तुलसीपुरका ५ स्थानमा होमस्टे स्थापना गरिने

दाङ, असोज २७ । तुलसीपुरलाई पर्यटन प्रवद्र्धन मार्फत विकास गर्नका लागि उपमहानगरपालिकाले घुम्न जाऔँ तुलसीपुर अभियानसंगै विभिन्न पर्यटकिय स्थलमा होमस्टे समेत संचालन गर्ने भएको छ ।
उपमहानगरपालिकाले विभिन्न ५ स्थानमा होमस्टे संचालनका लागि केहिदिन भित्रै अध्ययन , अवलोकनमा उपहानगरको पर्यटन शाखाको टिम जाने र फर्र्किए लगत्तै होमस्टे संचालन गरिने नगरप्रमुख पाण्डेले बताए ।
‘उमहानगरपालिका भित्र करिब दुई दर्जन पर्यटकिय स्थल रहेको र ति स्थानको विकासलाई पनि जोड दिएका छौँ, उनले भने–‘ घुम्न जाऔँ तुलसीपुर अभियान सफल बनाएमात्रै नेपाल सरकारले सन् २०२० मा करिब ५ लाख पर्यटक भित्राउनले लक्ष्य सफल हुने छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *