दाङ, २१ असोज । तुलसीपुर बजारमा चाडपर्व नजिकिएसँग बजारका पसलहरुमा अनुगमनको काम भइरहेको छ । उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले अनुगमनलाई तीब्रता दिएको छ । आइतवार पनि तुलसीपुरमा सञ्चालन भएका विभिन्न थोक तथा खुद्रा पसलमा अगुगमन भएको छ ।
अनुगमनका क्रममा दुईवटा पसलबाट म्याद गुज्रिएका खाद्य वस्तु जफत गरिएको शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् । एउटा पसलमा डावर कम्पनिको करिव ७ हजार बरावरको मह पनि गफत गरिएको छ । ‘समग्रमा बजार अनुगमन गर्दा सन्तोष जनकनै देखियो केहि पसलहरुलाई हामीहरुले सजक गराएका छौ व्यवसायीक दर्ता देखि अन्यकुरामा – शर्माले भनिन् ।
त्यस्तै अगुगमन संगै पसलमा आएका उपभोक्ताहरुलाई सचेतना समेत दिएको छ । उनीहरुलाई किनमेल गर्दा अनिवार्य विल लिने दिने, मूल्यसूचि र म्याद गुजरेको छ वा छैन लगायतको विषयमा समेत सचेतना दिएको शर्माले बताइन् ।
त्यस्तै मूल्यसूची, साईवोर्ड, व्यवसायीक दर्ता, नामतौल प्रमाण लेवलमा खुलाउनु पर्ने कुराहरु स्पष्ट भए नभएको म्याद नाघेको छछैनलगायतको कुराहरुको बारेका अनुगमन गरिएको थियो ।
आगामी दिनमा अनुगमनलाई निरन्तर्ता दिने बताएको छ । शाखाले चाडपर्व नजिकिएसँगै खाद्यान्न पसल, मासु पसल र मार्टहरुको अनुगमन गरिसकेको छ । आइतवार शाखाका प्रमुख शर्मा सहित इलाका प्रशासन कार्यालय तुलसीपुर, उद्योगवाणिज्य संघका पत्रकारहरुको सहभागितामा अनुगमन गरिएको थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले चाडपर्वमा प्लास्टिकका फूल, माला तथा अन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाए संगै यो बर्ष पनि विक्री वितरण नगर्न सूचना दिई रहेको शर्माले बताइन् । उपमहानगरले दशैं–तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य समाग्रीको बिक्री तथा प्रयोगमा रोक लगाएकाले त्यसको खरिद विक्री नगर्न बजारमा व्यवसायीहरुलाई जानकारीका साथै सार्वजनिक सूचना समेत जारी गरेको शर्माको भनाई छ ।
‘प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय संगै फेरी पनि सूचना गरि रहेकाछौ –उनले भनिन् । उपमहानगरले अनुगमनका क्रममा निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा कानूनीबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।