नारी विषेश

दाङका मिहिनेती महिलाहरु
कृषि, नारी विषेश

दाङका मिहिनेती महिलाहरु

सपना बोहोरा दाङ, ५ असार । मिहिनेत गर्नेका लागि नेपालमै अवसर छ र परिवार सँगै रहेर पनि खुसीसाथ जीवनयापन गर्न सकिन्छ उदाहरण बनेका छन् – दाङ घोराहीका महिलाहरु । दिनभर खेतबारीमा काम गर्ने, तरकारी र अन्न उत्पादनमा लाग्ने, सिजन अनुसार उत्पादित कृषिजन्य बजारमा लगेर आफैँ बिक्री गर्छन् । एक हुन– घोराही उपमहानगरपालिका–८ कि सुनिता चौधरी  । उनी बिहानै घरबाट निस्किन्छिन् । उनी  छिटुवा र बोरा भरी तरकारी लिएर घोराही बजार झर्छिन् । कहिले सवारी साधनमा तरकारी लिएर आउँछिन त कहिले अटो रिजर्भ गर्छिन । बिहानको चार बजे घोराहीको बालमन्दिर स्कुल नजिकैको चोकमा तरकारी बेच्न थाल्छिन् । उनी सँगै अन्य महिलाहरु पनि तरकारी बेचिरहेका हुन्छन् । बिहानको झिसमिसे उज्यालो अनि सडक बत्तिको प्रकाशले जो कोहिलाई पनि छुट्टै सितलता महसुस हुन्छ । छिटुवामा गाउँ बजारमा डुलाउदै तरकारी बेच्ने गरेकी उनी हिजो आज सडक छेउमा...
दंगीशरणमा थाकलको पातवाट हस्तकलाका सामग्री निर्माण
नारी विषेश

दंगीशरणमा थाकलको पातवाट हस्तकलाका सामग्री निर्माण

दाङ, ५ असार । दाङको दंगीशरणमा महिलाहरुका लागी प्राकृतिक रेशाजन्य वनस्पती थाकलको पातवाट हस्तकला बिभिन्न सामाग्री उत्पादन सम्बन्धि ३० दिने सिपमुलक तालिमको एक कार्यक्रमकाविच समापन गरीएको छ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ३० दिने तालिमको समापन गरीएको हो । समापन अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिदंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्थानिय स्तरको कला कौशललाइ देश बिदेशसम्म पुर्याउन पनि यहाँका महिलाले सिकेको सिपलाइ व्यबहारमा उतार्न आवस्यक रहेको बताउनुभयो । पुरानो कला सस्कृती र परम्परालाइ जोगाइराख्न यस्ता सिपको बिकासमा आफुहरु लागी परेको अध्यक्ष गिरीको भनाइ छ ।आधारभुत तालिम दिएको र सहभागीहरुको रुचि र माग अनुसार एड्भान्स तालिम समेत प्रदान गर्न सकिने बताउनुभयो । तालिम सिकेर एउटा सफल व्यावसायि,उधमि बन्नसके मा...
हेल्पर अनिता बनिन ग्रेडर अप्रेटर´
नारी विषेश

हेल्पर अनिता बनिन ग्रेडर अप्रेटर´

सपना बोहरा दाङ, ४ असार । मान्छेको आफ्नै खुट्टाको त भर हुदैन । यो त गाडी हो डर त लागि हाल्छ नि ´ बर्दियाकि अनिता चौधरीले ग्रेडरको ब्रेक दबाउदै भनिन । घोराही उपमहानगरपालिका वडा न ११ को पलासीपुरमा सडक पिच गर्नु पुर्ब चौधरीले सडक ग्राभेल गर्नको लागि उनी ग्रेडर चलाउदै थिइन । सडकमा ग्राभेल गर्न ग्रेडर आफैले चलाएर जादा उनलाइ हेर्न मानिसहरुको जमात नै थियो । त्यो पनि घोराही उपमहानगरपालिकाकै रा १ ग ६४ न को ग्रेडर लिएर गएकी थिइन । मेडमले ग्रेडर चलाउनी हाम्ले ढुङ्गा पन्छाउने, सम्याउने यस्तै छ´ स्थानीय खिम बहादुर बस्नेतले प्वाक्क बोली हाले ।महिलामा यतिको आट चाहिँ हुनु पर्छ, हिम्मत ठूलो कुरा हो ´ बस्नेतले फेरि थपे । चौधरीले बडो होसियार सहित ग्रेडर चलाइ रहेकी थिइन् । उमेरले २५ कि मात्रै भइन । उनले ग्रेडर चलाउन लागेको ६ बर्ष भैसक्यो । ` चौधरी १९ बर्षको हुदा खाली समयमा भिनाजु मुक्तिनाथ चौधरीको...
जेसिआई दाङ लेडीका पदाधिकारीलाई नेतृत्व विकास तालिम
नारी विषेश

जेसिआई दाङ लेडीका पदाधिकारीलाई नेतृत्व विकास तालिम

दाङ, २६ जेठ । जेसिआई दाङ लेडीका पदाधिकारीलाई एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम दिइएको छ । शुक्रबार जिल्लाको घोराहीमा एक कार्यक्रमको आयोजना गरी पदाधिकारीलाई एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम दिइएको हो । कार्यक्रममा नेपाल जेसिजका पूर्व महासचिव तथा कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्यले नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका हुन् । साथै प्रशिक्षक आचार्यले भाषण कला सम्बन्धी पनि प्रशिक्षण दिएका थिए । जेसिज दाङ लेडी दाङका अध्यक्ष जुन कुमारीको बुढाको अध्यक्षता तथा प्रशिक्षक निशान्त आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जेसिज दाङ लेडीका पूर्व अध्यक्ष सुशीला पौडेल, तालिम निर्देशक भीमा डिसी लगायतले मन्तव्य राखेका थिए । सहभागीका तर्फबाट दिपा पुनले मन्तव्य राखेकी थिइन् । सदस्य माया चौधरीले जेसिज आस्था पाठ गरेकी थिइन् भने कार्यक्रम...
सीपले मानिसलाई हौसला दिन्छः नगर प्रमुख चौधरी
नारी विषेश

सीपले मानिसलाई हौसला दिन्छः नगर प्रमुख चौधरी

दाङ, २५ जेठ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सीपले मान्छेलाई हौसला दिने भएकोले लमही नगरपालिकाले प्रदान गरेको सीपलाई व्यवसायमा जोड्न महिलाहरुलाई आग्रह गर्नु भएको छ । ‘तपाईहरु हिम्मत गरेर व्यवसाय अगाडी बढाउनुस, स्थानीय सरकारले के–के गर्न पर्छ तयार छ ।’ उहाँले भन्नु भयो । ‘अचार बनाउदा गुणस्तरमा ख्याल गर्नु होला, बजारीकरणका लागि हामीले पनि पहल गरौंला, सीपलाई पेशा र व्यवसाय जोड्नुस मेरो शुभकामना छ नगर प्रमुख चौधरीले भन्नु भयो । त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले सीप सिकेर उद्यमी बन्न चाहाने महिलाहरुका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनु भयो । ‘केहि सीप सिकेर आर्थिक आय आर्जनमा जोडिन चाहानेहरुका लागि लमही नगरपालिकाले थुप्रै तालिमको आयोजना गरिरहेको छ, त्यस्ता अवसरलाई छोपेर सीप सिक्नुस, व्यवसायी बन्नुस तपाईहरुलाई कुनै समस्या भए स्थानीय सरकारको ध्यानकार्षण गराउनुस हामी तपाईहरुसं...
मकै बेचेर जीविकोपार्जन गर्दै घोराहीकी पार्वती
नारी विषेश

मकै बेचेर जीविकोपार्जन गर्दै घोराहीकी पार्वती

सुशीला ओली दाङ, २० जेठ । घोराही उपमहानगरपालिका–१८ रझेनाकी ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । जेठको चर्को घाममा पनि उहाँ मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । उहाँले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आउनुभएको हो । हरेक वर्ष मकैको सिजन शुरु भएसँगै उहाँलाई मकै पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताउनुभयो । ‘प्रतिगोटा २५ ले बेच्दा १० फाइदा हुन्छ । खर्च कटाएर दैनिक चार÷पाँच सयसम्म आम्दानी भइरहेको छ’– उहाँले भन्नुभयो । यही कामबाट भएको आम्दानीले आफूसहित पाँचजनाको जीविकोपार्जन भइरहेको उहाँले जानकारी दिनुभयो । घर्तीले भन्नुभयो– ‘उमेरअनुसारको अन्य काम, पेशा व्यवसाय गर्न सकिदैन त्यसकारण यही पेशालाई निरन्तरता दिदै आएको छु । मैले पोलेको मकै सबैले असाध्यै म...
घोराहीमा ब्युटिसियनलाइ प्रमाणपत्र हस्तान्तरण
नारी विषेश

घोराहीमा ब्युटिसियनलाइ प्रमाणपत्र हस्तान्तरण

दाङ, १३ जेठ । बेसिक र डिप्लोमा कोर्स गरेका ब्युटिसियनहरुलाइ एक कार्यक्रमका बिच प्रमाणपत्र हस्तान्तरण गरिएको छ ! अर्किट ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरका प्रोप्राइटर मुना पान्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सि.को प्रमुख आतिथ्यता र ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको बिशिस्ट आतिथ्यमा घोराहीमा सम्पन्न भएको कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गरिएको हो । अर्किट ब्युटी पार्लरका कामना खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सि. ले बदलिँदो समय संगै ब्युटिसियन पेशाकर्मिहरुलाइ सम्मानपुर्बक हेर्न थालेको बताइएन् । यसैगरी उनले महिलाहरु सहनशीलताका प्रतिमुर्ति भएको बताउदै कुनैपनी काम गर्दा दत्तचित्त भएर अगाडि बढ्न अनुरोध गरिन् । यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अति...
इप्रका गढवाको कार्यालय प्रमुखमा तेस्रो पटक पनि महिला
नारी विषेश, समाचार

इप्रका गढवाको कार्यालय प्रमुखमा तेस्रो पटक पनि महिला

दाङ, ७ जेठ । इलाका प्रहरी कार्यालय गढवामा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी निरिक्षक कालिका कार्की आएकी छिन् । गढवामा तेस्रो पटक पनि कार्यालय प्रमुखको रूपमा महिला प्रहरीको आगमन भएको छ । हालै सो कार्यालयबाट महिला निरिक्षक नवीन वलीको काठमाडौं रानीपोखरीमा सरूवा भएपछि सो ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालयको सचिवालय काठमाडौंबाट कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न महिला प्रहरी निरिक्षक कार्की गढवा आएकी हुन् । कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक कार्कीले आइतबार देउखुरी क्षेत्रका पत्रकारहरू सँग परिचायात्मक कार्यक्रम सँगै शान्ति सुरक्षाका विषयमा छलफल गरेकी छिन् । छलफलका क्रममा पत्रकारले उठाएका सवालमा कार्कीले पत्रकार र स्थानीय सरोकारवाला सँग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्न र अपराधीक क्रियाकलापलाई रोक्न कानुन अनुसार काम गर्ने बताएकी छिन् ।...
एक महिनादेखि दुबईको बाढीमा बेपत्ता छिन् दाङकी लीला
नारी विषेश, समाचार

एक महिनादेखि दुबईको बाढीमा बेपत्ता छिन् दाङकी लीला

नारायण खड्का दाङ, ३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका– १ भमकेकी ३७ वर्षीया लीला पाण्डे संयुक्त अरब इमिरेट्स (युएईमा) महिना दिन यता बेपत्ता छिन्। युएईमा वैशाख ४ गते राति परेको भारी वर्षापछि उनी बेपत्ता भएकी थिइन्। महिना दिनदेखि आमा बेपत्ता भएको खबरले १४ वर्षीया साइँली छोरी लक्ष्मी र १२ वर्षीया देवी पाण्डे शोकमा डुबेकी छन्। आफन्तहरूको पनि आँखा ओभाउन सकेको छैन। अनिँदै छन् उनीहरू। वैशाख २५ गते युएईको दूतावासबाट परराष्ट्र मन्त्रालयमा एक जना महिलाको शव फेला परेको सूचना आयो। त्यो शव पहिचान गर्न मुस्किल हुने अवस्थाको थियो। युएईमा बस्ने टीकाराम न्यौपानेले पहिचानका लागि शव हेर्न खोजे। तर त्यहाँको प्रशासनले नाता प्रमाण खोजेपछि टीकारामले मृतकको शव हेर्न र पहिचान गर्न पाएनन्। विराट शाह युएईमा बेपत्ता पाण्डेकी जेठा ज्वाइँ हुन्। टीकाराम न्यौपाने नाताले विराटका साढु हुन्। विराट र ट...
दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन तालिम सुरु
नारी विषेश

दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन तालिम सुरु

दाङ, २६ बैशाख । दाङको दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन एडभान्स तालिम सुरु भएको छ । २५ दिनसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष विष्णु गौतमको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाको प्रमुख आतिथ्यता एवम् दंगीशरण गाउँपालिका–२ का वडाअध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । ढकिया हस्तकला उत्पादन एडभान्स तालिममा दंगीशरण गाउँपालिका–१ र २ का थारु समुदायका २४ जना महिलाहरुको सहभागीता रहेको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले जानकारी दिनुभएको छ । थारु समुदायको परम्परागत सीप, ज्ञान, कला र संस्कृतिको संरक्षण गर्दै ढकिया सम्बन्धि हस्तकला उत्पादनका विविधिकरण, मूल्य अभिवृद्धिका साथ बजारको माग अनुसार ...