पर्यटन

घोराहीमा पर्यटन बर्ष सफलपार्न सचिवालय स्थापना
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

घोराहीमा पर्यटन बर्ष सफलपार्न सचिवालय स्थापना

घोराहीमा पर्यटन बर्ष सन् २०२० सफल पार्नको लागि पर्यटन समन्वय सचिवालय स्थापना गरिएको छ । जिल्ला बन कार्यालयले हेर्ने गरि जिल्ला पर्यटन प्रवद्र्धन समितिको सचिवालय स्थापना गरिएको हो । जिल्ला समन्वयको कार्यालयमा स्थापना गरिएको सचिवालयको प्रदेश न ५ का सासद अमरबहादुर डाँगी उद्घाटन गरेका थिए । (more…)
त्रिशिद्धेश्वरी यातायातको ‘दाङ देउखुरी घुम्न जाऔँ’ अभियान तीब्र
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

त्रिशिद्धेश्वरी यातायातको ‘दाङ देउखुरी घुम्न जाऔँ’ अभियान तीब्र

शरद रेग्मी घोराही, २ पुस | भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन र दाङका सम्पदाहरुको प्रचार प्रसारका लागि दाङमा बस व्यवसायीहरुले पहल थालेका छन् । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले दाङका पर्यटकिय सम्पदा सहितको पोष्टर बनाएर बसहरुमा टाँस्न सुरु गरेको छ । दाङ देउखुरी घुम्न जाऔँ भन्ने अभियानको घोराहीबाट सुभारम्भ गरीएको छ । (more…)...
‘भ्रमण वर्ष सफल बनाउन जुट्दै दङ्गाली’
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

‘भ्रमण वर्ष सफल बनाउन जुट्दै दङ्गाली’

शिवु खनाल देउखुरी, पुस १ | भम्रण वर्ष २०२० नजिकदै गर्दा दाङका यातायात व्यवसायिहरु भम्रण वर्ष सफल वनाउन अभियानमा जुट्न थालेका छन् । दाङको सवै भन्दा पूरानो र धेरै यातायातका साधनहरु आवद्ध भएको त्रिदेश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेड दाङले भम्रण वर्ष सफल बनाउनको लागी दाङका तिनवटा क्षेत्रवाट अभिायन थालेको हो । लिमिटेडले लमही, घोराही र तुलसीपुरवाट अभिायन सुरु गरेको प्रालिका अध्यक्ष शुरेश हमालले जानकारी दिनुभयो । (more…)...
भ्रमण वर्ष सफल बनाउन नागरिकलाई सघाउन आग्रह
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

भ्रमण वर्ष सफल बनाउन नागरिकलाई सघाउन आग्रह

दाङ, १ पुस | सरकारले भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सघाउन सरकारले नागरिकलाई आग्रह गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिकको सहयोगले मात्रै भ्रमण बर्ष सफल बनाउन सकिने भन्दै नागरिकलाई साथ दिन आग्रह गरेको हो । (more…)
हिमपात र वर्षासँगै चिसो बढ्यो
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज, स्वास्थ्य

हिमपात र वर्षासँगै चिसो बढ्यो

मङ्सिर २८ गते । देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ । हिमपात र वर्षासँगै चिसो बढेको छ । मुलुकभरिको मौसममा आइतबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि आइतबारदेखि पूर्णरूपमा नै सुधार आउने जानकारी महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार आए पनि मुलुकको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना अझै केही दिन कायम नै रहने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात...
नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु

  मङ्सिर २५ गते । काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरेको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो । उहाँका अनुसार कम्पनीले झण्डै २० जना प्राविधिक जनशक्ति जापानबाट ल्याइसकेको छ भने थप ल्याउनेक्रममा छ । सो आयोजनामा नेपाली र विदेशी दुवै जनशक्ति प्रयोग गर्ने कम्पनीको योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष जनशक्ति नेपाली र जापानी दुवै हुनेछन् ।” प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते सुरुङमार्गको ...
भरतपुर विमानस्थल आजदेखि सुचारु
अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिङ न्युज

भरतपुर विमानस्थल आजदेखि सुचारु

मङसिर २५ गते । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौँ र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।...
भद्राक्षीदेवी मन्दिर देवीकोटबाट नेपाल भ्रमण वर्षलाई स्वागत गरिने
पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार

भद्राक्षीदेवी मन्दिर देवीकोटबाट नेपाल भ्रमण वर्षलाई स्वागत गरिने

ओमप्रकाश गुप्ता सिसहनियाँ २४ मंसिर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई दाङको राप्ती गाउँपालिकाको भद्राक्षीदेवी मन्दिर देवीकोटबाट स्वागत गरेका छन् । सोमवार राप्ती गाउँपालिकाको वडा नम्बर ९ देविकोटमा रहेको धार्मीक तथा पर्यटकीय स्थल भद्राक्षीदेवी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि दाङ जिल्ला समन्वय समिति र राप्ती गाउँपालिकाले आन्तरिक तथा वाहिरी पर्यटकलाई दाङका विभिन्न पर्यटकीय स्थल भ्रमणको लागि आब्हान गरेका छन् । (more…)...
पर्यटन प्रर्वद्धन समितिको बैठक, भ्रमण वर्षको लागि नारा तय
पर्यटन, प्रदेश विषेश, ब्रेकिङ न्युज

पर्यटन प्रर्वद्धन समितिको बैठक, भ्रमण वर्षको लागि नारा तय

दाङ २२ मसिर | नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा गठन भएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिले स्थानीय नारा तय गरेको छ । समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सोमवार बसेको सचिवालयको बैठकले ‘‘पर्यटन विकासको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना״ नारा तय गरेको हो । (more…)...
पर्यटन बर्षभरी २० प्रतिशत छुट दिने
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

पर्यटन बर्षभरी २० प्रतिशत छुट दिने

दाङ, १९ मंसिर । होटल ब्यबसायी महासंघ प्रदेश नम्बर ५ ले पर्यटन बर्ष २०२० मा पर्यटकका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको छ । दाङको घोराहीमा सम्पन्न महासंघको बिस्तारित बैठकले बास बस्नका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो । नेपाल सरकारले २० लाख पर्यटक ल्याउने उद्देश्यसहित सन् २०२० लाई भ्रमण बर्ष लक्षित कार्यक्रम गर्दै आएको भन्दै होटल ब्यबसायी महासंघको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । (more…)...