साहित्य/कला

राप्ती साहित्य परिषद दाङ शाखाद्वारा नयाँ वर्ष शुभकामना आदान-प्रदान
साहित्य/कला

राप्ती साहित्य परिषद दाङ शाखाद्वारा नयाँ वर्ष शुभकामना आदान-प्रदान

दाङ, १ बैशाख । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङले आयोजना गर्दै आएको नियमित कृति समीक्षा अन्तरगत १९१औँ कृति समीक्षा तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । परिषद जिल्ला शाखा दाङका नव निर्वाचित अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यमा परिषदको सभाहलमा सम्पन्न भएको हो । सो अवसरमा साहित्यकार कुलबहादुर वलीद्वारा लिखित कविता संग्रह राष्ट्रियता जागरणको समीक्षा गरिएको छ । कवि वलीको कविता संग्रहको समीक्षा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीले गर्नुभएको थियो । कविता परिस्कारवादीसँगै लोक चेतनालाई उजागर गर्ने खालको रहेको बताउँदै समीक्षक डा. उदासीले कविताले देश र माटोलाई सरल र सरस रुपमा उजागर गरेको बताउनुभयो । देश र राष्ट्रियतालाई मुल धारमा राखेर रचित कविता संग्रहले नेपाल र नेपालीपन बोलेको हुँदा यो...
दाङ साहित्य प्रतिष्ठानको २४ औं साधारणसभा सम्पन्न
साहित्य/कला

दाङ साहित्य प्रतिष्ठानको २४ औं साधारणसभा सम्पन्न

दाङ, २४ चैत्र । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको २४ औं साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष शेषमनि रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव डिल्लीराज रेग्मीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानले रेडियो प्रकृतिकी प्रेमकुमारी मगर र नयाँ युगवोधमा कार्यरत एकराज भण्डारीसहित विभिन्न विधाका २० जना व्यक्तिहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । त्यसैगरी सामाजिक तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शंकर दिवस मज्गैया र देवराज आचार्यलाई सम्मान गरेको थियो भने गत वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने तुलसीपुरका ३ जना विद्यार्थी...
कथा : डि.भी.
साहित्य/कला

कथा : डि.भी.

दीपक जीएम ‘आर्जव’ कहिले काही नसोचेको पनि हुँदोरहेछ । सुन्दा बिस्वास लाग्दैन । तर, पनि हामीसँग बिकल्प पनि त छैन र अपत्यार लाग्दा घटनाहरु जसलाई हामी सहर्ष स्विकार्दैनौं र बिस्वास पनि गर्दैनौ । फेरि पनि ती परिचित भएर पनि अपरिचितझैं हाम्रो वरिपरि मडारिरहेको हुन्छ । तर, हामी न थाहा पाए झैं गर्छौं । शायद हामीभित्र एउटा डरले बास गरेको हुन्छ त्यसैले होला जुध्न गाह्रो महसुस गर्छौं हामी र म आज तपाईहरु माझ एउटा यस्तै सानो कथा लिएर अएको छु, जसलाई पढेर तपाईहरुलाई बिस्वास नलाग्ला । तर, यो कथा भित्र को घटना भने सत्य हो र म यसलाई बिस्तृत रूपले तपाईहरु माझ पस्किदै छु । तीन जना साथीहरु जो की अतिनै मिल्ने गर्दथे । उनीहरू एक आपसमा धेरै नै घनिष्ट थिए भने एक अर्का विना सायद् नै उनीहरू आफूमा अपुरो ठान्दथे साथै एकछिन पनि उनीहरू छुटिदैनथे । बमे, घले अनि गोर्खे अति नै मिजासिला थिए र गाउँको हरियाली छ...
कथा : अप्रेल फूल
साहित्य/कला

कथा : अप्रेल फूल

दीपक जी.एम.''आर्जव '' बिहानै चराहरुको सुमधुर आवाजले म ब्युझिए । नुहाइधुवाइ गरेर नास्ता खाए अनि पसलको चाबी बोकी म पसल तिर लागे । सधै झै म आज पनि पसल पुगे तर अरु दिन भन्दा आज वजार अलिक सुनसान थियो । मैले पसल खोल्दै नजिकैमा रहेको होटलमा चिया पिउन पुगे, बिहानीको चिसो सिरेटोमा चियाको चुस्की लगाउँदै पत्रिका पढ्न थाले । चिया भ्याएर म पुन: पसलमा पुगे अनि सरसफाई गर्न थाले । सरसफाई गर्ने क्रममा एक्कासी फोनको घण्टीले म झसँग भए, फोन उठाउँदै मैले हेलो भने अनि उता बाट पनि हेलो को आवाज आयो तर कसको भनेर मैले ठम्याउन सकिन अनि मैले कसलाई खोज्नु भएको भनी प्रश्न गरे । जवाफमा '' मलाई चिनेनौ म कल्पना हो ...तिम्रो कॉलेजको साथी ''.. ए ए सोरी मैले कस्तो ठम्याउनै पाएन '' अ भन कल्पना के कति काम ले आज एकबिहानै सम्झियौ ? '' अलिक रीसाएको झै गर्दै अब तिमी सँग कुरा गर्न काम नै हुनु पर्छ हो '' हस्दै मैले भने ...
फेरी भेटौंला भन्दै बैज्ञानिक डाक्टर पुनलाई लमहीबाट बिदाइ
साहित्य/कला

फेरी भेटौंला भन्दै बैज्ञानिक डाक्टर पुनलाई लमहीबाट बिदाइ

प्रिया स्मृती गजमेर, लमही, ४ चैत । नेपालका बैज्ञानिक डाक्टर महावीर पुनलाई फेरी भेट्ने बाचा सहित लमहीबाट बिदाइ गरिएको छ । तीन दिन अगाडी दाङको लमही आइपुगेका बैज्ञानिक डाक्टर पुनले लमहीमा रहेर आफुले लेखेको पुस्तक विक्री गरेका थिए । उहाँलाई पुस्तक विक्री गर्न सहज होस् भनेर देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी सहितका पदाधिकारीले सहजीकरण गर्नु भएको थियो । बिदाइका क्रममा बैज्ञानिक पुनले सबैको सहयोगले मात्र आफुले चालेको महाअभियान सफल हुने विश्वास व्यक्त गर्नु भएको छ । मैले निस्वार्थ रुपमा युवालाई देशमै रोकेर देशमै रोजगारीको वातावरण सिर्जना गर्नु पर्छ भन्ने हो, यो अभियान मेरो मात्र हैन सबै नेपालीको हो’– उहाँले भन्नु भयो । चार दिनको लमही बसाईमा लमही र गढवा क्षेत्रका संघ संस्थाहरुले बैज्ञानिक डाक्टर पुनलाई ठुलो सहयोग गरेको अध्यक्ष ठकुरीको भनाई छ । लमही राजपुर र गढव...
आफ्नो आत्मकथा बिक्री गर्न गढवामा डा.महावीर पुन
साहित्य/कला

आफ्नो आत्मकथा बिक्री गर्न गढवामा डा.महावीर पुन

दाङ, ३ चैत्र । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न शनिवार दाङ देउखुरीको गढवा गाउँपालिकामा पुगेका छन् । कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन शनिवार गढवा हुँदै जखेरा तालपछि पूर्व लागेका छन् । गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा वनभोज कार्यक्रममा सहभागी हुन डाक्टर पुन गढवा गएका थिए । कार्यक्रममा जाने समयलाई सदुपयोग गर्दै डाक्टर पुनले करिव एक घण्टा गढवा बजारको मुख्य चोकमा किताव बिक्री गरे । गढवाको मुख्य चोकमा खुट्टामा चप्पल र साथमा केही थान किताब सहित डाक्टर पुन सामान्य पहिरनमा उभिए । पुनलाई देख्न, किताब किन्न र तस्वीर खिच्न निक्कै भिड लागेको थियो । छोटो समयमा ५२ वटा किताव बिक्री भएको डाक्टर पुनले बताए । किताव बिक्री स्थानमा सहभागीह...
घोराहीमा महावीरले बेचे साढे ६ लाखको पुस्तक
साहित्य/कला

घोराहीमा महावीरले बेचे साढे ६ लाखको पुस्तक

दाङ, ३० फागुन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङमा छन्। कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन आइतबार साँझै घोराही आइपुगेका थिए। सोमबार उनले घोराही बजारका विभिन्न चोक पुगेर किताब बेचेका थिए। मंगलबार पनि घोराहीको तुलसीपुर चोकमा खुट्टामा चप्पल र साथमा केही थान किताब सहित पुन सामान्य पहिरनमा उभिएका थिए। उनलाई केही व्यक्तिले घेरेका थिए। उनीहरू किताब किन्न र पुनसँग तस्वीर खिच्न तँछाडमछाड गर्दै थिए। “तुलसीपुरमा तीन दिन बसेर ९५० थान पुस्तक बिक्री गरें,” पुनले भने, “तर घोराहीमा आउँदा एकैदिन ८०० भन्दा बढी पुस्तक बिक्री भयो।” मंगलबार बिहान मात्र ४०० भन्‍दा बढी पुस्तक बिक्री भएको पुनले जानकारी दिए। पुस्तक बिक्रीका लागि सहजीकरण गरि...
दाङ आएर किताब बेच्दै महावीर पुन
साहित्य/कला

दाङ आएर किताब बेच्दै महावीर पुन

दाङ, २५ फागुन । राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक नेपाली वैज्ञानिक महाबिर पुन किताब बेच्न दाङ आइपुग्नुभएको छ । आविष्कार केन्द्रका लागि आवश्यक रकम जुटाउन पुन किताब बेच्दै दाङको तुलसीपुरमा आइपुग्नुभएको हो । पुनले आफ्नै जीवनका भोगाईबारेको अनुभव किताबमा समेट्नुभएको छ । किताब पढीसकेसपछि सकारात्मक उर्जा मिल्ने उहाँले बताउनुभयो । आविष्कार केन्द्रका लागि ठुलो लगानी आवश्यक परेकोले किताब बिक्रि गरेर थोरै भएपनि रकम जुटाउने अभियानमा लागेको उहाँले बताउनुभयो । ‘नेपालको कुल जनसंख्याको १ प्रतिशत नागरिकलेमात्रै किताब किनेपछि मलाई पर्याप्त नभएपनि केहि रकम अवश्य जुट्छ ।’ उहाँले भन्नुभयो-‘तत्कालै रकम आवश्यक भएकोले किताब बिक्रिको अभियान थालेको छु ।’ उहाँले किताब बिक्रिको जिम्मा अरुलाई दिँदा रकम तत्काल नआउने भएकोले पनि आफै देशव्यापी घुम्ने र किताब बिक्रि गर्ने अभियानमा लागेको बताउनुभयो । बिरगञ्...
राष्ट्रिय गीतका रचनाकार ‘ब्याकुल माइला’ दाङ आउँदै
साहित्य/कला

राष्ट्रिय गीतका रचनाकार ‘ब्याकुल माइला’ दाङ आउँदै

दाङ, १५ माघ । राष्ट्रिय गीतका रचनाकार ‘ब्याकुल माइला’ दाङ आउने भएका छन् । दाङको तुलसीपुरमा रहेको लक्ष्य एकाडेमीले वार्षिकोत्सकाे अवसरमा रचनाकार माइला दाङ आउन थालेका हुन् । पत्रकारसँगको भेटमा वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीतका रचयिता ब्याकुल माइलालाई प्रमुख वक्ताको रुपमा आउन लागेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले जानकारी दिए । वार्षिकोत्सवका अवसरमा शैक्षिक तथा सांस्कृतिक प्रस्तुति रहने समेत उनले जानकारी दिए । साथै उनले राष्ट्रिय गीतका रचिएतालाई दाङमा स्वागत गर्नुको मुख्य उद्देश्य मुलुकको ध्यान दाङमा गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने रहेको बताए । त्यस्तै उनले भोलि मंगलबार तुलसीपुर ६ स्थित ड्रिम्स व्यंग्याकुइट्मा कार्यक्रम हुने जानकारी समेत दिए । रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय निजी ...
घोराहीमा बालकविता प्रतियोगिता, गोरखाका देवकोटा प्रथम
साहित्य/कला

घोराहीमा बालकविता प्रतियोगिता, गोरखाका देवकोटा प्रथम

दाङ, १२ माघ । घोराहीमा बाल कविता प्रतियोगिता भएको छ । नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता घोराही क्षेत्रअन्तर्गत शुक्रवार ज्ञानसिन्धु माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो । राती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा भएको प्रतियोगितामा घोराहही क्षेत्रका ११ विद्यालयका ३० जना विद्यार्थीको सहभागीता रहेको थियो । प्रतियोगितामा गोरखा माध्यमिक विद्यालय घोराहीका आयुष देवकोटा प्रथम, दीपशिखा माध्यमिक विद्यालयका रिजुश्री शाक्य द्वितीय, नेपाल पुलिस स्कुलका मेधावी बिसी तृतीय, माउन्टभ्यु आवासिय माध्यमिक विद्यालयका सुकृती सुवेदी सान्त्वना भएका छन् । बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा भएको कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको प्रमुख अतिथ्यता तथा ज्ञानसिन्धु...