पर्यटन

दाङका मठमन्दिरहरुमा चहलपहल सुरु
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

दाङका मठमन्दिरहरुमा चहलपहल सुरु

दाङ, ११ साउन। सरकारले कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनका कारण लामो समयसम्म बन्द रहेका दाङका मठमन्दिरहरुमा चहलपहल सुरु भएको छ । कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि सरकारले लकडाउन हटाएसँगै धार्मिक स्थलहरुमा चहलपहल बढ्न थालेको हो । लकडाउनका कारण करिब तीन महिना बढी समयसम्म सुनसान रहेका पाण्डवेश्वर महादेव मन्दिर धारापानी, गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरा, अम्बिकेश्वरी मन्दिर अम्बापुर, बाह्रकुने दहलगायतका मठमन्दिरहरुमा चहलपहल बढेको छ । मठ मन्दिरमा बढेको भिडभाडले कोरोनाको जोखिम बढाएको छ । अधिकांशले स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पनि पालना गरेका छैनन् ।...
प्रदेश नं. ५ कै प्रसिद्ध धार्मिकस्थल क्षेत्र `रिहार´ (हेर्नुस् फाेटाे फिचर)
पर्यटन, ब्रेकिङ न्युज

प्रदेश नं. ५ कै प्रसिद्ध धार्मिकस्थल क्षेत्र `रिहार´ (हेर्नुस् फाेटाे फिचर)

शिवु खनाल दाङ, १ श्रावण । प्रदेश नं. ५ कै प्रसिद्ध धार्मिक स्थल बगार बाबा धार्मिक विकास क्षेत्र रिहारमा प्रवेश मुल गेट निर्माणकाे काम सम्पन्न भएको छ । नेपाल सरकारकाे एकसय गन्तव्य भित्र पर्न सफल उक्त बगार बाबा धार्मिक क्षेत्र रिहारमा प्रत्येक वर्ष माघे संक्रिान्ति अथार्थ माघ १ गते देखि ३ गते ठुलो मेला लाग्ने गर्दछ । उक्त रिहार मेला पुसकाे २५ गते देखि चहलपहल सुरु हुन्छ । मेलामा भारतीय तिर्थालुहरूकाे निकै घुइँचो हुने गर्दछ । तिनदिन सम्म लगातार लाग्ने रिहार मेलामा हजारौं तिर्थालुहरूकाे घुइँचो हुने गर्दछ ।   ...
हावाको प्रदूषण : नेपालभर ग्रिन सिग्नल
पर्यटन, प्रमुख समाचार

हावाको प्रदूषण : नेपालभर ग्रिन सिग्नल

दाङ, १९ बैशाख |नेपालभरको हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल अर्थात् मानिसको बसोबासका लागि योग्य देखाएको वातवारण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिनुभयो । (more…)...
व्यवस्थित बन्दै चौघेरा मन्दिरका चित्रहरु
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

व्यवस्थित बन्दै चौघेरा मन्दिरका चित्रहरु

नवीन अभिलाषी वि.सं. ८०९ मा राजा रत्ननाथद्वारा स्थापना गरिएको श्रीसिद्ध रत्ननाथ मन्दिर चौघेरा भौतिक पुर्वाधारले भव्य नभए पनि यसको महत्व, महिमा र ऐतिहासिकता भने निक्कै ठुलो छ । राजा रत्न परीक्षकले तपस्या गरे पश्चात् गोरक्षनाथले दिएको पात्र देवता लिएर विश्व भ्रमण गर्दै भारतको देवी पाटन मन्दिर हुदै चौघेरा आइपुगेपछि उक्त मन्दिरको स्थापना गरिएको इतिहास छ । (more…)...
प्रदेश नं. ५ कै प्रसिद्ध ‘सुनछहारी झरना’ ओझेलमा
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

प्रदेश नं. ५ कै प्रसिद्ध ‘सुनछहारी झरना’ ओझेलमा

शिवु खनाल दाङ, चैत्र २ | प्रदेश नं. ५ कै प्रसिद्ध दाङ देउखुरीको सुनछहारी झरना यतिबेला ओझेलमा पर्दै गएको छ । प्रचारप्रसारको अभावका कारण प्रदेश नं. ५ दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनछहारी झरना ओझेलमा पर्दै आएको हो । प्रदेश नं. ५ कै प्रसिद्ध सुनछहारी झरनालाई यो वर्षको पर्यटन वर्षले छुन सकेको छैन । (more…)...
नायक दिलिप रायमाझी र गायक विक्रमले तताए जखेरा महोत्सव
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

नायक दिलिप रायमाझी र गायक विक्रमले तताए जखेरा महोत्सव

ओमप्रकाश गुप्ता लमही, ११ फागुन । पछिल्लो समय साइलो गितबाट चर्चामा आएका देउखुरी क्षेत्रकै परिचित गायक विक्रम रानाको साइलो गितमा फिल्मी जगतका चक्लेटी नायक दिलिप राइमाझीले नाचेर जखेरा महोत्सव तताएका छन् । (more…)
लमही महोत्सवको समापन
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

लमही महोत्सवको समापन

देउखुरी, फागुन ८ । लमहीमा आयोजित पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औधोगिक महोत्सवको बुधवार एक कार्यक्रमका बिच समापन गरिएको छ । समापन कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले महोत्सवमा जस्तोसुकै बाधाअड्चन आएपनि महोत्सव शानदार ढंगले सम्पन्न भएको छ । उहाँले भन्नुभयो, ‘जस्ले साहास, जोस र जागर गर्छ त्यो सफल हुन्छ । आर्थिक स्थितलाइ समृद्ध गर्नका लागि लमही चेम्बर अफ कमर्स सफल भएको छ ।’ पहिलेको महोत्सवको आम्दानी गुमनाम रहेको थियो भने, अहिलेका महोत्सव सफल भएकोले महोत्सव आयोजकलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको प्रशसा गर्नु भएको थियो । लमही चेम्बर अफ कमर्शका अध्यक्ष अजय न्यौपानेको अध्यक्षता एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथि तथा लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीको विशिष्ट अतिथिमा सम्पन्न समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लिला शाह, पत्रकार राधेश...
प्रदेश एक्स्पोमा बदिया भालेदेखी ढकिया सम्म प्रर्दशनी
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

प्रदेश एक्स्पोमा बदिया भालेदेखी ढकिया सम्म प्रर्दशनी

दाङ, ८ फागुन | यही फागुन १० देखी १२ गते सम्म दाङको बेलझुण्डीमा सञ्चालन हुन लागेको प्रदेश एक्स्पोमा घोराही उपमहानगरपालिकाले विभिन्न तीन दर्जन उत्पादनहरुको प्रर्दशन गर्ने भएको छ । त्यसका लागि उपमहानगरपालिकाले ५० वटा स्टल समेत खरिद गरेको छ । सो स्टल व्यवस्थानका लागि उपमहानगरको कार्यपालिका बैठकले उपप्रमुख सीता सिग्देल न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय समिति समेत गठन गरेको छ । उक्त स्टलहरुमा उपमहानगरका प्रत्येक वडाबाट विबिधिकरण गर्दै स्थानिय उत्पादनलाई प्रर्दशनमा राख्ने निर्णय समेत भएको छ । स्थानियहरुले उत्पादन गरेको बस्तु तथा नगरले प्रोत्साहन एंव लगानी गरेका उत्पादनलाई एक्स्पो राख्ने निर्णय भएको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो । एक्स्पोमा चुलेसी, बदिया, ढकिया, बट्टै, सारङगी, डोको, अल्लो, राडीपाखी, फाईबरका झोला, टमाटर, दुनाटपरि, पिडालु, चिउरी, मह, सिम्ठारो र तिल्की...
लमही महोत्सवमा बाल दोहोरी गायिका कमला घिमिरेलाई हेर्न बच्चा देखि बुढा सम्म
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

लमही महोत्सवमा बाल दोहोरी गायिका कमला घिमिरेलाई हेर्न बच्चा देखि बुढा सम्म

ओमप्रकाश गुप्ता लमही ७ फागुन । चर्चित बाल दोहोरी गायिका कमला घिमिरेले मंगलबार लमही महोत्सवको माहोल तताएकी छिन् । नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालित नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सवमा मंगलबार कमलाले मञ्च तताएकी हुन् । (more…)...
प्रदेश एक्स्पो सफल बनाउनका लागि उपसमितिको बैठक
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

प्रदेश एक्स्पो सफल बनाउनका लागि उपसमितिको बैठक

घोराही, ६ फागुन | फागुन १० गतेदेखि दाङको बेलझुण्डीमा हुने प्रदेश एस्क्पोलाई लक्षित गर्दै गठन भएको झाकी तथा साँस्कृतिक उपसमितिको बैठक सम्पन्न भएको छ । प्रदेश एक्स्पोका सफल बनाउनका लागि उपसमितिको बैठक बसेको हो । प्रदेश सरकारको आयोजनामा फागुन १० गतेदेखि १२ गतेसम्म एक्स्पो हुदै छ । उपसमितिका संयोजक तथा उद्योग पर्यटन तथा बाताबरण मन्त्रालय अन्तर्गत बन ब्यबस्थापन तथा जैबिक बिबिधता महाशाखा प्रमुख बिजयराज सुवेदीको अध्यक्षतामा बैठक बसेको हो । प्रदेश एक्स्पोस्थल बेलझुण्डीमा बैठक बसेको हो । बैठकमा उपसमितिका सदस्य, भ्रमण बर्ष मुल समितिका सदस्य, घोराही र तुलसीपुरका शिक्षा समिति, दाङमा रहेको पर्यटन प्रबद्र्धन समितिका सदस्य, विभिन्न संघसस्थाका प्रतिनीधीको सहभागीतामा बैठक बसेको थियो । बैठकले झाकी तथा साँस्कृतिक उपसमितिको सम्पर्क कार्यालय स्थापना गरी झाकी तथा ¥याली दर्ता गर्ने, परिचय पत्र बनाउने, स...