लमही महोत्सवको समापन

देउखुरी, फागुन ८ । लमहीमा आयोजित पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औधोगिक महोत्सवको बुधवार एक कार्यक्रमका बिच समापन गरिएको छ । समापन कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले महोत्सवमा जस्तोसुकै बाधाअड्चन आएपनि महोत्सव शानदार ढंगले सम्पन्न भएको छ । उहाँले भन्नुभयो, ‘जस्ले साहास, जोस र जागर गर्छ त्यो सफल हुन्छ । आर्थिक स्थितलाइ समृद्ध गर्नका लागि लमही चेम्बर अफ कमर्स सफल भएको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिलेको महोत्सवको आम्दानी गुमनाम रहेको थियो भने, अहिलेका महोत्सव सफल भएकोले महोत्सव आयोजकलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको प्रशसा गर्नु भएको थियो । लमही चेम्बर अफ कमर्शका अध्यक्ष अजय न्यौपानेको अध्यक्षता एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथि तथा लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीको विशिष्ट अतिथिमा सम्पन्न समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लिला शाह, पत्रकार राधेश्याम गुप्ता, राप्रपा लमही नगर कमिटिका अध्यक्ष गोरखबहादुर केसी, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महरा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाइ सम्मानित गरिएको थियो भने उद्घाटन कार्यक्रममा झाँकी जुलुस ल्याउने प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाइ नगर सहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमलाइ सफल बनाउने पत्रकार, कलाकार तथाअन्य व्यक्तित्वहरुलाइ सम्मानपत्र तथा मायाको चिना प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण लमही चेम्बर अफ कमर्शका महासचिव केशवराज अधिकारीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *