समाज

पाँच लाख विद्यार्थी एसइई परीक्षा दिँदै, तयारी अन्तिम चरणमा
समाज

पाँच लाख विद्यार्थी एसइई परीक्षा दिँदै, तयारी अन्तिम चरणमा

दाङ, ५ चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजारभन्दा बढी विद्यार्थीले एसइई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो । काठमाडौँ उपत्यकाको हकमा २२–२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए । ‘प्रश्नपत्र काठमाडौँ बाहेकक...
महेन्द्र बहुमुखी क्याम्पसमा ‘मेरो क्याम्पस म हरियाली बनाउँछु’ अभियान शुरु
समाज

महेन्द्र बहुमुखी क्याम्पसमा ‘मेरो क्याम्पस म हरियाली बनाउँछु’ अभियान शुरु

दाङ, ५ चैत्र । महेन्द्र बहुमुखी क्याम्पस बिबिए प्रथम सेमेष्टरका बिद्यार्थीहरुले ‘मेरो क्याम्पस म हरियाली बनाउँछु’ अभियान शुरु गरेका छन् । अभियानको शुरुवात प्रथम सेमेष्टरका छात्र छात्राहरु किशोर पोख्रेल, जया बस्नेत, अप्रिता गिरी र तिलकुमारी वलीसहितका विद्यार्थीहरुले संयुक्तरुपमा गमलामा फुलको बिरुवा रोपेर गरेका छन् । विद्यार्थीहरुले प्रथम सेमेष्टरमा अध्ययन गर्ने सबै विद्यार्थीको सल्लाहमा केक काटेर जन्म दिन मनाउनु भन्दा सिर्जनात्मक कार्य गरेर जन्म दिन मनाउँदा राम्रो हुने ठानेर यो अभियान शुरु गरेको बताएका छन् । विद्यार्थीहरुको अभियानलाई हौसला प्रदान गर्न बिबिए तथा क्याम्पस प्रशासनले विद्यार्थीलाई थप एक गमला उपहार दिन थालेको छ । ‘मेरो क्याम्पस म हरियाली बनाउँछु’– अभियान अन्तर्गत बिद्यार्थीले जन्म दिनमा आफूले किनेको गमला र क्याम्पस प्रशासनले किनिदिएको गमलामा रोपेको बिरुवा आफू क्याम्पसमा अ...
रुकुम पूर्व : आधारभूत विद्यालयमा प्रधानाध्यापक खड्काको मनपरी
समाज

रुकुम पूर्व : आधारभूत विद्यालयमा प्रधानाध्यापक खड्काको मनपरी

दाङ, ४ चैत्र । रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ मा रहेको आधारभूत विद्यालय नयाँ ढाँकामा विद्यालयका प्रधानाध्यापकको मनपरी देखिएको छ । यस विद्यालयका प्रधानाध्यापक बल बहादुर खड्का बिना बिदा स्विकृत विगत दुई महिना यता विद्यालयमा अनुपस्थित रहेको पाइएको हो । सिस्ने गाउँपालिकाले आइतबार विद्यालयमा अनुगमण गर्दा विद्यालयका प्रधानाध्यापक नै विद्यालयमा बिना जानकारी‚ बिना बिदा स्विकृत माघ र फागुनको महिनामा विद्यालयमा अनुपस्थित रहेको पाइएको छ । यस्तै विद्यालयका अर्का बाल बिकास सहजकर्ता तिलसरा खड्का पनि बिदा स्विकृत नगरेरै सुत्केरी बिदा बसेको पाइएको छ । सुत्केरी बिदा नेपाल सरकारले नै व्यवस्था गरेको छ । तर विद्यालयमा विदा स्विकृत नगराएरै पूस‚ माघ र फागुनको महिनामा बिदा बसेको पाइएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिह बुढाले जानकारी दिनुभयो । यस विद्यालयले अहिलेसम्म प...
धारापानी मन्दिरले गर्यो शिवरात्रीको आय व्यय सार्वजनिक
अर्थ, समाज

धारापानी मन्दिरले गर्यो शिवरात्रीको आय व्यय सार्वजनिक

दाङ, ३ चैत्र । दाङको घोराही –५ धारापानीमा रहेको पाड्वेस्वर मन्दिरले महाशिवरात्रीको अवसरमा संकलन भएको रकमको आय व्यय सार्वजनिक गरेको छ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक समितिका संयोजक विमल अधिकारीले आय व्यय विवरण पेस गरेका थिए । आम्दानी तर्फ ठुलो पिङ ठेक्कावाट १ लाख ८१ हजार ५ रुपैयाँ , सानो पिङवाट ११ हजार, मेला वजार १ लाख ७१ हजार ९ सय ५०, रसीदवाट सहयोग ५४ हजार १ सय ७० , पुजा भेटी तथा दान पेटिवाट २ लाख ८० हजार १ सय , गाडी पार्किङवाट ७९ हजार ८ सय ५३ गरि जम्मा ७ लाख ७९ हजार ७८ रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी त्रिशूल सलामी सेना यातायात खर्च ११ हजार, साउन्ड सिस्टम र टेन्ट ४२ हजार, मन्दिर परिषर सरसफाइ ३ हजार ५ सय, खाजा नास्ता ३५ हजार ५ सय १० , भजन मन्ड्ली १५ हजार ५ , साधु सन्त दक्षिणा ३१ हजार २ सय ८५ , कर्मचारी , पुजारी र भक्तीनी दक्...
सूचना प्रविधिको विकास समृद्धि र विकासको आधार : प्रियासन
समाज

सूचना प्रविधिको विकास समृद्धि र विकासको आधार : प्रियासन

दाङ्ग, २ चैत्र । दाङको घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा अम्बिकेश्वरी इनोभेसन तथा प्रोजेक्ट सोकेस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत बिएससी सिएसआइटीका छैठौं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले नेपालमा सूचना र प्रविधिको विकास तिव्रगतिमा भैरहेको चर्चा गर्दै सूचना र प्रविधि बिना मुलुकको समृद्धि र विकास सहि तवरबाट अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाँले घोराही, दाङ अनि सिंगो नेपाललाई आइटीमैत्री बनाउन आइटी पढि रहेका विद्यार्थीहरुले नयाँ नयाँ एपहरु, प्रोजेक्टहरु निर्माण गरिरहनु पर्ने बताउनुभयो । आइटी क्षेत्रलाई प्रभावकारी बनाउन राज्यले विशेष योजना बनाउनुपर्ने धारणा राख्दै आइटी क्षेत्रमा संलग्न विद्यार...
गोरक्ष पात्रदेबता सिद्धरत्ननाथ दाङ-देबिपाटन महायात्राको तयारी तिब्र, तालिका सार्बजनिक
समाज

गोरक्ष पात्रदेबता सिद्धरत्ननाथ दाङ-देबिपाटन महायात्राको तयारी तिब्र, तालिका सार्बजनिक

दाङ, २ चैत्र । गोरक्षपात्र देबता सिद्धरत्ननाथ दाङ देबिपाटन महायात्राको तयारी तिब्र बन्दै गएको छ । माहायात्राको समय नजिकिदै गर्दा यात्रालाई भब्य र ब्यबस्थित बनाउन बिभिन्न उपसमितिको कार्य प्रगतिको बिषयमा समिक्षा गरिएको छ । महायात्रा मुल समितिका संयोजक महन्त सुरतनाथ योगीको अध्यक्षतामा बसेको बैठकमा उपसमितिका संयोजकहरुले हाल सम्मको प्रगति बिबरणको बारेमा अबगत गराउनु भएको थियो । बिहिबार बसेको बैठकले यात्रा प्रस्थानको तालिका सार्बजनिक गरेको छ भने साथै थप एक उपसमिति गठन गरेको छ । तालिका अनुसार अप्रिल पाँच तारिख अर्थात चैत्र २३ गते साझ शुक्रबार दाङघोराहीको सिद्धरत्ननाथ मठ चौघेराबाट बिशेष तामझामका साथ रथयात्रासहित महायात्राको प्रस्थान शुरु हुनेछ । चौघेराबाट शुरु भएको यात्रा घोराही उपमहानगरपालिका अन्र्तगत पर्ने चौपट्टामा केही समय पुजा आरधान र बिश्रामपछि लमहीका लागी प्रस्थान गर्ने छ । २३ गते ...
मर्यादित रुपले परिक्षा सञ्चालन गर्न लमही नगर प्रमुखको निर्देशन
समाज

मर्यादित रुपले परिक्षा सञ्चालन गर्न लमही नगर प्रमुखको निर्देशन

प्रिया स्मृती गजमेर लमही, २ चैत  । दाङ लमही नगरपालिकामा यस वर्षको वार्षिक परिक्षा यहि चैत्र ४ गतेदेखि शुरु हुँदै छ । पालिकाले प्रकाशन गरेको वार्षिक क्यालेन्डर अनुशार परिक्षा हुन लागेको हो । परिक्षा संचालनका लागि सम्पूर्ण तयारी पूरा भएको लमही नगरपालिकाले जनाएको छ । परिक्षाका लागि सबै सामुदायिक विद्यालयमा पालिकाले प्रश्नपत्र र उत्तर पुस्तिका पठाई सकेको शिक्षा शाखा प्रमुख भवानी गिरीले जानकारी दिनु भयो । लमही नगरपालिकाले कक्षा ५ र ८ को पालिका स्तरीय वार्षिक परिक्षाको केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम गरेको छ । प्राथमिक विद्यालय तहका प्रधानाध्यापकलाई आफ्नै विद्यालयको केन्द्राध्यक्ष तोकिएको छ भने कक्षा ८ को हकमा परीक्षा केन्द्र फरक फरक विद्यालयमा तोकिएको शिक्षा अधिकृत गिरीले बताउनु भयो । लमही नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर -६ का वडा अध्यक्ष श्याम नारायण चौ...
तुलसीपुर मेट्रो कलेजले मर्मत सेन्टर खोल्दै
समाज

तुलसीपुर मेट्रो कलेजले मर्मत सेन्टर खोल्दै

दाङ, २ चैत्र । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रममा समावेश गर्नका लागि विभिन्न उपकरण मर्मत गर्ने सेन्टर खोल्ने भएको छ । विद्युत, फ्रिज, एसी, मोटर, टेलिभिजन, पंखा लगायतका उपकरण विद्यार्थीहरुबाटै मर्मत गर्ने गरी मर्मत सेन्टर सञ्चालन गर्न लागेको कलेजका प्रमुख वसन्त आचार्यले बताउनुभयो । विद्यार्थीले सिकेको सीपलाई आयआर्जनसँग जोड्नका लागि सेन्टर स्थापना गर्ने उहाले बताउनुभयो । कजलेजमा प्राविधिक अध्ययन गर्ने जनशक्तिलाई प्रयोग गरेर मर्मत सेन्टर खोल्न लागेको उहाको भनाइ छ । मर्मत सेन्टरबाट स्थानीयहरु समेत लाभान्वित हुने भएका छन । कलेजले मर्मत सेन्टर सञ्चालनका लागि विद्यार्थीहरुलाई तालिम समेत प्रदान गर्न लागेको पनि कलेज प्रमुख आचार्यले जानकारीदिनुभयो । तालिम पश्चात वर्कशप सञ्चालनका लागि विद्यार्थीहरुलाई सहभागी...
पश्चिम दाङका महिलाद्धारा सरफको बजारीकरण गरिदिन पालिकासँग माग
नारी विषेश, समाज

पश्चिम दाङका महिलाद्धारा सरफको बजारीकरण गरिदिन पालिकासँग माग

दाङ, १ चैत्र । पश्चिम दाङको शान्तिनगरमा रहेको एउटा महिला समुहका महिलाहरुले स्थानिय सरकारसँग आफ्नो उत्पादनको बजारीकरण सँगै अन्य विभिन्न माग गरेका छन् । शान्तिनगर ३ मा रहेको राताहाल नमुना उद्यमसिल महिला समुहमा रहेका महिलाहरुले केही समय पहिले देखी सयुक्त रुपमा सरफ उत्पादन सुरु गरेका थिए । आज गाउँपालिकामा भएको एक कार्यक्रममा आफुले उत्पादन गरेको सरफ सार्वजनिक गर्दै बजारीकरणको माग गरेका हुन् । उनीहरुले यो सँगसँगै उत्पादनका लागी आवश्यक पर्ने मेसिनको व्यवस्थापन गरिदिन माग गरेको स्थानिय समाजसेवी हेमन्त डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार समुहमा आवद्ध महिलाहरुले ३ दिने तालिम सिकेर सरफ बनाउने काममा जुटेका हुन् । देशमा बेरोजगारीको संख्या बढ्दै गएको अवस्थामा शान्तिनगर ३ का महिलाहरु आफै स्वरोजगार हुने बाटोमा अगाडी सर्नु राम्रो पक्ष भएको उहाँले बताउनुभयो । महिला समुहलाई सरफ पाउडर उत्पादनका ...
लोक दोहोरी दिवसको अवसरमा खाद्य सामाग्री सहयोग
समाज

लोक दोहोरी दिवसको अवसरमा खाद्य सामाग्री सहयोग

दाङ, ३० फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति, दाङले खाद्य सामाग्री तथा फलफुल वितरण गरेको छ । २३ औं राष्ट्रिय लोक दोहोरी दिवसको अवसरमा घोराही-३ कुईरेपानीमा रहेको मानसिक स्वास्थ्य सेवा तथा पुनःस्थापना केन्द्रलाई सहयोगार्थ सामाग्री वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पुनःस्थापना केन्द्रका प्रवन्धक प्रयास गौतम र व्यवस्थापक गिरीराज पौडेलले संस्थाको बारेमा जानकारीसँगै सहयोगगर्ने प्रतिष्ठानलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा फलफुलसँगै दाल र चामल वितरण गर्दै दोहोरी खेलेर मनोरञ्जन गरिएको थियो । कार्यक्रमको सहजिकरण प्रतिष्ठानका सचिव शिवराज बस्नेतले गर्नुभएको थियो ।  प्रतिष्ठानले अन्य समयमापनि विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ ।यस्तै, प्रेरणाका लागी अभियान नेपाल,दाङ तथा हेल्थ फाउण्डेशन नेपालल...