विचार

प्रदेशभर सिँचाइ सुविधा र विद्युतीकरण गर्ने हाम्रो प्राथमिकता (अन्तर्वाता)
र्वार्ता, विचार

प्रदेशभर सिँचाइ सुविधा र विद्युतीकरण गर्ने हाम्रो प्राथमिकता (अन्तर्वाता)

प्रदेशभर सिँचाइ सुविधा र विद्युतीकरण गर्ने हाम्रो प्राथमिकता सीता चौधरी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरी लुम्बिनी प्रदेशमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन बढाउने सरकारको लक्ष्य रहेको बताउनुहुन्छ । अहिले पनि प्रदेशका विकट क्षेत्रहरूमा विद्युतीकरण नपुगेको उल्लेख गर्दै प्रदेश सरकारले वैकल्पिक ऊर्जाको माध्यमबाट भए पनि ती स्थानमा विद्युतीकरण गरिने बताउनुभयो । प्रदेश सरकार र उहाँको राजनीतिक जीवनका विभिन्न विषयमा केन्द्रित रहेर पत्रकार पाण्डव शर्माले मन्त्री चौधरीसँग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ । तपाईं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुनुभएको तीन महिना पूरा भएको छ । कस्तो अनुभूति गर्नुभएको छ ? जनताको काम गर्न पाउँदा मलाई खुसी लागेको छ । हुन त म राजनीतिकर्मी भएकाले हिजो पनि जनताको साथमा थिएँ । ...
प्रतियोगिताले हामीलाई उत्साहित बनाएको छ : प्रमुख प्रशिक्षक थापा
र्वार्ता, विचार

प्रतियोगिताले हामीलाई उत्साहित बनाएको छ : प्रमुख प्रशिक्षक थापा

घोराहीमा भर्खरै प्रथम गोरखा नगर इन्टर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सकिएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोरखा स्कुल हाप्किडो डोजाङको आयोजनामा कात्तिक ३० र मंसिर १ गते घोराही उपमहानगरपालिका–१४ स्थित गोर्खा इन्टरनेसनल पब्लिक स्कुलमा प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सञ्चालनका क्रममा कसरी व्यवस्थापन गर्नुभयो र आगामी योजनाहरु के बनाउनुभएको भन्ने विषयमा प्रतियोगिताका संयोजक तथा गोरखा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापासँग गरिएको कुराकानीको सार सङ्क्षेप । प्रतियोगितालाई सफल बनाउनुभयो, कस्तो अनुभव गर्नुभयो ? यस प्रतियोगितामा मेरो भूमिका मुख्य रूपमा समंयोजकको रूपमा थियो। म सम्पूर्ण टोलीलाई समन्वय गर्न, तालिका व्यवस्थापन गर्न, र सहभागीहरूको दर्ता प्रक्रिया सुनिश्चित गर्न जिम्मेवार थि...
कुशेऔँसी बाबुको मुख हेर्ने पर्व र हरितालिका तिज
विचार

कुशेऔँसी बाबुको मुख हेर्ने पर्व र हरितालिका तिज

नारायणप्रसाद श्रेष्ठ हिन्दु संस्कारभित्रको चाडपर्व र चाडपर्वभित्रका मौलिक संस्कृतिमा स्थापित मानवीय चरित्र बनेर प्रत्येक वर्ष आउने कुशे औंसी (बाबुको मुख हेर्ने पर्व) तथा हरितालिका तिज पर्व अब केही दिनपछि हाम्रो घरआँगनमा भित्रिँदै छ । श्रद्धा र विश्वास जगाउँदै मानसम्मान र अनुशासनलाई जीवनको अभिन्न अंग बनाउँदै आउने यी पर्वहरुले मानवीय जीवनमा नौलो अभ्यास सिकाउँदै जानेछन् । आचरण र व्यवहारलाई परिस्कृत गर्दै सामाजिक सद्भाव बढाउने यो पर्वले हामीलाई नयाँ उर्जा दिनेछ । भगवान् विष्णुको रुपमा स्वीकारी प्रचलनमा आएको यसको महिमा अपरम्पार छ । हिन्दु संस्कृति अनुसार कुनै पनि कार्य गर्दा जन्मदेखि मृत्यु प्रर्यन्त यसको आवश्यकता पर्ने र यसको महत्व हिन्दु संस्कृतिमा भएका पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार छुट्टै मान्यता प्राप्त भएको अवस्था छ । जालान्धरको पतिब्रता धर्मपत्नी वृन्दाको सराप मोक्ष गर्न विष्...
युवाको नेतृत्व र व्यक्तित्व विकास प्राथमिकता : अध्यक्ष जुनकुमारी बुढा [अन्तर्वार्ता]
र्वार्ता, विचार

युवाको नेतृत्व र व्यक्तित्व विकास प्राथमिकता : अध्यक्ष जुनकुमारी बुढा [अन्तर्वार्ता]

दाङ, ५ भदौ । दाङ महिला जेसीज १८ वर्षदेखि ४० बर्षमुनि उमेर समूहका महिलाको सस्था हो । महिलाको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्दै आएको सस्थाको अहिले नेतृत्वमा जेसी जुनकुमारी बुढा रहेकी छिन् । सन २०१७ देखि दाङ महिला जेसीजमा आवद्ध भएर जेसीजको सदस्य, सहसचिव तालिम निर्देशक, उपाध्यक्ष, जन सम्पर्क अधिकृत, कार्यकारी उपाध्यक्ष हुँदै सन् २०२४ को अध्यक्षमा निर्वाचित भएकी थिइन् । दाङ महिलाको नेतृत्वमा रहेको बेला युवा महिलाको नेतृत्व र व्यक्तित्व विकाससँगै विभिन्न सामाजिक कार्यहरू गर्दै आउनुभएको छ । जसअन्तर्गत अहिले दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समेत चलिरहेको  सन्दर्भमा अध्यक्ष जुनुकुमारी बुढासँग पत्रकार लीलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप ।  जेसीज भनेको हो, यसले के कस्ता कामहरू गर्ने गर्दछ ?  जेसीज १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाको संस्था हो । जेसीजको मुख्य केन...
मार्ग परिवर्तन गर्न खोजेको अखिल : नेतृत्व गर्दै दङ्गाली
विचार

मार्ग परिवर्तन गर्न खोजेको अखिल : नेतृत्व गर्दै दङ्गाली

दाङ्ग, २ भदौ । नेपालको इतिहासमा भएका गौरवपूर्ण क्रान्ति तथा बिद्रोहलाई हेर्दा त्यसलाई सफल बनाउने तत्वहरुमध्य विद्यार्थी आन्दोलन एक महत्त्वपूर्ण र अनिवार्य तत्वको रुपमा आउँछ । चाय त्यो २००७ सालमा भएको निरङ्कुश राणा शासन विरुद्ध प्रजातन्त्र प्राप्तिको निम्ति भएको जन बिद्रोह होस या २०४६ सालमा भएको पञ्चयती व्यवस्थाको विरुद्द जन आन्दोलन तथा २०६२/६३ भएको राजतन्त्र विरुद्धको आन्दोलन सबैमा कयौ विद्यार्थीहरुले ज्यान गुमाए , कतिले जेल जीवन बिताउनु पर्यो तर पनि अन्त्यमा सफल भएकै इतिहास साची छ । त्यो समय विद्यार्थीहरु आफ्नो आन्दोलन सफल बनाउन सडक आन्दोलन , चक्काजाम , मसाल जुलुस , तालाबन्दी जस्ता उपाय अपनाएर विद्यार्थीहरुको साथमा सदैब आफ्नो आवज बुलन्द गर्ने गर्दथे । वर्तमान समयमा हामिलाइ यस्ता कार्य अनैतिक लाग्न सक्छ तर त्यस समयमा अहिलेको जस्तो मुलुक सङघिय लोकतान्त्रिक गणतन्त्रात्मक थिएन । त्यस ...
नेवार र साःपारु (गाइजात्रा)
विचार

नेवार र साःपारु (गाइजात्रा)

नारायणप्रसाद श्रेष्ठ २०८१ सालमा आउँदै गरेको रक्षाबन्धन (जनै पूर्णिमा), क्वाटी पूर्णिमाको अवसरमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना । रक्षाबन्धनदेखि सुरु हुने नेवारी संस्कृतिभित्रको साःपारु जात्रा कतै पूर्णिमादेखि कहीँ त्यसको भोलिपल्ट प्रर्दशन गर्ने प्रचलन रहेको छ । यसै सन्दर्भमा आज हामी नेवार समुदाय र साःपारु गाइजात्राबिच के कस्तो सम्बन्ध छ र यसले समाज र राष्ट्रमा के कस्तो सकारात्मक चिन्तन ल्याउन सक्छ । यसबारे सामान्य जानकारी गराउने जमर्को गर्दैछौँ । सृष्टिको इतिहाससँगै अघि बढेको इतिहासको पाना पल्टाउने हो भने प्रकृतिको धरोहरलाई उर्वरा बनाइ बाच र बाच्न देउको सिद्धान्त बोकी सभ्यताको आदिकालदेखि मानिसहरु झुण्डमा बस्दै आएको पाइन्छ । आफू र आफ्नो परिवारको सुरक्षा खोज्दै समुदायले जल, जमिन, जंगल, खोला, किनारा र उर्वराभूमि तथा चरिचरणलाई नजर अन्दाज गरेर बासस्थान गराई जिविकोपार...
यस्तो छ तुलसीपुर उबासंघ वाणिज्य उपाध्यक्षका उम्मेदवार श्रेष्ठको जीवन यात्रा..
विचार

यस्तो छ तुलसीपुर उबासंघ वाणिज्य उपाध्यक्षका उम्मेदवार श्रेष्ठको जीवन यात्रा..

दाङ, २७ बैशाख । सामाजिक तथा व्यबसायीक क्षेत्रमा क्रियाशिल एउटा नाम हो – नरेशराज भण्डारी । उनी तुलसीपुरका चर्चित व्यबसायी हुन् । उनी लामो समयदेखि तुलसीपुरमा बिभिन्न व्यबसायमा आबद्ध हुँदै आएका छन् । २०२५ कात्तिक १० गते शनिवार प्युठान भिँग्रि हाल स्वर्गद्वारी नगरपालिका २ मा उनको जन्म भयो । परिवारमा बुवा हुनुहुन्छ, दाई-भाउजु अनी श्रीमति, भतिज २, भतिज बुहारी १ र २ छोरा छन् । उनले थाहा पाउँदा देखि उनको परिवार आर्थिक रुपले त्यतिे कम्जोर भने थिएन, किनकी त्यतिबेला परिवार व्यबसायीक रुपमा स्थापित भइसकेको थियो । त्यो भन्दा अघि धेरै संघर्ष गर्नु परेको थियो । उनका वुवाआमाले भने अनुसार धेरै ठाउँमा पसल सार्दै हिड्नु पर्ने अबस्था थियो । वाल्यकाल का रमाइलो घटना बाल्यकालका रमाईला घटनाहरु धेरै छन् । जीवन भनेकै त्यही हो, जस्तो लाग्छ । म ६ क्लास मा पढ्दा नृत्य र स्काउटमा सहभागी थिएँ, राजा विरेन्द्र ...
बढ्दो विश्व भु-राजनीतिक ध्रुवीकरणको महत्व र प्रभाव
विचार

बढ्दो विश्व भु-राजनीतिक ध्रुवीकरणको महत्व र प्रभाव

डा. अमृत बस्नेत विश्व ध्रुवीकरण अर्थात् विश्वमा विभिन्न शक्ति केन्द्रहरूको उदय वा प्रतिस्पर्धा बढिराखेको छ। बढ्दो विश्व भूराजनीतिक ध्रुवीकरण आजभोलि विश्वमा एक मुख्य चुनौतीको बिषय बनिरहेको छ। विश्व अहिले दुई ध्रुवीकरणको दिशातिर लम्किरहेको छ। यस प्रकारको ध्रुवीकरणले विश्वलाई विभिन्न चुनौतीहरू र समस्याहरूमा फसाउन सक्छ, जसले अन्तर्राष्ट्रिय स्तरमा जटिलता र अस्थिरतालाई बढावा दिन्छ। यो ध्रुवीकरणले विश्व राजनीति, अर्थव्यवस्था, सुरक्षा र सामाजिक सम्बन्धहरूमा ठूलो प्रभाव पार्दछ। यसले अन्तर्राष्ट्रिय सम्बन्धहरू,सैन्य प्रतिस्पर्धा र शस्त्र दौड,आर्थिक नाकाबन्दी र व्यापार युद्ध,वैचारिक र प्रणालीगत विभाजन,प्रभावकारी बहुपक्षीयतामा कठिनाइ र टेक्नोलोजी र सूचना युद्ध९साइबर अपराधहरू ,डेटा सुरक्षा र ब्क्ष् ब्ततबअप ०मुद्दाहरू विशेष गरी प्रभावित हुन सक्छन्। भु(राजनीतिक ध्रुवीकरणले केही देशहरूमा राजनीत...
बुक फ्रिडे फ्राइडे कार्यक्रमको महत्व, आवश्यकता र सार्थकता
विचार

बुक फ्रिडे फ्राइडे कार्यक्रमको महत्व, आवश्यकता र सार्थकता

सविन प्रियासन समाज विकासको पहिलो आधार नै शिक्षा हो । शिक्षा कस्तो छ, कतिजनाले शिक्षालाई आत्मसात गरेका छन्, शिक्षालाई जीवनउपयोगी, समय सापेक्ष, विषयगत, कामकाजी बनाउन सकिएको छ कि छैन ? भन्ने कुराले नै त्यो समाज कसरी अगाडी बढेको छ, कुन अवस्थामा छ ? भन्ने कुराको निक्र्यौल हुन्छ । यस मानेमा नेपाली समाज यहाँको परमपरागत शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति जस्तै विश्वको तुलनामा धेरै पछाडी छ । नेपाली समाज सबै क्षेत्रमा विश्वमा प्रतिष्पर्धा गर्न सक्ने हैसियतमा आजसम्म पुग्न सकेको छैन । विहान उठे देखि राती सुत्दासम्म मानिसले गर्ने जेसुकै गतिविधिहरुमा पनि नेपाली समाज विश्वका सबैजसो मुलुकहरु भन्दा धेरै पछाडी छ । जसले गर्दा नेपालको विकास २० औं शताव्दी भन्दा पनि पछाडी छ । आर्थिक समृद्वि परनिर्भरताको दलदलमा भासिएको छ । यी र यावत कुराहरुलाई विश्लेषण गर्दै पछिल्ला दिनहरुमा शिक्षाको महत्वलाई विषयग...
नेपाल किन बनेन
विचार

नेपाल किन बनेन

लक्ष्मण शर्मा सामान्यतया मान्छेको मस्तिष्कमा कुनै डिजीज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तृष्ण र क्षमतावान हुने गर्दछ। मानिसले आफ्नो मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको हुँदा हरेक मानिसको पहिचान फरक फरक हुने गर्दछ। आफ्नो लक्ष्य, उद्देश्य र सफलता प्राप्त गर्न मानिसले आफ्नो मस्तिष्कलाई सकारात्मक तरिकाले प्रयोग गर्दछ। विश्वमा भएको अनुसन्धानलाई हेर्दा मानिसले आफ्नो मस्तिष्कको क्षमतामध्ये एक प्रतिशत मात्र प्रयोगमा ल्याएको देखिन्छ। यद्यपि आइन्स्टाइनले भने आफ्नो मस्तिष्कको क्षमतालाई ३ प्रतिशतसम्म प्रयोग गर्न सफल भएका थिए। मस्तिष्क र मन फरक फरक कुरा हो। मनको आवाजलाई मस्तिष्कद्वारा प्रयोग गर्न सकेमा मानिसको चेतना मानवीय हित र कल्याणको लागि धेरै उपयोगी हुने थियो। कामको सिलसिलामा म यतिबेला देश बाहिर छु। म जस्तै आफ्नो देश छोडेर आएका हामी ...