मार्ग परिवर्तन गर्न खोजेको अखिल : नेतृत्व गर्दै दङ्गाली


दाङ्ग, २ भदौ । नेपालको इतिहासमा भएका गौरवपूर्ण क्रान्ति तथा बिद्रोहलाई हेर्दा त्यसलाई सफल बनाउने तत्वहरुमध्य विद्यार्थी आन्दोलन एक महत्त्वपूर्ण र अनिवार्य तत्वको रुपमा आउँछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चाय त्यो २००७ सालमा भएको निरङ्कुश राणा शासन विरुद्ध प्रजातन्त्र प्राप्तिको निम्ति भएको जन बिद्रोह होस या २०४६ सालमा भएको पञ्चयती व्यवस्थाको विरुद्द जन आन्दोलन तथा २०६२/६३ भएको राजतन्त्र विरुद्धको आन्दोलन सबैमा कयौ विद्यार्थीहरुले ज्यान गुमाए , कतिले जेल जीवन बिताउनु पर्यो तर पनि अन्त्यमा सफल भएकै इतिहास साची छ । त्यो समय विद्यार्थीहरु आफ्नो आन्दोलन सफल बनाउन सडक आन्दोलन , चक्काजाम , मसाल जुलुस , तालाबन्दी जस्ता उपाय अपनाएर विद्यार्थीहरुको साथमा सदैब आफ्नो आवज बुलन्द गर्ने गर्दथे ।

वर्तमान समयमा हामिलाइ यस्ता कार्य अनैतिक लाग्न सक्छ तर त्यस समयमा अहिलेको जस्तो मुलुक सङघिय लोकतान्त्रिक गणतन्त्रात्मक थिएन । त्यस समयमा राजाको विरुद्ध कसैले बोल्न पाइदैनथ्यो , शान्तिपूर्ण आन्दोलनको कुनै सुनुवाइ हुदैनथ्यो त्यसैले गर्दा तालाबन्दी , चक्का जाम गर्ने जस्ता काम गरिन्थ्यो र ती कार्य त्यो समयमा उपयुक्त पनि थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसरी मार्ग परिवर्तन गर्दैछ अनेरास्ववियु :
समयको परिवर्तन सङ्गै मुलुकमा धेरै कुरा परिवर्तन हुँदै गए यस सङ्गै विद्यार्थी आन्दोलनका मार्गहरु पनि परिवर्तन हुँदै गएको हामिलाई आभष हुन्छ । नेपालमा २०२२ साल जेठ १ गते आत्माराम खरेल(सुजन खरेल) को नेतृत्वमा स्थापना भएको सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) ले बिगतको बाटोलाई परिवर्तन गर्नुपर्छ भनी अग्रपङ्क्तीमा रहेको छ ।अनेरास्ववियुले फेर्न खोजेको बाटोलाई देहाय बमोजिमका बुदाहरुमा देखाइएको छ ।

• बोर्ड अफ ट्रस्टिको माध्यमबाट विश्वबिधालयको कुलपती छनोट गर्नुपर्दछ । अर्थात खुला प्रतिष्पर्धामा जसले धेरै अङ्क ल्याउछ त्यसलाई नै VC नियुक्त गर्नुपर्छ ।
• प्रधानमन्त्री विश्वबिधालयको कुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ ।
• बिश्वबिधालयमा तालाबन्दी जस्ता क्रीयाकलाप गरि कुनै पनि ढङ्गबाट विद्यार्थीको पढाईमा बाधा पुर्याउनु हुदैन ।
• संविधानमा लेखिएको आधारभूत तहको शिक्षा निशुल्क भनी गरिएको व्यवस्था अक्षरस पालना हुनुपर्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसलगायत अनेरास्ववियुमा विद्यार्थी नेताको उमेरहद २८ बर्ष तोक्नुपर्छ भन्ने जस्ता मुद्दाहरु पनि जोदतोडले उठ्दै गएको सुनिन्छ ।
यस्तो छ दाङ्गमा अनेरास्ववियुको क्याम्पसहरुमा उपस्थिती :

•दाङ्ग जिल्लाका स्नातक तह पढाई हुने २८ वटा क्याम्पस र सम्पूर्ण बिधालयहरुमा प्रारम्भिक कमिटी गठन भएको छ ।
• दाङ्गमा भएका स्नातक पढाइ हुने सबै क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु उपस्थिति बलियो छ ।
• विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने , अतिरिक्त कार्यमा सहभागी गराउने , विद्यार्थीको पक्षमा बोल्ने पहिलो सङ्गठन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नया गर्छ , नयाँ नेतृत्व :
अनेरास्ववियु दाङ जिल्लाको २४ औ सम्मेलन भर्खरै समापन भएको छ । अहिलेको जिल्ला कमिटी पदाधिकारीमा सम्भवत २५ बर्ष भन्दा माथिको कोहि पनि हुनुहुदैन। युवाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने सवालमा कुनै पनि सङ्कोच नमानी नेतृत्वले जिम्मेवारी सुम्पेको छ । यसले गर्दा पनि अनेरास्ववियु दाङलाई नयाँ र रचनात्मक काम गर्ने चुनौती र अभिवारा थपिएको छ । अनेरास्ववियु दाङको अबको मिसन यसप्रकार हुनेछ ।

• अब हुने स्ववियु चुनावमा अनेरास्ववियुलाई १ नम्बरमा कायमै राख्ने ,
• विद्यार्थीको पक्षमा अझ शसक्त ढङ्गले मैदानमा उत्रीने ,
• रचनात्मक कार्यमा जोड दिने,
• आधारभूत तहको शिक्षा निशुल्क गर्नमा समन्धित निकायलाई सचेत गराउने लगायतका थुप्रै उद्देश्य रहेका छन ।
अन्त्यमा भर्खरै समापन भएको अनेरास्ववियु दाङको २४ सम्मेलनको सन्दर्भमा लेखिएको यस लेखमा दङ्गाली विद्यार्थी आन्दोलनलाई अझ शसक्त बनाउन र अनेरास्ववियुको भूमिकलाई अझ प्रभावकारी बनाउन अखिलका बिगत र वर्तमानका नेतृत्वको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने अपेक्षा गरेको छु ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डि.पि जैसी
उपाध्यक्ष
अनेरास्ववियु जिल्ला कमिटी दाङ

Blog Post Ad Blog Post Ad Blog Post Ad