प्रदेश नं. ५ कै प्रसिद्ध ‘सुनछहारी झरना’ ओझेलमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

दाङ, चैत्र २ | प्रदेश नं. ५ कै प्रसिद्ध दाङ देउखुरीको सुनछहारी झरना यतिबेला ओझेलमा पर्दै गएको छ । प्रचारप्रसारको अभावका कारण प्रदेश नं. ५ दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनछहारी झरना ओझेलमा पर्दै आएको हो । प्रदेश नं. ५ कै प्रसिद्ध सुनछहारी झरनालाई यो वर्षको पर्यटन वर्षले छुन सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पूर्वपश्चिम महेन्द्र राजमार्ग देखि करिब एघार किलोमिटर भित्र गोठुवा, सुनपत्रीखोला र सुनपथरीनाका जानेबाटोको छेवैमा रहेको सुनछहारी झरनाको संरक्षण र प्रर्वद्धनमा सरोकारवालाले चासो नदिदा ओझेलमा पर्दै आएको राजपुर गाउँपालिका वडा नम्बर ७ सुवतत्रीखोला निवासी भिबहादुर बुढा मगरले बताउनुभयो । ‘सुनछहारी झरना सुरूवाती चरण देखिनै जस्ताको त्यस्तै छ । झरनाको संरक्षण र प्रर्वद्धनमा कसैले पनि चासो देखाएका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुनपत्रीखोलाको सापु डाँडा देखि करिब २५ मिटरको उचाइबाट खस्ने सुनछहारी झरना प्रदेश नं. ५ कै प्रसिद्ध झरना हो तर, यतिबेला ओझेलमा रहेको छ ।’ उहाँले भन्नुभयो,–। ‘आज सम्म झरनाको संरक्षणमा कुनै पनि सम्बन्धित निकायको ध्यान दिएका छैनन् । यसको संरक्षण र प्रर्वद्धन गर्न आवश्यक छ ।’ सुनपत्रीखोला गाउँमा खानेपानीको अन्य स्रोत नहुदा सापु डाँडामा मुल जागेर संकलन भैई सुनछहरी झरना पानी पिउदै आएको स्थानिय शिक्षक भागवत चौधरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले भन्नुभयो,–। ‘सुनपत्रीखोला गाउँमा ८६ घरधुरी संख्या रहेको छ । गोठुवा, सुनपत्रीखोला र सुपथरीनाकामा शुद्व पिउने पानिको स्रोत नहुदा सुनछहारी झरनाकै पानि पिउदै आएको छौ ।’ राजपुर गाउँपालिकाले चार लाख बजेटमा सुनछहारी झरनामा पिकनिक स्थलमा प्रतिक्षालयको निर्माण गरेको छ । गत वर्षको गाउँपालिकाको चार लाख बजेटबाट पिकनिक स्थल नजिकै एउटा प्रतिक्षालयको निर्माण गरिएको राजपुर गाउँपालिकाका प्रवक्त श्याम रोकाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,– ‘सुनछहारी झरनाको संरक्षण र विकासको लागि गाउँसभाबाट बजेट निवियोजन गर्ने योजना रहेको छ । झरनाको संरक्षण र विकासको लागि स्थानियहरुसंग छलफल गर्न आवश्यक छ ।’ यस्तै प्रदेश सरकारले गोठुवा, सुनपत्रीखोला र सुनपथरीनाका जोड्ने बाटोमा पक्की नाला सहितको ट्र¥याक खोल्नको लागि एक करोड पचाँस लागि बजेट विनियोजन गरेको छ । जस अन्र्तगत अहिले २२ किलोमिटर बाटोको ट्र¥याक खोल्ने काम भैइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *