दाङमा पर्यटकिय चाप बढ्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,११ कार्तिक | दाङका विभिन्न पर्यटकिय स्थलहरुमा आन्तरिक पर्यटकहरुको घुईचो लागेको छ । घोराहीको धारापानी, बाह्रकुने दह, ज्यामिरे दह, तुलसीपुरको राप्ती शान्ती उद्यान, देउखुरीको जखेरा, जंगलकुटी लगाएतका क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तिहारमा खेलिएको देउसी भैलोबाट संकलन गरिएको रकमबाट बनभोज खाने र फुर्सदको समयमा घुमफिर पर्ने आन्तरिक पर्यटकको घुइँचो लागेको हो । जिल्ला बाहिरबाट समेत बनभोज र घुमफिर गर्न आउने पर्यटकहरु यो वर्ष बढेको पाण्डबेश्वर मन्दिर धारापानी व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विश्वकै सबै भन्दा ठुलो त्रिशुल स्थापना गरिएको धारापानी मन्दीरमा यो वर्ष बनभोज खान आउने, त्रिशुलको दर्शक गर्नेहरुको संख्या उल्लेख्य रहेको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो वर्ष पुर्व बटवल देखि पश्चिम बर्दियाबाट समेत देउखुरीको जखेरा ताल अवलोकनको लागि आएका छन् । जखेरा ताल ढुंगामा चढ्ने र बनभोज खाने जिल्लाकै प्रशिद्धस्थल मानिन्छ । ढुङगा चढेको शुल्कबाट मात्रै अहिले जखेरामा दैनिक ११ हजार रुपैया सम्म आम्दानी हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती शान्ती उद्यान तुलसीपुरमा पनि यो वर्ष बनभोज खान आउनेहरु बढेका छन् । दैनिक पाँच हजार ब्यक्तिहरु उद्यानमा आउने गरेको व्यवस्थापन समितिले तथ्यांक राखेको छ । तिहारमा भैलो खेलेर रकम संकलन गरेकाहरु भैलो खाने कार्यक्रमको लागि आउने गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै बराह धार्मिक क्षेत्र घोराहीमा यो वर्ष पनि आन्तरिक पर्यटकहरुको घुईचो कम छैन । बाह्रकुने दहको रुपमा चर्चित यो क्षेत्रमा बनभोज खानका लागि केहि स्थलहरु निर्माण समेत गरिएको छ । बाह्रकुने दहको स्तरोन्नतीका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा २ करोड रुपैया बजेट समेत विनियोजन गरेको छ ।

बाह्रकुने दहसंगै रहेको ज्यामिरे दहको स्तरोन्नती गरेपछि अहिले दैनिक २ सय बढि आन्तरिक पर्यटकहरु भित्रिने गरेका छन् । पुराना ताललाई पराकिलो, सुरक्षित र डुंगाको व्यवस्था गरेपछि आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । डुंगा चढ्नुको साथै विभिन्न म्युजिक भिडियो निर्माणका लागि समेत ज्यामिरे तालमा मानिसहरु पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *