सर्वोदय पुस्तकालय घोराहीको पाँचौ अधिवेशन सम्पन्न

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ बैशाख । सर्वोेदय पुस्तकालय तथा वाचनालय घोराही दाङको पाँचौ अधिवेशन तथा मुखपत्र (सर्वोदय) विमोचन कार्यक्रम दाङको घोराहीमा सपन्न भएको छ ।

वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले पुस्कालय स्थापना गर्दा राणाकालमा पाएको दुःखको स्मरण गरेका थिए । “पञ्चायत कालमा काम गर्न गाह्रो भएको थियोे । पुस्तक चोरी भएका थिए, मान्छेलाई जेलनेल गरिन्थ्यो । त्यो कुराको सोधखोज हुनुपर्छ”–उनले भने । सर्वोदय पुस्तकालयले धरै नागरिक उत्पादन गरेको बताए । पूर्वजले स्थापना गरेका समाजिक सस्थाहरुलाई सबैले अपनत्व दिनुपर्नेमा जोड दिए । पुस्तकालय स्थापना देखि अहिलेसम्म धेरै पुस्तकहरु संग्रह गरिएकोमा खुशी व्यक्त गरे । २०१० सालदेखि २०१८ सालसम्मको समय निकै मार्ग दर्शक भएको स्मरण गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पुस्तकालयका पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार पुरुषोत्तम खनालले विभिन्न उतारचढावबाट शनिबार पुस्तकालय राम्रो अबस्थामा आएको बताए । पुस्तकालय स्थापनाका समयमा अनुसूची अनुसार पुस्तक नपुग्दा आफ्नो घरबाट पुस्तक ल्यायर पुर्याएको स्मरण गरे । पुस्तकालयलाई अगाडि बढाउन कृयाशिल रहेका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिए ।

पुस्तकालय संचालन समितिका सल्लाहकार उत्तमकृष्ण मजगैयाले पुस्तकालयले राम्रो काम गरेकोमा खुशी ब्यक्त गरे । सो पुस्तकालयमा साहित्य र विभिन्न भाषाको अध्ययन गर्न सकिने भएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती साहित्य परिषदका अध्यक्ष डा. टीकाराम उदासीले पत्रिका प्रकाशन आफैंमा फलामको च्युरा चपाउनु सरह छ । सर्वोदयले प्रकाशित गरेको मुख पत्रको निरन्तरता दिन आग्रह गरे । सार्बजनिक पुस्तकालयलाई सरकारको पनि चासोको विषय बन्नुपर्ने उनको धारणा थियो । राप्ती साहित्य परिषदका अध्यक्ष एम रेग्मीले सर्वोदय पुस्तकालयले सबैलाई पढ्नुपर्छ भन्न्ो चेतना प्रदान गरेको बताए । पत्रकार महासघ दाङका अध्यक्ष दुर्गालाल केसीले पठन सस्कृतीको विकासका लागि सर्वोदयले सकारात्मक भुमिका खेलेको बताए । घोराही उपमहानगरपालिका वडा –१८ का अध्यक्ष भरतमणी अर्यालले सर्वोदय पुस्तकालय तथा वाचनालयमा कुनैपनि राजनीतिक दलको आँखा नलागेको बताए ।

सो अवसरमा प्रगतिशिल लेखक संघका कोषाध्यक्ष चन्द्रबहादुर थापा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, नेपाली काङ्ग्रेस दाङका उपसभापति कमानसिह भारती, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, सर्वोदय बाल क्लवका सल्लाहकार नवीन श्रेष्ठ, सिद्धार्थ टोल विकासका अध्यक्ष चित्रकान्त आचार्य, नेकपाका सीता बिक (सम्झना) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सचिवको प्रतिबेदन सुदिप गौतम र कोषाध्यक्षको प्रतिवेदन नुमानन्द आचार्यले प्रस्तुत गरेका प्रतिवेदन बन्दसत्रले पारित गरेको थियोे । कार्यक्रममा सुशील गौतम, वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्त, सचिव सुदिप गौतमले गरेका थिए । २०१० सालमा स्थापना भएको पुस्तकालय दाङको सबैभन्दा जेठो पुस्तकालय हो ।

उत्कृष्ट तीन जना पाठकलाई सम्मान

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थापना दिवसका अवसरमा उत्कृष्ट तीन जना पाठकलाई संमान गरेको छ । पुस्तकालयमा नियमित उपस्थिति भइ पुस्तक अध्ययन गर्ने विकास लम्साल , मन्जु पुन र हरीप्रसाद बिक लाई सम्मान तथा पुरस्कार बितरण गरिएको छ ।

नयाँ कार्यसमिति चयन

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाँचौ अधिवेशनले सुशील गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रराज पन्त, सचीव सुशिला आचार्य, सहसचिव हरि पौडेल, कोषाध्यक्ष नुमानन्द आचार्य, चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा पद्मप्रसाद शर्मा, हरिप्रसाद पाण्डेय, शारदा शर्मा, दधिराम खनाल, लक्ष्मी आचार्य, तुल्सीराम राना चयन भएका छन् ।