व्यापार/व्यवसाय

घाेराहीमा खुल्याे पाेशाक उत्पादन र बिक्री गर्ने “जेन्टलम्यान”
व्यापार/व्यवसाय

घाेराहीमा खुल्याे पाेशाक उत्पादन र बिक्री गर्ने “जेन्टलम्यान”

दाङ, ५ कार्तिक । घोराहीको उमेशमार्गमा विभिन्न प्रकारका पोशाक उत्पादन र बिक्री गर्न “जेन्टलम्यान” पसल खुलेकाे छ । तीनजना युवाहरू मिलेर सटिङ सुटिङको काम गर्ने गरी सो पसल खोलिएको हो । पसलमा पुरुषहरूका लागि कुर्ता, सुरुवा, टाइ र बेल्ट पाइन्छ । पसलमा ग्राहकहरूले बाहिरबाट कपाडा लिएर पनि सिलाउन सक्ने सञ्चालक भरतराज बस्नेतले जानकारी दिनुभयाे । उहाँका अनुसार पसलमा अन्तर्राष्ट्रिय स्तरकाे मापदण्डका कपडा र सिलाई सुविधा उपलब्ध हुने छ । बस्नेत सहितका यसवाहरू अमृत शाह र सराेज डिसीले संयुक्त रुपमा पसल स्थापना गर्नुभएको हो । यहाँ अहिले पाेखराबाट आएका आठजना कालीगडहरूले सिलाईको काम गरिरहेका छन् । पसल उद्घाटन सत्रमा सहभागी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीले स्वदेशमै स्वरोजगारमूलक उद्योगमा लाग्नु युवाहरूको सकारात्मक कदम भएको बताउनुभयो । उहाँले नेपालमा विदेश प्लान दर तीव्र बढीरहेको...
दाङमा सुरक्षा निकायले तोकेको समयमा मात्रै होटेल सञ्चालन गर्न आग्रह
व्यापार/व्यवसाय, समाचार

दाङमा सुरक्षा निकायले तोकेको समयमा मात्रै होटेल सञ्चालन गर्न आग्रह

दाङ, २५ असोज । जिल्ला प्रशासन कार्यालय दाङले शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वका बेला स्थानीय सुरक्षा निकायले तोकेको समयमा मात्रै होटेल सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बुधबार सार्वजनिक सूचना जारी गर्दै शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको परामर्शमा स्थानीय सुरक्षा निकायले निर्धारण गरे बमोजिमको समयमा मात्र होटेल सञ्चालन गर्न आग्रह गर्नुभएको छ । साथै मठ, मन्दिरलगायतका स्थलहरुमा अनावस्यक भीड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न, पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न, मादक पदार्थलगायत नशालु पदार्थ सेवन गरी पर्वको समयमा सावर्जनिक स्थानमा हो हल्ला, झै झगडा जस्ता कार्यहरु गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । ...
तुलसीपुरमा बजार अनुगमण तिव्र, अखाद्यवस्तु जफत
व्यापार/व्यवसाय, समाचार

तुलसीपुरमा बजार अनुगमण तिव्र, अखाद्यवस्तु जफत

दाङ, २१ असोज । तुलसीपुर बजारमा चाडपर्व नजिकिएसँग बजारका पसलहरुमा अनुगमनको काम भइरहेको छ । उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले अनुगमनलाई तीब्रता दिएको छ । आइतवार पनि तुलसीपुरमा सञ्चालन भएका विभिन्न थोक तथा खुद्रा पसलमा अगुगमन भएको छ । अनुगमनका क्रममा दुईवटा पसलबाट म्याद गुज्रिएका खाद्य वस्तु जफत गरिएको शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् । एउटा पसलमा डावर कम्पनिको करिव ७ हजार बरावरको मह पनि गफत गरिएको छ । ‘समग्रमा बजार अनुगमन गर्दा सन्तोष जनकनै देखियो केहि पसलहरुलाई हामीहरुले सजक गराएका छौ व्यवसायीक दर्ता देखि अन्यकुरामा – शर्माले भनिन् । त्यस्तै अगुगमन संगै पसलमा आएका उपभोक्ताहरुलाई सचेतना समेत दिएको छ । उनीहरुलाई किनमेल गर्दा अनिवार्य विल लिने दिने, मूल्यसूचि र म्याद गुजरेको छ वा छैन लगायतको विषयमा समेत सचेतना दिएको शर्माले बताइन् । त्यस्तै मूल्यसूची, साईवोर्ड, व्यव...
राप्तीमा बजार अनुगमन: तीन पसलबाट ३० हजार रुपैयाँ जरिवाना
व्यापार/व्यवसाय, समाचार

राप्तीमा बजार अनुगमन: तीन पसलबाट ३० हजार रुपैयाँ जरिवाना

तुल बहादुर कवँर मगर सिसहनियाँ, २१ असोज । राप्ती गाउँपालिकाको सिसहनियाँ र मौरीघाट क्षेत्रका बजारको आइतबार अनुगमन गरिएको छ । राप्ती गाउँपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँका ७ वटा र मौरीघाटमा १ वटा किराना पसलको अनुगमन गरिएको हो। ८ वटा पसलको अनुगमन गर्दा ३ वटा विभिन्न किराना तथा गल्ला पसलहरु कारबाहीमा परेका छन् । कारबाही स्वरुप ती पसलहरूलाई ५ हजार देखि २० हजार रुपैयाँ सम्मको जरिवाना गरिएको छ । यस्तै केहि पसलबाट म्याद नाघेका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको छ भने पसल सञ्चालकहरुलाई त्यस्ता वस्तु बिक्रीवितरण नगर्न आवश्यक निर्देशन समेत दिइएको छ । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरि बजारमा हुने कालोबजारी, अखाद्य वस्तु बिक्री तथा कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उप...
नारायणपुर उद्योग वाणिज्य संघले बुझायो कर सहजीकरणका लागि ज्ञापनपत्र
व्यापार/व्यवसाय

नारायणपुर उद्योग वाणिज्य संघले बुझायो कर सहजीकरणका लागि ज्ञापनपत्र

दाङ, १८ असाेज । नारायणपुर उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई कर सम्बन्धी समस्या सहजीकरणका लागि एक ज्ञापनपत्र बुझाएको छ । संघको आयोजनामा गरिएको बजार सरसफाइ कार्यक्रम पश्चात संघले नगर प्रमुख चौधरीलाई ज्ञापन पत्र बुझाएको हो । आर्थिक मन्दीका साथै व्यापार व्यवसायमा आएको गिरावटका कारण व्यवसायी समस्यमा परेको बताउँदै संघले नगर प्रम्ख चौधरीलाई उपमहानगरपालिकाले लिंदै आएको कर सम्बन्धी दायरामा पुनरावलोकन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । व्यवसायिक करमा थप फोहर कर हुँदा अत्याधिक भएकोले पुनरावलोकन गर्नुपर्ने, फोहर कर घरबेटीबाट घरको प्रति वर्गमिटर ६५ पैसाका दरले र भाडावाला व्यवसायीबाट एक सयदेखि माथि मासिक रुपले गर्दा दोहोरो तरिकाले उठाइने कार्यलाई व्यवस्थित गर्नुपर्ने, विषम परिस्थितिमा जग्गाको कर दोब्बर बन्दा उक्त भार घुमीफिरी व्यवसायीमा थपिने भएकोले...
तुलसीपुरको अरणीको मिनि मार्केटबाट बरामद गरियो म्याद गुज्रेजका सामान
व्यापार/व्यवसाय, समाचार

तुलसीपुरको अरणीको मिनि मार्केटबाट बरामद गरियो म्याद गुज्रेजका सामान

दाङ, १६ असोज । दाङको तुलसीपुर स्थित अरणीको मिनि मार्केटबाट म्याद गुर्जेका खाद्य सामग्री बरामद गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले गरेको अनुगमनका क्रममा म्याद गुर्जेका सामग्री भेटाएपछि बरामद गरेको हो । राजमा मसला सेन्चुरी १५ प्याकेट, कस्तुरी मेर्चा सेन्चुरी १० प्याकेट, चाट मसला १५ प्याकेट, कुकिज ५ प्याकेट,भुजा ४ प्याकेट,पास्ता १७ प्याकेट,स्न्याक्स आईटम १० प्याकेट, खुला दाल २० केजी बरामद गरिएको हो । शाखाले तुलसीपुरको सल्यान रोडका बिभिन्न किराना तथा खाद्यान्न पसलहरुको अनुगमन गरेको थियो । त्यस क्रममा म्याद गुर्जेका सामग्रीहरु, दर्ता तथा नविकरण गरे–नगरेको, गुणस्तर भए–नभएकोलगायतका विषयमा अनुगमण गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा अनुगमन गरिएको थियो । त्यस्तै शुभान किराना पसलवाट किराले खाएको १५ केजि ...
घोराहीको सहुलियत पसलमा चिनि र नुन
व्यापार/व्यवसाय

घोराहीको सहुलियत पसलमा चिनि र नुन

दाङ, ९ असोज । घोराहीमा संचालित सहुलियत पसलमा चिनि र नुन बिक्रि भइरहेको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशनले संचालन गरेको चाडपर्व लक्षित सहुलियत पसलमा उपभोक्ताले छुटमा चिनि र नुन खरिद गरिरहेका छन् । सहुलियत पसलमा चिनि प्रतिकेजी १०२ रुपैँया ५० केजी र नुन प्रतिकेजी २४ रुपैँयामा बिक्रि गरिरहेको साल्ट्र टे्रडिङ कर्पोरेशन घोराहीका प्रमुख रामबावु गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार चिनि प्रतिव्यक्तिले ४ केजी र नुन प्रतिव्यक्तिले ६ केजी खरिद गर्न सकिने भएको छ । गतवर्ष नुन मात्रै बिक्रि गरेको साल्ट ट्रेडिङले यसवर्षदेखि चिनि पनि सहुलियत मुल्यमा बिक्रि गर्न शुरु गरेको छ । यसवर्ष तुलसीपुरमा पनि सहुलियत पसल संचालन गर्ने तयारी गरिरहेको प्रमुख गुप्ताले बताउनुभयो ।...
लमहीकी वलीको प्रेरणादायक उद्यम यात्रा
नारी विषेश, व्यापार/व्यवसाय

लमहीकी वलीको प्रेरणादायक उद्यम यात्रा

चुमा आचार्य लमही, ५ असोज । सफल महिला उद्यमी वालिका वलीको प्रेरणादायक यात्रा । जुन एक कठिन संघर्षबाट सुरु भएको थियो । उनी धेरै महिलाहरूका लागि प्रेरणा दिने उदाहरण बनेकी छन । दाङकी वालिकाले आफ्नो जीवनको कठिन परिस्थितिहरूलाई पार गर्दै “टाइगर गार्मेन्ट उद्योग“ स्थापना गरेकी छिन् । उनले ५ लाख रूपैयाँबाट सुरु गरेको साना सिलाई व्यवसायलाई आज करोडौंको कारोबारमा पु¥याएकी छिन् । उनले ४ दर्जन महिला सहित आधा दर्जन पुरुषलाई रोजगारी दिएकी छिन । दाङ लमही नगरपालिका–३ बनगाउँकी ४२ वर्षीया वालिका वलि सफल महिला उद्यमी हुन् । जसले आफ्नो कठिन जीवनलाई संघर्षको माध्यम बनाएर उद्यमशीलता प्राप्त गरेकी छन् । श्रीमान्वाट अनेक यातना पाएकी वलिले २०७४ सालदेखि ‘टाइघर गार्मेन्ट उद्योग’ सञ्चालन गर्दै आएकी छन् । जहाँ कच्चा कपडा ल्याएर रेडिमेड कपडा बनाइन्छ । २०३८ असोजमा जन्मिएकी उनको २०५४ सालमा १६ बर्षको उमेरमा दा...
राप्तीमा बजार अनुगमन : अधिकांश पसलमा अखाद्य बस्तु फेला, झण्डै ३ लाख जरिवाना संकलन
व्यापार/व्यवसाय

राप्तीमा बजार अनुगमन : अधिकांश पसलमा अखाद्य बस्तु फेला, झण्डै ३ लाख जरिवाना संकलन

तुल बहादुर कवँर मगर दाङ, २७ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले मंगलवार र बुधवार गरी २ दिन राप्ती गाउँपालिका क्षेत्रको बजार अनुगमन गरेको छ । राप्ती गाउँपालिका, इलाका प्रशासन कार्यालय लमही र खाद्य प्रविधि तथा गुणनियन्त्रक डिभिजन कार्यालय तुलसीपुर दाङको समन्वयमा राप्ती गाउँपालिकाको वडा नम्बर १, २,४, ५, ६ र ८ नम्बर वडाका बजार क्षेत्रको अनुगमन गरिएको हो । ३० वटा पसलको अनुगमन गर्दा १७ वटा विभिन्न प्रकृतिका पसल कारबाहीमा परेका छन् । कारबाही स्वरुप ती पसलहरूलाई ५ हजार देखि ५० हजार रुपैयाँ सम्मको जरिवाना गरिएको छ । यस्तै केहि पसलबाट म्याद नाघेका अखाद्य बस्तु जफत गरी आवश्यक निर्देशन समेत दिइएको छ । आसन्न चाडपर्वमा खाद्य र गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने , कालोबजारी गर्ने, म्याद नाघेका सामान बिक्री गर्ने, मुल्यसुची नराखेको, उत्पादित बस्तुमा उत्पा...
दाङमा नाप तौल कार्यालय नहुँदा समस्यामा व्यवसायी
प्रमुख समाचार, व्यापार/व्यवसाय

दाङमा नाप तौल कार्यालय नहुँदा समस्यामा व्यवसायी

अमरराज आचार्य दाङ, २६ भदौ । केही समय अघि घोराहीका सुन चाँदी व्यवसायी गाडी रिजर्व गरेर नेपालगञ्ज पुगेर आप्mना नाप तौलका सामग्री जाँच तथा नविकरण गराए । यसैगरी अन्य व्यवसायी भने केही दिनमै नाप तौल कार्यालय नेपालगञ्जमा जाने तयारीमा छन् । जिल्लामा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्जसम्म पुगेर आफ्ना नाप तौलका सामग्री जाँच तथा नविकरण गर्नु पर्ने बाध्यता छ । जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहुँदा प्रत्येक वर्ष सामान्य कामका लागि नेपालगञ्जसम्म जानु पर्ने बाध्यता रहेको घोराही सुन चाँदी व्यवसायी समितिका अध्यक्ष विनोद विकले बताएका छन् । नेपालगञ्जसम्म जानु पर्दा आफूहरूलाई समय खेर जानुका साथै अनावश्यक आर्थिक भार खेप्नु परेको उनले बताए । नाप तौलका स–साना ढक, तराजु बोकेर नेपालगञ्जसम्म जाँदा सामान हराउने, बिग्रने समस्या रहेको व्यवसायीको गुनासो छ । सुन चाँदी व्यवसाय...