घोराहीमा थारु लोक गीत संग्रहको लोकार्पण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ असोज । थारु लोक सर्जक बेझलाल चौधरीले सङ्कलन गर्नुभएका थारु लोक गीत संग्रह भाग १ को लोकार्पण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिकले प्रकाशन गरेको थारु लोक गीत संग्रहको बुधवार घोराहीमा कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । संग्रहको घोराही उपमहानगरपालिकाका उपप्रमुख एवं प्रमुख अतिथि हुमाकुमारी डिसी, लोक संस्कृतिविद् डा गोविन्द आचार्य, गीत संकलक बेझलाल चौधरी, नेपाल संस्कृत विश्वविद्यालयका निर्देशक प्राध्यापक जर्मन चौधरीलले सामुहिक रुपमा थारु लोक गीत संग्रहको लोकार्पण गर्नुभएको थियो ।

थारुहरुको विवाह, पर्व, रितिथितिजस्ता गतिविधिलाई गीतमा उतारिएको छ । जम्मा ४७ वटा समेटिएको संग्रहमा २४ वटा विवाहसम्बन्धी छन भने १३ वटा मघौटा सम्वन्धी र अरु बाँकी विविध संस्कार, सँस्कृति झल्किने गीतहरु रहेको समीक्षक तथा नेपाल संस्कृत विश्वविद्यालयका निर्देशक प्राध्यापक जर्मन चौधरीले जानकारी दिनुभयो । उहाँले थारु लोक गीत संग्रह थारु समुदायमा हराउँदै गएका संस्कार, सँस्कृतिहरुलाई गीतमा उजागर गरिएको बताउनुभयो । ‘मुल त यो संग्रहले गीतमार्फत थारु संस्कार, सँस्कृति, परम्परा, रिती र कामकाजको विषय उजगार गर्ने काम गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो महत्वपूर्ण काम भएको छ’ चौधरीले भन्नुभयो–‘ यसले थारु कला, सँस्कृति, परम्परालाई पुस्तान्तरण गर्ने ठूलो काम गर्नेछ ।’ अहिलेसम्म पूर्खाहरुले मौखिकरुपमा संरक्षण गरिदिएको कला, सँस्कृतिलाई नयाँ पुस्ताले लिपिवद्ध गर्नु पर्ने भन्दै लौव अग्रासनले पुस्तक प्रकाशन गरेर गुण लगाएको बताउनुभयो । सो अवसरमा पुस्तकको समीक्षा गर्दै डा गोविन्द आचार्यले थारु समुदायका कला, सँस्कृति अथाहा भएपनि यो हराउने अवस्थामा पुगेको भन्दै पुस्तकले केहीमात्रामा संरक्षणको काम गरेको बताउनुभयो । ‘संसारमा उस्तै नाक, उस्तै कान र मुख भएका मान्छेहरु धेरै छन ।

उनीहरु मरे पनि उस्तै मान्छे फेरि जन्मिन्छन‘ लोक सँस्कृतिवीच डा आचार्यले भन्नुभयो– तर समुदायका कला, सँस्कृति, परम्परा म¥यो भने फेरि जन्मिदैनन् । थारु कला, सँस्कृति मर्ने अवस्थामा पुगेका छन् । यिनको संरक्षण जरुरी छ ।’ उहाँले थारु समुदायका ज्येष्ठ नागरिकसँग भएका कला, सँस्कृति नयाँ पुस्तामा हस्तान्तरण नहुने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो । लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना दिदै वक्ताहरुले थारु समुदायका लोक सँस्कृतिलाई पुस्तान्तरण गर्न जरुरी रहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुले पुस्तक, भिडियो, अडियोमार्फत यस्ता कला, सँस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । कार्यक्रममा थारु कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण लौव अग्रासन साप्ताहिकका प्रकाशक सन्तोष दहितले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad