ब्रेकिङ न्युज

नेपाल बैक डबल धमाका मुद्वती खाता योजना ल्यायो
ब्रेकिङ न्युज

नेपाल बैक डबल धमाका मुद्वती खाता योजना ल्यायो

दाङ, १३ साउन । नेपाल बैकले ग्राहक वर्गको सेवालाई मध्यनजगर गर्दै डबल धमाका मुद्वती खाता योजना ल्याएको छ । सरकारी स्वामित्व सहित वि.सं १९९४ मा स्थापना भइ बैकिङ सेवा सुरुवात गरी निरन्तर ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा पुरानो बाणिज्य बैक नेपाल बैक लिमिटेडले प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै ग्राहक वर्गहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने उदेश्यका साथ नेपाल बैक डबल धमाका मुद्वती खाता संचालनमा ल्याएको छ । यस खाता अन्तर्गत व्यक्तिगत, संस्थागत रुपमा नेपाल बैकमा मुद्वती खाता खोल्ने ग्राहकहरुले यो अवसर प्राप्त गर्ने छन् । व्यक्तिगत रुपमा मुद्वती खाता खोली आफनो पैसा बचत गर्न चाहाने ग्राहकले व्यक्तिगत रुपमा मुद्वती खाता खोल्न सक्ने छन भने आफ्नो फर्म वा संस्थामा जम्मा भएको पैसा लाई बचत गर्नको लागी संस्थाको नाममा पैसा जम्मा गरिदिन चाहाने ग्राहकले संस्थागत मुद्वती खाता खोल्...
बुटवलको एक निर्माणधीन डान्ससिङ्ग क्लबमा आगलगी
ब्रेकिङ न्युज

बुटवलको एक निर्माणधीन डान्ससिङ्ग क्लबमा आगलगी

बुटवल, ३० पौष । बुटवलको एक डान्ससिङ्ग क्लबमा आगलगी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन डान्ससिङ्ग क्लबमा केही समय अघिदेखि आगलागी भएको हो ।
मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु
ब्रेकिङ न्युज

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

दाङ, २६ असोज । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको गर्नुभएको हो । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उहाँले भन्नु भयो । उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिनु भयो । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् । ...
रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
ब्रेकिङ न्युज

रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

रोल्पा,६ भदौ । रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका २ धनमोरा बस्ने ५५ वर्षीय खड्क बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीले जानकारी दिनुभएको छ । आइतवार दिउँसो सुनिलस्मृति १ सेरास्थित रा ६ प ८८६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ । लिवाङबाट प्युठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शुवेदीले जानकारी दिनुभयो । मृतक बुढाको शवलाई पोष्टमार्टम गर्नलाई जिल्ला अस्पताल रोल्पामा ल्याउदै गरेको प्रहरीले बताएको छ । ...
रोल्पामा पहिरोले दुई घर बगायो
ब्रेकिङ न्युज

रोल्पामा पहिरोले दुई घर बगायो

घोराही ५ भदौं । रोल्पामा पहिरोले दुई घर बगाएको छ भने दुई वटा घरमा आंशिक क्षति पुर्याएको छ । सुनछहरी गाउँपालिका १ सेरमको फुलिबन नमुना बस्तीका दुई घर बगाएको छ भने दुई वटा घरमा आंशिक क्षति पुर्याएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सुर्यलाल गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार सोहि ठाउँमा रहेका ५ घर उच्च जोखिममा रहेका छन् । गएराती गएको पहिरोले मानवीय क्षति भने भएको छैन। स्थानीय रणबहादुर घर्तीमगर र तेकमला घर्तीको घर पहिरोले बगाएको हो । गजमा घर्ती र मनपुरा घर्तीको घरमा आंशिक क्षति भएको छ । त्यस्तै पाँच घर अझै जोखिममा रहेको इन्चार्ज गुरुङले जानकारी दिनुभयो । ...
पहिरो जादा घोराही तापा जोड्ने सडक अवरुद्ध
ब्रेकिङ न्युज

पहिरो जादा घोराही तापा जोड्ने सडक अवरुद्ध

घोराहि, २ भदौ । गएराति पहिरो जादा घोराही तापा जोड्ने सडकखण्ड अवरुद्ध भएको छ । मदन भण्डारी लोकमार्गअन्तरगत पर्ने घोराही–मुर्कुटी सडकखण्डमा ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । गए राति खसेको पहिरोको कारण घोराहि–मुर्कुटि सडकखण्डमा चल्ने दजनौ सवारीका साधन ठप्प भएका छन् । सडकमा खसेको पहिरो हटाउने काम अहिलेसम्म सुरु हुन सकेको छैन् । सडक खुलाउनलाई सडक डिभिजन कार्यालयलाई जानकारी गराईसकेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभएको छ । ...
सेवार खोलाबाट एक जना व्यवारीसे व्यक्तिको उद्धार
ब्रेकिङ न्युज

सेवार खोलाबाट एक जना व्यवारीसे व्यक्तिको उद्धार

घोराहि, ३१ साउन । दाङको सेवार खोलाबाट एक जना व्यवारीसे व्यक्तिको उद्धार गरिएको छ । आज बिहान करिब १० बजेतिर सेवार खोलाबाट उक्त व्यक्तिको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उद्धार गरिएका व्यक्तिको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । ...
घर भत्किदा साढे दश लाखको क्षति
ब्रेकिङ न्युज

घर भत्किदा साढे दश लाखको क्षति

घोराही, २९ साउन ।अविरल बर्षाका कारण दाङमा आज एउटा कच्चि घर भत्किएको छ । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका रामु चौधरीको दुईतले घर भत्किदा साढे दश लाख बराबरको क्षति भएको छ । घर भत्किदा अन्नपात र नगद २ लाख रुपैयाँ पनि पुरिएको घरधनी चौधरीले बताउनुभयो । मानविय क्षति भने भएको छैन् । घरधनी आफन्तीको घरमा आश्रय लिएर बसेका छन् । ...
घोराहीमा बर्षाका कारण एउटा दुई तले कच्चि घर भत्कियो
ब्रेकिङ न्युज

घोराहीमा बर्षाका कारण एउटा दुई तले कच्चि घर भत्कियो

घोराही, २९ साउन । दाङमा लगातारको अविरल बर्षाका कारण घर भत्किएको छ । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनार निवासी रामु थारुको दुई तले कच्ची घर भत्किएको हो । रातभरि परेको अविरल बर्षाका कारण आज बिहान घर भत्किएको प्रहरीले जनाएको छ । घटना विहान भएको र सबै घर बाहिर रहेकाले मानवीय क्षति भने नभएको बताईएको छ । घर भत्किदा घर भित्र रहेको सम्पूर्ण सामान नष्ट भएको वडाध्यक्ष चित्रबहादुर वलीले जानकारी दिनुभयो । ...
घोराहीमा दुई तलाको कच्चि घर भत्किदा एक महिला घाईते
ब्रेकिङ न्युज

घोराहीमा दुई तलाको कच्चि घर भत्किदा एक महिला घाईते

घोराही, २७ साउन । दाङमा एउटा घर भत्किदा एक जना घाईते भएका छन् । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ फुर्सेखालीमा रहेको एउटा घर भत्किदा एक जना महिला घाईते हुनुभएको छ । घाईते हुनेमा घोराही १८ फुर्सेखालीकै ६४ बर्षीया शिरमती बुढा मगर रहेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक हृदयेश शापकोटाले जानकारी दिनुभएको छ । आज बिहान पौने ११ बजे तिर घर भत्किएर मान्छे पुरिएको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेर ति ६४ वषिय महिलाको उद्धार गरेको हो । अहिले घाईते महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको प्रहरी निरिक्षक हृदयेश शापकोटाले जानकारी दिनुभयो । घाईतेको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । ...