पर्यटन बर्षभरी २० प्रतिशत छुट दिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ मंसिर । होटल ब्यबसायी महासंघ प्रदेश नम्बर ५ ले पर्यटन बर्ष २०२० मा पर्यटकका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको छ । दाङको घोराहीमा सम्पन्न महासंघको बिस्तारित बैठकले बास बस्नका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो । नेपाल सरकारले २० लाख पर्यटक ल्याउने उद्देश्यसहित सन् २०२० लाई भ्रमण बर्ष लक्षित कार्यक्रम गर्दै आएको भन्दै होटल ब्यबसायी महासंघको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङको धार्मिक तथा पर्यटकीयस्थल पाण्डबेश्वर मन्दिर परिसरमा सम्पन्न बैठकले सबै जिल्ला शाखाहरुलाई २० प्रतिशत छुट दिन निर्देशन समेत दिएको अध्यक्ष भास्कर काफ्लेले जानकारी दिनुभएको छ । यस्तै पर्यटन बर्ष २०२० लाई सफल पार्नका लागि विभिन्न जिल्लामा पुगेर कार्यक्रम गर्ने, महासंघका तर्फबाट विभिन्न उपसमिति समेत गठन गरेको अध्यक्ष काफ्लेले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सबै ब्यबसायीलाई सरसफाई ध्यान दिन आग्रह गर्दै बैठकले पर्यटन बर्षलाई सफल बनाउनका लागि पाहुनालाई स्वागत सत्कारमा बिशेष ध्यान दिन पनि आग्रह गरिएको छ । अध्यक्ष काफ्लेको अध्यक्षतामा बसेको बैठकमा महासंघका सस्थापक अध्यक्ष माधब नेपालले पर्यटकको मन जितेर आम्दानी गर्न ब्यबसायीलाई आग्रह गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *