अस्थिर राजनीतिको असर नेपाली बजारमा
दाङ, ७ माघ । नेपाल पछिल्लो समय राजनीतिक अवस्था अस्थिरतातिर धकेलिँदै जाँदा असर नेपाली बजारमा पर्न थालेको छ । नेपाली बजारमा पछिल्लो तीन महिनादेखि खाने तेल तथा खाद्यान्नको मूल्य उच्च रुपमा बृद्धि हुँदै गएको छ ।
नेपालमा कोरोना सुरु भएको चार महिनासम्म लकडाउन भएपनि बजार मूल्य स्थिर थियो । चार महिनापछि भने बजारमा तरकारी, फलफूल लगायत खाद्यान्नको मूल्य लगातार रुपमा बृद्धि हुँदै जान थालेको छ ।
खाने तेल तथा खाद्यान्नको मूल्य बजारमा अत्याधिक रुपमा बढ्न थालेपछि उपभोक्ता मारमा पर्न थालेका छन् । खुद्रा व्यापारीहरुका अनुसार बजारमा होलसेलबाट नै मूल्यबृद्धि भएर नयाँ मूल्यको स्टिकर टाँसेर आएकाले त्यही मूल्य अनुसार बेच्ने गरेको बताएका छन् । व्यवसायीहरुले अझ तेल मिलहरूले यो महिनाबाट नै प्रतिलिटर २ सयदेखि २५० रुपैयाँसम्म मूल्य बढेर आउने बताएका छन् ।
त्यस्तै, बजारमा गेडागुडीको मूल्य पनि बढेको छ...