान काट्ने मेसिनको सहयोगमा धान काट्े र थ्रेसरको सहयताले दाइ लगाए । उनले भने, ‘खेताला पाउन मुस्किल भएको समयमा कृषि यन्त्रको सहायताले खेती स्याहार्दा सजिलो भयो ।’ १० कठ्ठा खेतको धान काट्न एक घण्टा लाग्दो रहेछ मेरो २० कठ्ठा खेतमा धान थियो दुइ घण्टामा सकियो । पछिल्लो समय खेतबारीमा काम गर्नलाई खेताला पाउन मुस्किल हुने गरेको उनले बताए ।  रोपाइँ गर्दा पनि पावरटेलरको सहायताले खेती गरेको सजिलो भयो । गोरुले जोतेर खेती गर्दा समय लाग्ने गरेको थियो । तर अहिले पावर टे«लरले जोतेर खेती गर्दा सजिलो भएको छ । करिब एक महिनासम्म लाग्ने गरेको खेती सात दिनमै सकिन्छ । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्ति...
विश्वमै लोपन्मुख सुगन्ध कोकिलाको उत्पादन केन्द्र बन्दै छिल्लीकोट
कृषि

विश्वमै लोपन्मुख सुगन्ध कोकिलाको उत्पादन केन्द्र बन्दै छिल्लीकोट

दाङ, २६ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला उत्पादन बढ्दै गएको छ । छिल्लीकोट र आसपासाका १० गाउँका १०५ घरले नै सुगन्धकोकिलाबाट राम्रो आम्दानी लिने गरेका छन् । वार्षिक १५० क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गरेको छ भने सुगन्धकोकिला विदेश निर्यात गर्ने गरिएको छ । सुगन्धकोकिला (मल्लागिरी)को बिउ बाहिर जिल्लामा समेत निर्यात हुने गरेको छ । हालसम्म बिक्री गरी २६ जिल्लामा बिउ पठाइ सकिएको स्थानीय प्रविर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वमै लोपोन्मुख यसको बिरुवा छिल्लीकोटमा पाइन्छ भनेपछि धेरै जनाले बीउ लिएर जाने गरेका छन् । सुगन्धकोकिला प्रतिकिलो ७५० सम्ममा बिक्री हुने गरेको छ । विगतमा किलोको पाँच सयसम्ममा बिक्री गरेपनि पछिल्लो समय मूल्य वृद्धि भएको उहाँले बताउनुभयो । तर सुगन्धकोकिलाको कच्चा पदार्थबाट के बन्छ, भन्...
दाङमा ५० करोडको लगानीमा कुखुराको दाना उद्योग सञ्चालनमा
कृषि

दाङमा ५० करोडको लगानीमा कुखुराको दाना उद्योग सञ्चालनमा

ओपेन्द्र बस्नेत दाङ, २३ कार्तिक । दाङको घोराहीमा ५० करोड लगानीमा दाना उद्योग सञ्चालनमा आएको छ । कुखुराको दाना उत्पादनका लागि घोराही उपमहानगरपालिका –८ कटुकीमा एकता इन्डस्ट्रिज प्रालि उद्योग सञ्चालनमा आएको हो । भदौ १५ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको उद्योगले दैनिक ३० टन दाना उत्पादन गर्दै आइरहेको इन्डस्ट्रिजका संचालक बुद्ध प्रकाश सिंहले जानकारी दिनुभयो । यस उद्योगबाट उत्पादित एकता पेलेट दाना ब्रोइलर, लेटर्स र क्वाइलर कुखुराका लागि प्रयोग हुने गरेको छ । दैनिक ८० टन उत्पादन गर्न सक्ने उद्योगको क्षमता भएपनि पहिलो चरणमा परीक्षण उत्पादन भएकाले ३० टन मात्रै उत्पादन गर्दै आइरहेको सिंहले बताउनुभयो । इन्डस्ट्रिजबाट उत्पादित दाना दाङ सहित सल्यान, रोल्पा, रुकुम, प्युठान, पाल्पा, रूपन्देही र बाँके जिल्लामा खपत हुने गरेको छ । दाना वितरक, कुखुरा पालक किसान र केही पूर्व राष्ट्र सेवक कर्म...