प्रदेश एक्स्पोमा बदिया भालेदेखी ढकिया सम्म प्रर्दशनी

दाङ, ८ फागुन | यही फागुन १० देखी १२ गते सम्म दाङको बेलझुण्डीमा सञ्चालन हुन लागेको प्रदेश एक्स्पोमा घोराही उपमहानगरपालिकाले विभिन्न तीन दर्जन उत्पादनहरुको प्रर्दशन गर्ने भएको छ । त्यसका लागि उपमहानगरपालिकाले ५० वटा स्टल समेत खरिद गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो स्टल व्यवस्थानका लागि उपमहानगरको कार्यपालिका बैठकले उपप्रमुख सीता सिग्देल न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय समिति समेत गठन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त स्टलहरुमा उपमहानगरका प्रत्येक वडाबाट विबिधिकरण गर्दै स्थानिय उत्पादनलाई प्रर्दशनमा राख्ने निर्णय समेत भएको छ । स्थानियहरुले उत्पादन गरेको बस्तु तथा नगरले प्रोत्साहन एंव लगानी गरेका उत्पादनलाई एक्स्पो राख्ने निर्णय भएको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

एक्स्पोमा चुलेसी, बदिया, ढकिया, बट्टै, सारङगी, डोको, अल्लो, राडीपाखी, फाईबरका झोला, टमाटर, दुनाटपरि, पिडालु, चिउरी, मह, सिम्ठारो र तिल्की चालम लगाएतका उत्पादनलाई उपमहानगरले प्रर्दशनमा राख्ने योजना बनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैविच उद्घाटनका दिन नगर स्तरीय मयुर र बड्का नाँचका साथै वडाबाट समेत झाँकी जुलुस समाबेश गर्ने निर्णय भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *