दाङका मठमन्दिरहरुमा चहलपहल सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ साउन। सरकारले कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनका कारण लामो समयसम्म बन्द रहेका दाङका मठमन्दिरहरुमा चहलपहल सुरु भएको छ ।

कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि सरकारले लकडाउन हटाएसँगै धार्मिक स्थलहरुमा चहलपहल बढ्न थालेको हो । लकडाउनका कारण करिब तीन महिना बढी समयसम्म सुनसान रहेका पाण्डवेश्वर महादेव मन्दिर धारापानी, गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरा, अम्बिकेश्वरी मन्दिर अम्बापुर, बाह्रकुने दहलगायतका मठमन्दिरहरुमा चहलपहल बढेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मठ मन्दिरमा बढेको भिडभाडले कोरोनाको जोखिम बढाएको छ । अधिकांशले स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पनि पालना गरेका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *