दोस्रो एन्टा लिग च्याम्पियनसिपमा अल्फा तेक्वान्दो डोजाङलाई
दाङ, १७ मंसिर । दोस्रो एन्टा लिग च्याम्पियनसिपमा दाङको घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङले तीन पदक हात पारेको छ । यहि मंसिरको १४ गतेदेखि १७ गतेसम्म ललितपुरको सातदोबाटोमा भएको दोस्रो एन्टा लिग च्याम्पियनसिपमा अल्फा तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडीहरुले एक स्वर्णसँगै दुई रजत पदक जितेका हुन ।
प्रतियोगितामा तेक्वान्दो खेलाडी ममता रिजालले स्वर्ण पदक जितेकी हुन । प्रतियोगितामा ६३ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी रिजालले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकी हुन ।
त्यसैगरी कमल खड्काले ४८ केजी तौल समूहमा र कृष्ण पुनमगर ७३ केजी तौल समुहमा रजत पदक जित्न सफल भएको बिरेन्द्र डाँगीले जानकारी दिएका छन् ।...