दाङ, ४ मंसिर । आशाका किरण संस्थाले देउसी भैलोको रकमबाट झुला निर्माण गरेको छ । राप्ती गाउँपालिका–१ पुल्चोक रामजहदी सामुदायिक वनको हरितपार्कमा झुला निर्माण गरिएको हो । २९ हजार चार सयको लगानीमा झुला निर्माण गरेको संस्थाका अध्यक्ष अशोक बेलवासेले जानकारी दिनुभयो । निर्माण गरिएको झुला सोमबार वनका अध्यक्ष डिल्लीराज सुवेदीलाई हस्तान्तरण गरिएको छ ।
संस्थाका अध्यक्ष बेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले संस्थाले हरितपार्कको विकास र प्रचारप्रसारमा भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । संस्थाले यसअघि राप्ती गाउँपालिका–८ पिपरीमा रहेको नीलसागर सेवा आश्रम र आदर्श नमुना माध्यमिक विद्यालयमा रहेको दृष्टिविहीन छात्राबासमा खाद्यन्न सहयोग गरेको थियो । १०÷१० हजारको चामल, दाल, नुन, तेल, फलफूल, भुजा, बिस्कुटलगायतका खाद्य सामग्री आश्रम र छात्रावासमा सहयोग गरिएको थियो ।