तिमी आऊ बुद्ध !

आऊ बुद्ध तिमी, जगाऊ निदाएकाहरूलाई ।

Blog Post Ad

भौतिक सुःखमा, लोभिएका नेपालीहरूलाई ।।

Blog Post Ad

शान्ति सन्देश देऊ, प्रेम सर्वत्र फैलाऊ ।
ज्ञानमार्ग बताई, नेपालीजनको दुःख हटाऊ ।।

एसियाको ज्योति बनेर, तिमी आयौं ।
संसारमा सत्य के हो, सबैलाई अथ्र्यायौं ।।
अप्प दियो भव, तिमीले सिकायौं ।
मान्छेलाई मानव बन्न, चेतना जगायौं ।।

बुद्ध तिमी दलहरूमा आऊ, तिनलाई जगाऊ ।
भौतिक सुःख छोटो छ, सबैमा बुझाऊ ।।
बुद्ध तिम्रो खाँचो छ यहाँ, शीघ्र आऊ ।
दुःख हटाउन सन्देश, सबैमा फैलाऊ ।।

तिमी आयौं जुनबेला, सत्ययुग यहाँ थियो ।
तिमी अस्तायौं जब, तिम्रो आगमन खड्किरह्यो ।।
तिमी विज्ञान हौ, तिमी सत्य हौं विशाल ।
शान्ति, सत्‌मार्ग, अहिंसा, दिगो चिर काल ।।

क्षमा, दान, सत्वचन, तिम्रा अचूक मन्त्रमा ।
लुम्बिनी शून्य छ आज, तिम्रो अभावमा ।।
युवा, बालक, नयाँ पुस्ता, बाटो बिराएको छ ।
मात्र तिम्रो पर्खाइमा, देश रोइरहेछ ।।

घरमा आऊ, मनमा आऊ, बिहारमा आउ।
क्षमा, करुणा, दान, अहिंसा सबैमा जगाउ ।।
बुद्ध तिमी, हावा, पानी, घाम बनेर आऊ ।
निदाएका, बेहोस अबुझ सबैलाई जगाउ ।