र्वार्ता

प्रदेशभर सिँचाइ सुविधा र विद्युतीकरण गर्ने हाम्रो प्राथमिकता (अन्तर्वाता)
र्वार्ता, विचार

प्रदेशभर सिँचाइ सुविधा र विद्युतीकरण गर्ने हाम्रो प्राथमिकता (अन्तर्वाता)

प्रदेशभर सिँचाइ सुविधा र विद्युतीकरण गर्ने हाम्रो प्राथमिकता सीता चौधरी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरी लुम्बिनी प्रदेशमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन बढाउने सरकारको लक्ष्य रहेको बताउनुहुन्छ । अहिले पनि प्रदेशका विकट क्षेत्रहरूमा विद्युतीकरण नपुगेको उल्लेख गर्दै प्रदेश सरकारले वैकल्पिक ऊर्जाको माध्यमबाट भए पनि ती स्थानमा विद्युतीकरण गरिने बताउनुभयो । प्रदेश सरकार र उहाँको राजनीतिक जीवनका विभिन्न विषयमा केन्द्रित रहेर पत्रकार पाण्डव शर्माले मन्त्री चौधरीसँग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ । तपाईं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुनुभएको तीन महिना पूरा भएको छ । कस्तो अनुभूति गर्नुभएको छ ? जनताको काम गर्न पाउँदा मलाई खुसी लागेको छ । हुन त म राजनीतिकर्मी भएकाले हिजो पनि जनताको साथमा थिएँ । ...
प्रतियोगिताले हामीलाई उत्साहित बनाएको छ : प्रमुख प्रशिक्षक थापा
र्वार्ता, विचार

प्रतियोगिताले हामीलाई उत्साहित बनाएको छ : प्रमुख प्रशिक्षक थापा

घोराहीमा भर्खरै प्रथम गोरखा नगर इन्टर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सकिएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोरखा स्कुल हाप्किडो डोजाङको आयोजनामा कात्तिक ३० र मंसिर १ गते घोराही उपमहानगरपालिका–१४ स्थित गोर्खा इन्टरनेसनल पब्लिक स्कुलमा प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सञ्चालनका क्रममा कसरी व्यवस्थापन गर्नुभयो र आगामी योजनाहरु के बनाउनुभएको भन्ने विषयमा प्रतियोगिताका संयोजक तथा गोरखा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापासँग गरिएको कुराकानीको सार सङ्क्षेप । प्रतियोगितालाई सफल बनाउनुभयो, कस्तो अनुभव गर्नुभयो ? यस प्रतियोगितामा मेरो भूमिका मुख्य रूपमा समंयोजकको रूपमा थियो। म सम्पूर्ण टोलीलाई समन्वय गर्न, तालिका व्यवस्थापन गर्न, र सहभागीहरूको दर्ता प्रक्रिया सुनिश्चित गर्न जिम्मेवार थि...
हाम्रो अभियान स्वास्थ्य शिक्षादेखि पर्यावरण संरक्षणसम्म : सामाजिक अभियन्ता योगी [अन्तर्वार्ता]
र्वार्ता

हाम्रो अभियान स्वास्थ्य शिक्षादेखि पर्यावरण संरक्षणसम्म : सामाजिक अभियन्ता योगी [अन्तर्वार्ता]

नेपाल महिला सामुदायिक सेवा केन्द्र २०५० सालमा स्थापना भएको एक सामाजिक संस्था हो । महिला तथा बालबालिकाको सामाजिक विकास तथा आर्थिक विकास, दिगो शान्ति स्थापनाका लागि सामुदायिक जागरण, बालिका शिक्षा अभियान, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन अभियान, द्वन्द्व प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, दिगो शान्ति स्थापना, लघुवित्त कार्यक्रम, सहकारीमार्फत् सामुदायिक विकास, उद्यम विकास कार्यक्रममार्फत् महिला र युवाहरुमा स्वरोजगार निर्माण गर्दै आएको संस्थाले ३१ वर्ष पूरा गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष विमला योगीसँग पत्रकार आर. के. शीतलले गरेको कुराकानी सारंक्षेप ।  नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ करिब तीन दशक पूरा भइसकेको छ। तपाईले गरेको योगदानप्रति तपाईलाई कत्तिको सन्तुष्टिकोे...
युवाको नेतृत्व र व्यक्तित्व विकास प्राथमिकता : अध्यक्ष जुनकुमारी बुढा [अन्तर्वार्ता]
र्वार्ता, विचार

युवाको नेतृत्व र व्यक्तित्व विकास प्राथमिकता : अध्यक्ष जुनकुमारी बुढा [अन्तर्वार्ता]

दाङ, ५ भदौ । दाङ महिला जेसीज १८ वर्षदेखि ४० बर्षमुनि उमेर समूहका महिलाको सस्था हो । महिलाको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्दै आएको सस्थाको अहिले नेतृत्वमा जेसी जुनकुमारी बुढा रहेकी छिन् । सन २०१७ देखि दाङ महिला जेसीजमा आवद्ध भएर जेसीजको सदस्य, सहसचिव तालिम निर्देशक, उपाध्यक्ष, जन सम्पर्क अधिकृत, कार्यकारी उपाध्यक्ष हुँदै सन् २०२४ को अध्यक्षमा निर्वाचित भएकी थिइन् । दाङ महिलाको नेतृत्वमा रहेको बेला युवा महिलाको नेतृत्व र व्यक्तित्व विकाससँगै विभिन्न सामाजिक कार्यहरू गर्दै आउनुभएको छ । जसअन्तर्गत अहिले दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समेत चलिरहेको  सन्दर्भमा अध्यक्ष जुनुकुमारी बुढासँग पत्रकार लीलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप ।  जेसीज भनेको हो, यसले के कस्ता कामहरू गर्ने गर्दछ ?  जेसीज १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाको संस्था हो । जेसीजको मुख्य केन...
अबको विद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्छ : महरा
र्वार्ता, विचार

अबको विद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्छ : महरा

गिरबहादुर महरा, अध्यक्ष अखिल (क्रान्तिकारी) दाङ, जिल्ला   अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका भेला, प्रशिक्षण तथा संगठन विस्तारका कार्यक्रमहरु चलिराखेकाछन । अभियान अन्तर्गत हालसम्म हामीले ४० विद्यालय र क्याम्पसहरुमा संगठन निर्माण गरेका छौ । हामीले ३ महिना अघि अखिल (क्रान्तिकारी) दाङको पाँचौ बैठक बसेर पालिका तहका मावि तहसम्म पालिका संयोजकहरुको नेतृत्वमा अभियान सन्चालन गर्ने निर्णय गरेका थियौ । अब हामी पहिलो चरणको विद्यालय÷क्याम्पस तहका सम्मेलनहरु सकेर पालिका सम्मेलन तर्फ केन्द्रित हुँदैछौं । भर्खरै...
मुख्यमन्त्रीलाई प्रश्न- डान्सबारमा नाङ्गै युवती नचाउने आरोप लागेकालाई किन मन्त्री बनाउनुभयो?
र्वार्ता

मुख्यमन्त्रीलाई प्रश्न- डान्सबारमा नाङ्गै युवती नचाउने आरोप लागेकालाई किन मन्त्री बनाउनुभयो?

दाङ, १० पौष । विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका सांसद सरोज थापा (रोज राणा) लाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गत शनिबार उद्योग तथा यातायात मन्त्री बनाएपछि पार्टीभित्र र बाहिर पनि विरोध भइरहेको छ। गुण्डागर्दी, मानव बेचबिखन, डान्सबारमा युवतीलाई नाङ्गै नचाउनेजस्ता आरोपमा पटक-पटक पक्राउ परेका थापालाई मन्त्री बनाएको भन्दै का‌ंग्रेसभित्रै विरोध भएको छ भने मुख्यमन्त्री चौधरीको यो कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ। नवनियुक्त मन्त्री थापाले आइतबार नै शपथ लिएर कार्यभार सम्हालेका छन्। मुख्यमन्त्री चौधरीले कांग्रेसका थापालाई उद्योग तथा यातायात र नेकपा माओवादी केन्द्रकी सांसद कृष्णा केसी (नमूना) लाई सहरी विकास मन्त्री बनाएका थिए। वैशाखमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दल नेता चौधरीले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। १० मन्त्रालय रहेको लुम्बिनी...
व्यावसायिक सुरक्षा र संस्थागत विकास : उम्मेदवार पोख्रेल
र्वार्ता

व्यावसायिक सुरक्षा र संस्थागत विकास : उम्मेदवार पोख्रेल

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि उम्मेदवार मतदाता भेट्न घरदैलोमा छन् । व्यावसायिक एजेण्डा बोकेर मतदाता रिझाउने गरेका छन् । असोेज १३ मा हुने दाङ उवासङ्घको नयाँ नेतृत्व चयनको लागि दुईवटा व्यवसायी समूह चुनावी मैदानमा छन् । आफूले जितेपछि गर्ने कामको प्रतिबद्धतासहित मतदाता भेट्ने गरेको उम्मेदवारले बताउने गरेका छन् । निर्वाचनका लागि ३ हजार ३ सय ५८ जना मतदाता छन् । निर्वाचनमा २ प्यानल छन् । बसन्त जोशी र रामप्रसाद पोख्रेलले छुट्टा–छुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । संयुक्त व्यावसायिक प्यानलको नेतृत्व जोशीले गरेका छन् भने पोख्रेलले साझा समावेशी व्यावासायिक प्यानलको नेतृत्व गरेका छन् ।  व्यवसायिक प्यानलका उम्मेदवार पोख्रेलसँग गरिएको कुराकानी ।  चुनावी अभियान कस्तो छ ?   दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि असोज १३ गते निर्वाचन हुँदैछ । निर्वाचनको ...
व्यावसायिक हकहितसँगै आर्थिक अवस्था सुधार : उम्मेदवार जोशी (अन्तर्वाता)
र्वार्ता

व्यावसायिक हकहितसँगै आर्थिक अवस्था सुधार : उम्मेदवार जोशी (अन्तर्वाता)

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि उम्मेदवार मतदाता भेट्न घरदैलोमा छन् । व्यावसायिक एजेण्डा बोकेर मतदाता रिझाउने गरेका छन् । असोेज १३ मा हुने दाङ उवासङ्घको नयाँ नेतृत्व चयनको लागि दुईवटा व्यवसायी समूह चुनावी मैदानमा छन् । आफूले जितेपछि गर्ने कामको प्रतिबद्धतासहित मतदाता भेट्ने गरेको उम्मेदवारले बताउने गरेका छन् । निर्वाचनका लागि ३ हजार ३ सय ५८ जना मतदाता छन् । निर्वाचनमा २ प्यानल छन् । बसन्त जोशी र रामप्रसाद पोख्रेलले छुट्टा–छुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । संयुक्त व्यावसायिक प्यानलको नेतृत्व जोशीले गरेका छन् भने पोख्रेलले साझा समावेशी व्यावासायिक प्यानलको नेतृत्व गरेका छन् । उम्मेदवार जोशीसँग गरिएको कुराकानीको सार संक्षेप ।  चुनावी अभियान कसरी चलिरहेको छ ?   पक्कै पनि दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि असोज १३ गते निर्वाचन हुँदैछ ...
व्यवसायीलाई पलायन हुनबाट बचाउन मेरो उम्मेद्बारी : नरेश कुमार श्रेष्ठ (अन्तर्वाता)
र्वार्ता, विचार

व्यवसायीलाई पलायन हुनबाट बचाउन मेरो उम्मेद्बारी : नरेश कुमार श्रेष्ठ (अन्तर्वाता)

दाङ जिल्ला उद्योग वाणिज्य संघ यही असोज १३ गते अधिवेशनको तयारीमा जुटेको छ । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा वैद्य समूह लगायतको संयुक्त व्यवसायी प्यानल बनेको छ । जसको नेतृत्व गरेका छन् बसन्त जोशीले गर्नु भएको छ । सोही प्यानलबाट वडा अध्यक्षदेखी व्यवसायिक नेतृत्वसम्मको जिम्मेवारी सक्षम रुपमा पुरा गर्न सफल नरेश कुमार श्रेष्ठ यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि बलिया उम्मेद्वारका रुपमा चिनिनु भएको छ । लामो समयदेखी व्यवसायिक क्षेत्र तथा विभिन्न क्षेत्रमा राम्रो सफलता भेट्दै आउनु भएका श्रेष्ठले दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि गठबन्धन प्यानलबाट उम्मेद्वारी दर्ता गर्नुभएको हो । तपाईंको उम्मेद्बारी किन ? म बिगत लामो समयदेखि यही क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएको छु र आफूले व्यवस...
व्यवसायीहरुको संस्थागत विकासका लागि मेरो उम्मेद्बारी : राम प्रसाद पोख्रेल
र्वार्ता, व्यापार/व्यवसाय

व्यवसायीहरुको संस्थागत विकासका लागि मेरो उम्मेद्बारी : राम प्रसाद पोख्रेल

दाङ जिल्ला उद्योग वाणिज्य संघ यही असोज १३ गते अधिवेशनको तयारीमा जुटेको छ । त्यस्तै नेकपा एमाले, राप्रपा, नेकपा विप्लव र नेकपा मशाल निकटको समावेशी व्यावसायिक प्यानल बनेको छ । जसको नेतृत्व गरेका छन् रामप्रसाद पोख्रेलले ।   तपाईंको उम्मेदवारी किन ? लामो समयदेखि यही क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएको र आफूले व्यवसाय गरेको वस्तुगत संघको विभिन्न तहमा रहेर नेतृत्व निर्वाह पनि गरेको छु । यसैलाई निरन्तरता दिंदै दाङ जिल्ला उद्योग वाणिज्य संघको एक कार्यकाल कार्यकारी सदस्यको जिम्मेवारी र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको छु । संस्थामा जोडिएपछि संस्थाको गरिमा, व्यवसायीको हकहित र यहाँको विकासका बारेमा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गरिसकेको हुँदा अब संस्थाको नेतृत्वमा रही अहिलेको संकटमा व्यवसायीको समस्या समाधान, व्यवसायीहरुको संस्थागत विकासका साथै...