कविता : शुभकामना
किरण राज पाण्डे
आउन छाडे हलकाराहरु
गाउँघरमा
परदेशीका चिट्ठी बोकेर
मायका प्रेम पत्र बोकेर ।
अचेल
बज्दैन नगरा
पिटिन्न ढोल
र
सुनिन्न कट्वाल दाइहरुका उर्दी पनि ।
बिष्टको दैलोमा
फेसबुकले नै पुर्याउँछ
अचेल समाचार ।
रिकुटेलाई
सुन्दर हीरो हिरोइनका
पोस्टकार्ड पठाउन छाडी साहीँलीले
मायाको भाकामा
अचेल
म्यासेन्जर ममैँ आउँछ रे
नयाँ बर्षको शुभकामना ।
सायद
मौसम फेरियो
समय बदलियो
र
मान्छे हराए कता कता..
...