व्यापार/व्यवसाय

१६ वर्षसम्म विदेशमा रोजगारी गरेर फर्केपछि आफ्नै व्यवसाय संचालन
व्यापार/व्यवसाय

१६ वर्षसम्म विदेशमा रोजगारी गरेर फर्केपछि आफ्नै व्यवसाय संचालन

दाङ, ६ बैशाख । ताराप्रसाद पोखरेल चार वर्षअघिसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विदेशमा उहाँको कमाई पनि रामै्र हुन्थ्यो । तर विदेशमा हुँदा मनमा पूर्ण सन्तुष्टी भने थिएन । किनभने विदेशमा कमाउन गएपनि स्वदेश फर्केर आफ्नै व्यवसाय गर्ने सोच उहाँमा थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर निवासी पोखरेल विदेशबाट चार वर्षअघि सन् २०२० मा नेपाल फर्किनुभयो । घर बनाउनुभयो । अनि व्यवसाय गर्ने सोचलाई चारवर्षपछि साकार पार्नुभएको छ । ‘वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हामी नेपालीलाई छ ।’ उहाँले भन्नुभयो–‘विदेशमा सिप र अनुभव संगालेर नेपालमै आफ्नै व्यवसाय गर्दा राम्रो हुन्छ, भन्ने सोचेर नै व्यवसाय शुरुवात गरेको छु ।’ १६ वर्षअघि रोजगारीका लागि विदेशिएका ताराप्रसाद दुवई, साउदी, कतार, लगायतका देशमा जानुभएको हो । विदेशमा हुँदा पनि मार्केटिङको काम गरेपछि उहाँले अहिले व्यवसाय संचालन गर...
तुलसीपुर व्यवसाय प्रवद्र्धन केन्द्रको उद्घाटन
व्यापार/व्यवसाय, समाचार

तुलसीपुर व्यवसाय प्रवद्र्धन केन्द्रको उद्घाटन

दाङ, ४ बैशाख । तुलसीपुर व्यवसाय प्रवद्र्धन केन्द्रको उद्घाटन तथा व्यवसायमा नविनतम चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सीप र आवश्यकताको पहिचान गरेर व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले समुदायमा आवश्यकता र मागको पहिचान गरेर व्यवसाय संचालन गरेमा फस्टाउन सकिने बताएका हुन् । व्यवसाय र सीपको पहिचान नगरेर व्यवसाय संचालन गर्दा पेशाबाट पलायन हुने तथा व्यवसाय नै छोड्ने अवस्था रहेको उनिहरुको जोड छ । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव बिनिल केसी, मेट्रो कलेज तुलसीपुरका प्रमुख बसन्त आचार्य, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती, तयार नेपालका श्रमलाल चौधरी व्यवसायमा हुने अवसर र चुनौतिका बारेमा चर्चा गर्नुभएको हो । बिआईसी संयोजक तथा तुलसीपुर उपमहानरपालिकाका ...
दमकल खरिदका लागि १० लाख दिने अध्यक्ष चालिसेको घोषणा
व्यापार/व्यवसाय, स्वास्थ्य

दमकल खरिदका लागि १० लाख दिने अध्यक्ष चालिसेको घोषणा

दाङ, ३० चैत्र । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रदास चालिसेले तुलसीपुर उपमहानगरपालिकालाई दमकल खरिदका लागि १० लाख दिने घोषणा गर्नु भएको छ । आज तुलसीपुर उपमहानगरपालिकाले आज ३२ औँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट लिफ्ट सहितको दमकल दरिद गरेका उक्त रकम सहयोग गर्ने बताउनु भएको हो । तुलसीपुरमा हुने आगलागीका घटनामा परी अकालमा ज्यान गुमाउनु परेको अवस्था रहेको स्मरण गर्नु भयो । विगतमा भएका आगलागीका घटनाहरुको स्मरण गर्दै उहाँले आगो निभाउने गतिलो यन्त्र नहँुदा अकालमा ज्यान गुमाउनु परेको अवस्था रहेको भन्दै लिफ्ट सिस्टम रहेको दमकलको आवश्यकता रहेको बताउनु भयो । त्यसैले नगरपालिकालकाई कम्तीमा पनि ५ फ्लाइटसम्मको घर जतिकै अग्लो पानी फाल्न सक्ने लिफ्ट सहितको दमकल खरिद गर्न आग्रह समेत गर्नु भयो । तुलसीपुर उपमहानगरपालिकाको पूर्व प्रमुखहरुले गरेका उद...
नारायणपुर उद्याेग वाणिज्य संघकाे अधिवेशन वैशाख २२ गते
व्यापार/व्यवसाय

नारायणपुर उद्याेग वाणिज्य संघकाे अधिवेशन वैशाख २२ गते

दाङ, २२ चैत्र । नारायणपुर उद्योग वाणिज्य संघकाे २० ओैँ साधारणसभा तथा नवाैं अधिवेशन आगामी वैशाख २२ गते हुने भएकाे छ । संघकाे आज बिहीबार बसेकाे बैठकले २० ओैँ साधारणसभा तथा नवाैं अधिवेशन आगामी वैशाख २२ गते गर्ने निर्णय गरेकाे हाे । अधिवेशनकाे अवसरमा संघले मुखपत्रका रूपमा स्मारिका प्रकाशन गर्ने अध्यक्ष अभियान बस्नेतले बताए । साथै स्मारिका प्रकाशनका लागि संघका प्रेस सल्लाहकार आदिम के.सी., सदस्यद्वय भाेला बुढाथोकी र जागेश्वर डाँगीसहितकाे स्मारिका प्रकाशन समिति गठन गरिएकाे छ ।...
घोराहीका बिक्रेतालाई उपभोक्ता हितको प्रशिक्षण
व्यापार/व्यवसाय

घोराहीका बिक्रेतालाई उपभोक्ता हितको प्रशिक्षण

दाङ, २१ चैत्र । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले बिक्रेतालाई उपभोक्ता हित सम्बन्धी प्रशिक्षण दिएको छ । घोराही उप–महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक हुमाकुमारी डिसीेको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विभिन्न नौवटा वस्तुगत समितिका प्रमुखलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो । ‘हामी सबै व्यवसायी हामी सबै उपभोक्ता हो’– प्रमुख चौधरीले भन्नुभयो– ‘सबै बस्तु एक्लै व्यवस्थापन गर्न सकिन्न । आफूसित नभएको किन्नैपर्छ त्यसैले उपभोक्ता सम्झेर काम गर्नुस् ।’ उहाँले दुई चार पैसा आउने लालचमा खराब कुरा नखुवाउन सुझाव दिनुभयो । अर्काको जीवन समस्यामा पार्ने, जनधनको क्षति हुने र कानुनले अफ्ठेरो पार्ने काम नगर्न आग्रह गर्नुभयो । यसैगरी उपप्रमुख डिसीले नगरलाई धनी बनाउन नियमानुसार नागरिकले कर र शुल्क तिर्नुपर्ने बताउनुभयो । ‘नगरलाई धनी बनाउन ख...
तुलसीपुर उद्योग वाणिज्य संघले निर्वाचनको मिति तोक्यो
व्यापार/व्यवसाय

तुलसीपुर उद्योग वाणिज्य संघले निर्वाचनको मिति तोक्यो

दाङ, १७ चैत्र । तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि वैशाख २९ गते निर्वाचन हुने भएको छ । संघको आज तुलसीपुरमा बसेको बैठकले वैशाख १५ गते २९ औं साधारणसभा तथा अधिवेशन र आगामी नेतृत्व चयनका लागि २९ गते निर्वाचन गर्ने निर्णय गरेको हो । वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्यता लिनका लागि  र  नवीकरण गर्न आइतबार बेलुका पाँच बजेसम्म एक दिनको समय तोकेको छ । त्यसैगरी बैठकले केही समय अघि सम्पन्न भएको तुलसीपुर महोत्सवको आर्थिक आयव्यय विवरण साधारणसभा अघि नै सार्वजनिक गर्ने निर्णय समेत गरेको  संघकाअध्यक्ष चालिसेले जानकारी दिनुभयो । ...
होटल दाङ फन भ्यालीले होली विशेष सांस्कृतिक कार्यक्रम गर्ने
व्यापार/व्यवसाय, समाचार

होटल दाङ फन भ्यालीले होली विशेष सांस्कृतिक कार्यक्रम गर्ने

दाङ, ९ चैत्र । होली पर्वको अवसरमा पारेर होटल दाङ फन भ्यालीले विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यही चैत १२ गते राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको विशेष उपस्थितीमा होटल दाङ फन भ्याली परिसरमा होली विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको होटलका अध्यक्ष मिनराज घिमिरेले जानकारी दिनुभयो । घोराही १० अम्राईमा रहेको होटल फन भ्यालीमा शुक्रबार पत्रकार सम्मेलन गरेर होली पर्वको धार्मिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्न तथा पर्वलाई मनोरन्जनात्मक बनाउन राष्ट्रिय स्तरका कलाकारहरुलाई दाङमा ल्याएर विशेष कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । ‘परम्परागत लोकसंस्कृति जोगाउन र पर्वलाई पूर्ण मनोरन्जनात्मक बनाउन हामीले १२ गते राष्ट्रिय स्तरका कलाकार दाङमा ल्याउँदैछौँ, यसले पर्वलाई सदभावपूर्ण रुपमा मनाउने कोशिस हो भने अर्कोतिर हाम्रा ग्राहक पाहुनाहरुलाई मनोरन्जन पनि दिनुपर्छ भनेर...
तुलसीपुरमा तीन युवाको १० करोड लगानीमा कराही रेष्टुरेन्ट संचालन
व्यापार/व्यवसाय

तुलसीपुरमा तीन युवाको १० करोड लगानीमा कराही रेष्टुरेन्ट संचालन

दाङ, ७ चैत्र । रोजगारीका लागि युवाहरु विदेश जाने क्रम बढ्दै गएको अवस्थामा तुलसीपुरका तीन जना युवाले भने १० करोड लगानीमा सुविधासम्पन्न पाटी प्यालेससहितको रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा एक वर्षअघिदेखि कराही इभेन्ट एण्ड स्पोट रेष्टुरेन्ट संचालनमा आएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का सुवणर् वली, सुजन वली र तुलसीपुर-६ का अजय रजौरेले १० करोडको लगानीमा सुविधा सम्पन्न सभाहलसहितको रेष्टुरेन्ट संचालनमा ल्याउनुभएको हो । गतवर्ष माघदेखि रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक सुजन वलीले बताउनुभयो । उहाँले ठुलो लगानी गरेर विदेश जानुभन्दा स्वदेशमा अरुलाई पनि रोजगारी दिने गरी सभाहलसहितको रेष्टुरेन्ट संचालनमा ल्याएको बताउनुभयो । अहिले रेष्टुरेन्टमा २४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेको उहाँले बताउनुभयो । विदेश जाने सोच त्यागेर होटेल क्षेत्...
दाङ उवासंघले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने
व्यापार/व्यवसाय

दाङ उवासंघले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने

दाङ, ३० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो ५४ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । स्थापनाको दिवसको अवसरमा फुटबल प्रतियोगीता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगीता, हाजिरीजवाफ, बक्तित्वकला, व्याडमिटन, कुर्सी दौड, रक्तदान, बोरा दौडलगायतका विभिनन प्रतियोगिताहरु हुने भएका छन् । संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । बैठकलप्रतियोगीता सञ्चालनका लागि मुल आयाजक समिति तथा विभिन्न उपसमिति समेत गठन गरेको छ । जस अन्र्तगत वाणिज्य उपाध्यक्ष लिलाराम खड्काको संयोजकमा विकास वली, जगत आचार्य, माधव खनाल सदस्य रहने गरि मुल समिति गठन गरकोे छ । प्रतियोगीतामा सहभागि हुनका लागि नविकरण गरेको प्रमाणपत्रको फोटो कपी हुनुपर्ने संघले जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवस आउ...
घोराहीमा खुल्यो न्यू ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर
व्यापार/व्यवसाय

घोराहीमा खुल्यो न्यू ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर

दाङ, २४ फागुन । घोराहीमा दुई जना महिला मिलेर सुबिधा सप्पन्न  ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सन्चालनमा लिएका छन । घोराही उपमहानगरपालिकामा -१५ दिपशिखा रोडमा गोमा कवर र सुनिता वलीको संयुक्त १२ लाखकाे लगानीमा ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर आज बिहिवार देखी सन्चालनमा लिएका हुन । स्वदेशी श्रममा अधुनिक प्राविधिकबाट सेवा ग्राहिलाई सेवा प्रदान गर्ने ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका संचालिका गोमा कवरले जानकारी दिनुभएको हाे। नयाँ प्रविधिबाट संचालनमा आएको हुँदा घोराही लगायत दाङ आसपास क्षेत्रका दिदि बहिनी एक पल्ट सेवाको मौका दिन हुन आग्रह समेत गरेका छिन् ।...