पर्यटन

गणेशपुर पार्कमा ४० किलो तौलको चितुवा
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

गणेशपुर पार्कमा ४० किलो तौलको चितुवा

तुलसीपुर ५ फागुन | राप्ती शान्ति उद्यानमा दैनिकजसो आन्तरिक पर्यटक बढ्दै गएका छन् । दाङको तुलसीपुर–७ चिडियाखानामा जनावरको संख्या थपिदै जान थालेपछि आन्तरिक पर्यटक बढ्दै गएको पार्कका अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । पार्कमा पछिल्लो समय चितुवा ल्याइएको उहाँले जानकारी दिनुभयो । (more…)
अचम्म लाग्दो ड्वाङपुरको हात्तीढुंगा
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

अचम्म लाग्दो ड्वाङपुरको हात्तीढुंगा

तुलसीपुर बजारदेखि करीब १६ किमी दक्षिणमा छ ड्वाङपुर । त्यो स्थानसम्म पुग्न मोटरबाटो छ गाउँ नजिकै जङ्गल तथा चुरेको फेदमा एउटा अचम्म लाग्दो ढुंगा छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ को ड्वाङपुरमा एउटा ढुंगा छ, माटोको ढिस्को माथिबाट ठुलो ढुंगा वर्षौदेखि अडिएर बसेको छ । जो हात्ती जस्तै देखिने गर्छ । त्यसकारण हात्तीढुङ्गा भनेर स्थानीयबासीहरुले नामा राखेका छन् । (more…)...
लमही महोत्सवमा दुर्गेशले नचाए दर्शकलाई
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

लमही महोत्सवमा दुर्गेशले नचाए दर्शकलाई

ओमप्रकाश गुप्ता लमही, ४ फागुन । चर्चित मोडल तथा गायक दुर्गेश थापाले लमही महोत्सवको आइतबार आफ्नो प्रस्तुती दिएका छन्। नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालित नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सवमा गायक थापाले राष्ट्रवादी गीत उठ विर गोर्खाली कि त वार कि त पार गीत गाउँदै स्टेज उक्लेका गायक थापाले चिसो मौसममा पनि दर्शकलाई नचाएर माहोल तताए। (more…)...
जखेरा तालमा ‘चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव’ संचालन हुने
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

जखेरा तालमा ‘चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव’ संचालन हुने

दाङ, फागुन ४ | आउँदै गरेको महाशिवरात्री पर्वको अवसरमा देउखुरीको धार्मीक एंव पर्यटकीय स्थल जखेरा तालमा चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । जखेरा शिवालय धार्मीक पर्यटन विकाश संस्था प्रतिष्ठानको आयोजनामा ताल तलैया तथा पर्यटकीय स्थलको संरक्षण गरौं, भ्रमण वर्ष २०२० लाई सफल पारौं भन्ने मुल नारा सहित महोत्सवको आयोजना गरिएको हो । (more…)...
लमही महोत्सव हेर्न देउखुरी उर्लियो
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

लमही महोत्सव हेर्न देउखुरी उर्लियो

ओमप्रकाश गुप्ता लमही ३ फागुन । दाङ देउखुरीको लमहीमा सञ्चालित लमही महोत्सव हेर्न शनिवार देउखुरी उर्लिएको छ । नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालित नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सवमा शनिबार बिदा भएका कारण पनि विद्यार्थी देखि सर्वसाधारणहरूको घुइँचो रहेको थियोे । (more…)...
लमही महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा लफडा मच्चियो, प्रहरीद्वारा लाठी चार्ज
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

लमही महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा लफडा मच्चियो, प्रहरीद्वारा लाठी चार्ज

ओमप्रकाश गुप्ता सिसहनियाँ २ फागुन । लमही महोत्सवमा चर्चित गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राखिरहेका बेला महोत्सवमै लफडा मच्चिएको थियो । शुक्रबार गाउँ गाउँबाट बच्चा देखिबुढा सम्म हजारौंको संख्यामा रहेका दर्शकका माझमा एकाएक कुटाकुट हुँदा लफडा मच्चिएको हो। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गर्नु परेको थियो । केही युवाहरूलाई प्रहरीले आफ्नो नियन्त्रणमा समेत लिएको छ । लफडा मच्चिरहेका बेला पनि गायिका ज्योती मगरले भने गित गाउन छोडिनन् । (more…)...
लमही महोत्सवमा राजेश हमाल हेर्न दर्शकको भिड,भोली ज्योती मगर आउने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

लमही महोत्सवमा राजेश हमाल हेर्न दर्शकको भिड,भोली ज्योती मगर आउने

ओमप्रकाश गुप्ता सिसहनियाँ १ फागुन । दाङ देउखुरीको लमही महोत्सवमा बिहीबार नेपाली सिने जगतका महानायक राजेश हमालको बोली सुने सँगै लमहीका दर्शक खुसीले चिच्याएका थिए । फिल्मको पर्दामा देखेका लमहीका दर्शकहरुले बिहीबार लमहीमा प्रत्यक्ष रुपमा राजेश हमाललाई देखेपछि कार्यक्रममा सहभागी सम्पुर्ण दर्शकहरु खुसीले चिच्चाएका हुन् । (more…)...
धारापानी पाण्डवेश्वर धाममा आन्तरिक पर्यटक बढे
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

धारापानी पाण्डवेश्वर धाममा आन्तरिक पर्यटक बढे

दाङ, २५ माघ | नेपाल भ्रमण वर्ष २०२० को शुरुआतसँगै दाङको धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाममा आन्तरिक पर्यटक बढेका छन् । विगतमा धामको भ्रमण तथा तीर्थाटनका लागि दैनिक १ हजारको हाराहारीमा मानिस आउने गरेकोमा हाल १ हजार ५०० देखि २ हजार जनासम्म आउने गरेको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले बताएको छ । (more…)...
नेपालकै दोस्रो लामो पुल हेर्नेको मेला…
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

नेपालकै दोस्रो लामो पुल हेर्नेको मेला…

दाङको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुलमा हुस्सु फाटेपछि पारिलो घाम लाग्छ । घाम लाग्दा नलाग्दै पुलभरी मान्छेहरु भरिन्छन् । कसैले फोटो खिचिरहेका, कसैले टिकटिक बनाईरहेका त कसैले पुलमा बसेर बदाम र सुन्तला छोडाउँदै खाँदै गरेका । दैनिक जसो मेला लाग्ने गरेको त्यो पुलको छेउछाउमा पसल पनि खुलेका छन्, मःमः देखि चाट र पानीपुरीसम्म, जेरी देखि फलफूलसम्म सबै पाईन्छ । (more…)...
प्रमोद खरेलले तताए घोराही महोत्सव
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

प्रमोद खरेलले तताए घोराही महोत्सव

घोराही,२२ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को बाह्रो दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले दर्शकलाई निकै नचाएका छन् । खरेलले आँफूले बजारमा ल्याएका चर्चित गितहरु गाउँदा दर्शकहरु हुटिङ सहित नाचगान गरेका थिए । (more…)...