समाज

विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
समाज

विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

दाङ, २ मंसिर । नेपाल प्रहरी श्रीमती संघ काठमाडौँले घोराहीस्थित नेपाल प्रहरी स्कुललाई दुई वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । शनिबार नेपाल प्रहरी स्कुल घोराहीमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले हस्तारन्तरण गरेकी हुन । ‘आजका बालबालिकालाई प्रविधि मैत्री शिक्षाको आवश्यकता छ । त्यही कुरालाई मनन गरी हामीले स्मार्ट बोर्ड प्रदान गर्ने निर्णय गरेका हौँ । यसखाले शिक्षाले बालबालिकालाई गरिखाने बनाउँने विश्वास लिएका छौँ ’,अध्यक्ष कुँवरले भनिन् । कक्षा एकदेखि पाँचसम्मका बालबालिकालाई स्मार्ट बोर्डको प्रयोगमा विद्यालयले जोड दिन जरुरी रहेको बताउँदै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुँवरले स्मार्ट बोर्डको राम्रो उपयोग र संरक्षण समेत गर्न विद्यालय परिवारलाई आग्रह गरेकी हुन । प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीको सभापतित्वमा संचालित उक्त कार्यक्रम...
घोराही-१९ द्वारा सुत्केरीलाई ब्लाङकेट
समाज, स्वास्थ्य

घोराही-१९ द्वारा सुत्केरीलाई ब्लाङकेट

दाङ, १ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १९ ले सुत्केरी महिलालाई ब्लाङकेट उपलब्ध गराएको छ । वडाले एक कार्यक्रमको आयोजना गरेर ब्लाङकेट वितरण गरेको हो । वडाभित्रका १२ जना सुत्केरी महिलालाई ब्लाङकेट वितरण गरिएको थियो । चिसो मौसममा बच्चा र सुत्केरीलाई चिसोबाट बचाउन ब्लाङकेट वितरण गरिएको वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले जानकारी दिए । वडाको स्वास्थ्यचौकीमा नियमित गर्भवती जाँच गराउनेलाई ब्लाङकेट प्रदान गरिएको हो । नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गरेको वडा कार्यालयले जनाएको छ । सहयोग कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष रायमाझीले जानकारी दिए । उनका अनुसार वडाको स्वास्थ्यचौकीमा गर्भवती जाँच नगराउनेले यस प्रकारको सहयोग पाउने छैनन् । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्वलन्त खड्का, स्वास्थ्य शाखाका विशाल घर्ती मगर, महिला स्वास्थ्य स्वयम्सेविकाहरूक...
नेविसंघद्वारा घोराहीका विद्यालयको अनुगमन
समाज

नेविसंघद्वारा घोराहीका विद्यालयको अनुगमन

दाङ, २९ कात्तिक । नेपाल विद्यार्थी संघ दाङले दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराही दाङमा अनुगमन गरेको छ । नगर शिक्षा कार्यविधि अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराए नगराएको अवस्था बुझ्न बुधवार विद्यालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा विद्यालयले नगर शिक्षा कार्यविधि पालना नभएको भेटिएपछि कार्यविधिको पालना गर्ने गरी हाल देखिएका समास्या समाधानका लागि नेपाल विद्यार्थी संघ दाङ र दीपशिखा आवासीय माविबिच सहमति भएको छ । सहमतिमा मङ्सिर महिनाभित्र सम्पूर्ण समस्या समाधान गर्ने निर्णय भएको छ । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल र दीपशिखा मावि प्राचार्य प्रदीपराज भण्डारीले संयुक्त रूपमा हस्ताक्षर गरेको सहमतिपत्रमा छात्रवृत्ति प्राप्तसम्बन्धी कार्यमा सम्पूर्ण विद्यार्थीको १५ प्रतिशत हुनु पर्नेमा नभएकाले तत्काल १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु पर्ने, छात्...
घोराही उपमहानगरद्धारा बिपद् जोखिम न्यूनीकरणका लागि सचेतीकरण सञ्चालन
समाज

घोराही उपमहानगरद्धारा बिपद् जोखिम न्यूनीकरणका लागि सचेतीकरण सञ्चालन

विमल योगी, दाङ, २९ कार्तिक । घोराही उपमहानगरपालिकाले विपद्जन्य घटनाबाट हुने क्षती कम गर्नका लागि स्थानीय सरोकारवालाहरुलाई सचेतना दिन थालेको छ । उपमहानगरपालिकाको बन,बातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा नरगका १९ वटै वडामा सचेतना दिन थालिएको हो । वडास्तरीय विपद् व्यवस्थापन समितिलाई विपद्को परिचय, यसका असरहरु, विपद्बाट बच्ने संभावित उपायहरु, राहत तथा उद्धारका लागि आवश्यक मापदण्ड,समितिको परिचालन तथा कार्यक्षेत्रका वारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बन,बातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख मदन कुमार वलीले जानकारी दिनुभयो । वडामा रहेको जनप्रतिनिधि,राजनितिक दल,सुरक्षा निकाय,स्थानीय रेडक्रश,स्वास्थ्य संस्था,प्रहरी,सामाजिक संघसंस्था तथा क्लवहरुका प्रतिनिधि सहितको विपत व्यवस्थापन समितिलाई पुनर्ताजगी अभिमुखीकरण गराउनका लागि वडा नम्वर १ देखी ८ सम्म कार्यक...
दाङमा विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने
समाज

दाङमा विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने

दाङ, २८ कार्तिक । दाङको घोराही ७ सौडियार स्थित श्री माध्यमिक बिद्यालयमा विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकहरूका लागि पनि जंकफुड निषेध गरिएको छ। जंकफुड खाएर विद्यार्थीहरू धेरै अस्वस्थ् हुन थालेपछि विद्यालयमा बिब्यस, शिक्षक र बिद्यार्थी क्लबकै अगुवाइमा जंकफुड निषेध गरिएको हो। अहिले विद्यार्थी तथा शिक्षकहरूले खाजा घरबाट नै बोकेर ल्याउन गरेको छन्, भने विद्यालयमा मात्र नभई घरमा पनि विद्यार्थीहरूले खाएको थाहा पाए कारबाही गरिन्छ। विद्यार्थिहरुले विद्यालयमा यो नियम लागू भएसँगै सबैलाई राम्रो लागेको बताएका छन । जंकफुड खाँदा एकातिर स्वास्थ्यमा असर गर्ने र अर्कोतर्फ पैसा पनि खर्च हुने हुँदा विद्यालयमा यो नियम लागू भएसँगै अहिले घरबाट नै बनाएर खाजा ल्याउने गरेको बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेको भनाइ छ। उनले भने,‘पहिला विद्यालयमा खाजा खानको लागि घरबाट पैसा मागे...
तुलसीपुर ११ ले हेरायो दलित समुदायलाई निःशुल्क ‘पूर्णबहादुरको सारंगी’
समाज

तुलसीपुर ११ ले हेरायो दलित समुदायलाई निःशुल्क ‘पूर्णबहादुरको सारंगी’

दाङ, २८ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का दलित समुदायका सदस्यहरुलाई चलचित्र‘पूर्णबहादुरको सारंगी’ हेराएको छ । वडाले दलित समुदायका ६५ सदस्यहरूलाई चलचित्र उक्त चलचित्र निःशुल्क हेर्ने अवसर प्रदान गरेको छ। वडाले चलचित्रको टिकट काटेर सहभागीहरूलाई यातायात सुविधा तथा नास्ता खर्चसमेत उपलब्ध गराएको थियो। वडाअध्यक्ष मानबहादुर रावतका अनुसार यो चलचित्र नेपाली समाजमा आमाबिना बालबालिकाहरुको भबिष्य उज्जवल बनाउन सकिन्छ, भन्ने सन्देश दिएको भन्दै यो सन्देशलाई सामाजिक रुपमा स्थापित गर्न चलचित्र हेराईएको हो । दलित समुदायका बालबालिकाहरूलाई शिक्षामा बढी ध्यान दिन प्रोत्साहित गर्ने उद्देश्य रहेकाले पनि यो चलचित्र हेराएको उनको भनाई छ । “समाजमा अझै पनि धेरै बालबालिका आफ्ना आमाबुवाको अवहेलनाका कारण उच्च शिक्षाबाट वञ्चित भइरहेका छन्”,उनले भने“यसले अभिभावकहरूको जिम्मेवारीबोधमा सुधार ल...
अर्घाखाँचीमा हरिबोधनी एकादशीको सार्वजनिक बिदा
समाज

अर्घाखाँचीमा हरिबोधनी एकादशीको सार्वजनिक बिदा

दाङ, २७ कार्तिक । अर्घाखाँचीका तीन स्थानीय सरकारले  हरिबोधनी एकादशीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन्। सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका र भूमिकास्थान नगरपालिकाले हिन्दु धर्मावलम्बीको महानपर्व हरिबोधनी एकादशीको अवसरमा आज मंगलबारका लागि सार्वजनिक विदा दिएका हुन् । शितगंगा नगरपालिकाले एक सूचना जारी गरि स्थानीय सार्वजनिक बिदा दिएको र नगरपालिका अन्तर्गतका कार्यालय, शिक्षण संस्थाहरू रअत्यावश्यक सेवा बाहेक स्वास्थ्य संस्थाहरूसमेत बन्द रहने नगर प्रमुख स्तरीय बैठकबाट निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले बताए । सन्धिखर्क नगरपालिका अन्तर्गतका कार्यालय तथा शिक्षण संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी शाखा अधिकृत मञ्जु खनालले बताइन् । हिन्दु धर्मावलम्बीले मनाउने हरिबोधनी एकादशीको पावन अवसरमा भूमिकास्थान...
गुरुकुल एकेडेमीका विद्यार्थिद्धारा मिडिया हाउसको अवलोकन
समाज

गुरुकुल एकेडेमीका विद्यार्थिद्धारा मिडिया हाउसको अवलोकन

दाङ, २७ कार्तिक । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुले मिडिया हाउसको अवलोकन गरेका छन ।गुरुकुल एकेडेमी घोराहीका कक्षा ६ देखि कक्षा ९ सम्मका करीव १५० जना विद्यार्थिहरुले दाङ घोराहीबाट दैनिक रुपमा प्रकाशित हुने रंगिन पत्रिका नँया युगबोध राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशन कक्षको अवलोकन गरेका हुन । विद्यार्थिहरुलाई समाचार निर्माण र मिडियाबाट प्रकाशन सम्बन्धि ब्यबहारीक ज्ञान दिनको लागि संचार घरहरुको अवलोकन गराउने गरी कार्यक्रम गरीएको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले जानकारी दिनुभयो । यद्यपि यस्ताखालका गतिबिधि रहेका जानकारी मुलक प्रशिक्षण कार्यक्रम विद्यालयमा पनि आयोजना गर्ने गरीएका प्रधानाध्यापक डिसिले जानकारी दिनुभयो । उँहाले प्रशिक्षण मात्र नभएर प्रतक्ष्य रुपमा संचार घरको अवलोकन गराउदा अझै विद्यार्थिहरुले जानकारी लिन सक्ने र प्रभावकारी राम्रो हुने बताउनुभयो । यसगरी विद्या...
राप्ती गाउँपालिकालाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण
समाज

राप्ती गाउँपालिकालाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण

तुल बहादुर कवँर मगर दाङ, २७ कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा निर्माण गरिएको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व राप्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरहरुमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सो भवनको स्वामित्व पत्र आयोजना व्यवस्थापन कार्यालयका प्रतिनिधि पुनम चौधरीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई हस्तान्तरण गर्नुभएको हो। स्वामित्व ग्रहण गर्दै अध्यक्ष विष्टले भवनको उचित सञ्चालन र व्यवस्थापनमा पालिका प्रतिबद्ध रहेको बताउँदै यसले स्थानीय समुदायको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले राप्तीमा पहिलो पटक निर्माण गरिएको यस्तो भवनले विपन्न समुदायलाई विशेष फाइदा पु¥याउने बताउनुभयो...
कक्षा ११ र १२ का १४ लाख विद्यार्थीलाई मौका परीक्षा गर्न दिइने
समाज

कक्षा ११ र १२ का १४ लाख विद्यार्थीलाई मौका परीक्षा गर्न दिइने

दाङ, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीणर् विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीणर् विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीणर् हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका सबैखाले विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्नेछन् । बोर्डको यो व्यवस्था अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीणर् भएकासम्म मौका परीक्षामा सहभागी हुन पाउने छन् । विगत २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीणर् भएका परीक्षार्थीको सङ्ख्या झन्डै १४ लाख रहेको हुनसक्ने बोर्डको अनुमान छ  । राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकाल...