दाङ, २७ बैशाख । सामाजिक तथा व्यबसायीक क्षेत्रमा क्रियाशिल एउटा नाम हो – नरेशराज भण्डारी । उनी तुलसीपुरका चर्चित व्यबसायी हुन् । उनी लामो समयदेखि तुलसीपुरमा बिभिन्न व्यबसायमा आबद्ध हुँदै आएका छन् । २०२५ कात्तिक १० गते शनिवार प्युठान भिँग्रि हाल स्वर्गद्वारी नगरपालिका २ मा उनको जन्म भयो । परिवारमा बुवा हुनुहुन्छ, दाई-भाउजु अनी श्रीमति, भतिज २, भतिज बुहारी १ र २ छोरा छन् ।
उनले थाहा पाउँदा देखि उनको परिवार आर्थिक रुपले त्यतिे कम्जोर भने थिएन, किनकी त्यतिबेला परिवार व्यबसायीक रुपमा स्थापित भइसकेको थियो । त्यो भन्दा अघि धेरै संघर्ष गर्नु परेको थियो । उनका वुवाआमाले भने अनुसार धेरै ठाउँमा पसल सार्दै हिड्नु पर्ने अबस्था थियो ।
वाल्यकाल का रमाइलो घटना
बाल्यकालका रमाईला घटनाहरु धेरै छन् । जीवन भनेकै त्यही हो, जस्तो लाग्छ ।
म ६ क्लास मा पढ्दा नृत्य र स्काउटमा सहभागी थिएँ, राजा विरेन्द्र र रानी ऐश्वर्यको स्वर्गद्वारीमा सवारी भएको थियो । हामी सलामी दिन हेलिकप्टर ल्याण्ड गर्ने छेउमै उभिएको थेउ हेलिकप्टर बस्दा हवाले उडाउदा म जमिनमा सुतेको थिएँ म त्यो पल सधै सम्झिन्छु । ९ बजेको सलामी हामी राति ४ बजे नै जँगल को बाटो रमाउदै पुगेका थियौं ।
पढाई बीचमै छोड्नु परेको थियो
मेरो शिक्षा अधुरो नै रह्यो । म आईकम दोश्रो बर्षको २ वटा पेपर दिएर छोड्नुपरेको थियो । मैले अध्ययन महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा गरेको थिएँ ।
सामाजिक कार्यमा नियमित सक्रिय
म २०५४ सालमा नेवार समाजको कार्यसमिति सदस्य भएर लगातार कार्यसमितिमा रहेर काम गरेँ । त्यसपछि २०७५ सालमा अध्यक्ष पदमा रही काम गरेँ । २०७८ मा म तुलसीपुर उद्योग बाणिज्य संघको महासचिब लड्ने तयारी गरिरहेको अबस्थामा मलाई अन्याय भयो । अहिले म तुलसीपुर उद्योग वाणिज्य संघको पडा ब्याबसायि उपसमिति संयोजक छु । यो समितिमा म लगातार तीन कार्यकाल काम गरेको व्यक्ती हुँ । २०५७ सालमा तुलसीपुरमा पहिलो पटक भित्रिएको रोटरी क्लब अफ तुलसीपुर सदस्य थिएँ । नेवा देय् दवूको जिल्ला उपाध्यक्ष छु । आदिवासी जनजाति महासंघको तुलसीपुर नगरको अध्यक्ष छु । लायन्स क्लब अफ दाङको सदस्य छु । दाङ्ग–प्युठान स्वर्गद्वारी सरोकार मञ्चको जिल्ला सल्लाहकार छु । भानुभक्त टोलको सदस्य छु । राप्ती बबई क्याम्पसको सदस्य छु ।
जीवनमा आफूलाई खुसी लाग्ने काम
म आफ्नो जिम्मेवारीप्रति एकदमै प्रतिबद्ध हुन्छ । जसले गर्दा मैले जे जिम्मेवारी पाएको छु, सम्बन्धित समुदाय र ब्याबसायीको सल्लाह सुझाव अनुसार काम गरेकोले खुसी हुनुहुन्छ । त्यही नै मेरो खुसी हो ।
तुलसीपुरमा ब्याबसायिक रुपमा स्थापित हुन सकेको त्यसमा पनि म खुसी नै छु । त्यस्तै भिँग्रेली भिलेज रिसोर्टलाई स्थापित गर्नलाई ठुलो भूमिका रह्यो । जन्मथलो भिंग्रिमा आफ्नै जमिनमा वाउन्डरी सहितको सर्वसम्पन १ हल ५ कोठा सहित धर्मसाला निर्माण गरि हस्तान्तरण गरेको थिए ।
अर्कोतर्फ हामी विद्यार्थी समयमा क्याम्पसबाट एकपटक शैक्षिक भ्रमणमा गएका थियौं । कृष्ण जन्माष्टमी लगत्तै रातिमा बटुकी नाच नाच्ने प्रचलन थियो । रातिमा त्यही नाच देखाएर पैसा संकलन गरी लुम्बिनी,पाल्पा, पोखरा, गोरखा भ्रमण गर्दा निकै खुसी भएको थिएँ ।
जीवनका संघर्ष
भन्दा धेरै लामो हुन्छ । जीवनका धेरै संघर्षहरु छन् । मैले पढ्न पाएन,धेरै पछुतो लागेको छ । आईकम दोस्रो बर्षको दोस्रो पेपर दिदै गर्दा घरव्यवहार धान्ने मेरो दाई बिमारी भएपछि जाँच दिन पाएन । घरव्यवहार धान्ने जिम्मा मेरो काधमा आयो र पढाई छुट्यो । घरव्यवहार ब्यबस्थापन गर्नु धेरै अप्ठ्यारो थियो । ईज्जत जोगाउन धौ–धौ प¥यो । त्यसलाई ट्रयाकमा ल्याउन र ब्यापार सिक्न म विवाह गरेको केही महिना मै सल्यानको थारमारे गएँ । जहा मोटरबाटो बन्दै थियो । त्यहाँ ठीक २ बर्ष ब्यापार गर्दागर्दै माओवादी जनयुद्धको चपेटामा परियो । बागचौर घटनामा म प्रतेयक्षदर्शी थिएँ । जहाँ वडा अध्यक्ष सहित ३ जनाको हत्या भएको थियो । म भाग्दै गर्दा म माथि पनि ४ राउन्ड हवाई फायर चलेको थियो । मेरो होस् कहाँबाट आयो आत्मसमर्पण गरे र बेचेपछि तत्काल नै सबै ब्याबसाय बन्द गरेर तुलसीपुर झरेको हुँ, यो मेरो दोस्रो जीवन हो । यहाँ आईसकेपछि धेरै अप्ठ्यारोसँग जुझे । ठाउँमा पसल सार्नुप¥यो । धेरै संघर्षपछि मात्र स्थापित हुन सकेको हुँ ।
पेट्रोलियम वा हार्डवयेर व्यबसायी बन्ने इच्छा थियो
जिवनको लक्ष्य राम्रो पेट्रोलियम ब्याबसायी या हार्डवेयर ब्याबसायी बन्ने थियो । मान्छेले आ–आफ्नो भोगाई अनुसार विश्लेषण गर्ने गर्दछन् । म यो मेसिन हो जसलाई प्रयोगमा धेरै भन्दा धेरै प्रतिफल लिने हो । जस्को साथसाथै मर्मत सम्भार भई नै रहनुपर्छ जुन टिकाउ पनि हुन्छ, चल्छ पनि । तर, नयाँ भएर पनि चलाएमान भएन भने त्यो समय अनुकुल काम लाग्दैन जीबन पनि त्यस्तै हो । सधै चलायमान हुनुपर्छ । कर्मसिल बनाउनुपर्छ, राम्रो हुन्छ । त्यसपछि सफल जीवन बन्छ । यही नै जीवन हो ।
बाँकी जीवन कसरी विताउने ?
बाकी जीवन कसरी बिताउने भन्नुभयो, यो जहाँ सम्म मेरो कुरा गर्दा म एक्लै छैन् । एक्लो हुन्थेँ भने अर्कै हुनसक्थ्यो । मरो जीवनको कुरा गर्दा मेरो श्रीमती छोराहरुको कुरा आउँछ उहाँहरुको कारण पनि भावी जिवनको गोरेटो कस्तो छ । अझै ४/५ बर्ष ठ्याक्कै भन्न सक्दिन तर मेरो ईच्क्षा भावी जिवन सामाजिक कार्य गरेर बिताउने रहर छ ।
तुलसीपुर उद्योग बाणिज्य संघमा उपाध्यक्षको उम्मेदवार
हाल उनी तुलसीपुर उद्योग बाणिज्य संघको उपाध्यक्षको उम्मेदवार छन् । उनले व्यबसायिक हकहितकालागि उम्मेदवारी दिएको बताएका छन् ।