व्यापार/व्यवसाय

स्यामफोनी मोवाईल दाङमा लन्च
अर्थ, व्यापार/व्यवसाय

स्यामफोनी मोवाईल दाङमा लन्च

दाङ, १८ पुस । स्यामफोनी मोवाईलको दाङमा लन्च भएको छ । आज घोराहीमा एक कार्यक्रम गरी स्यामफोनी मोवाईलको लन्च गरिएको हो । दाङको आधिकारिक विक्रेता मेलिना मल्टिपल्सका संचालक तुलसीराम शर्माको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको नवनिर्वाचित सहकोषाध्यक्ष राजभक्त रानाको प्रमुख आतिथ्यता एवं दाङ मोवाईल व्यवसायी संघका अध्यक्ष दिपक पाण्डेको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरि स्यामफोनी मोवाईलको लन्च गरिएको हो । बिगत ७ बर्षदेखी घोराहीको उमेश मार्गमा रहेको मेलिना मल्टिपल्सले बिभिन्न प्रकारका सेवा दिदै आएको छ। स्यामफोनीका Z18, Z28 र Z30 गरी तिन प्रकारका मोवाईलहरु लन्च गरिएको हो । यो मोवाईलमा मोवाईल सेट, चार्जर र ब्याट्रिामा एक वर्षको वारिन्टि भएको दाङको आधिकारिक विक्रेता तुलसीराम शर्माले जानकारी दिनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले आजको युगमा सर्भशुलभ ...
ग्राहक र व्यवसायीविचको सम्वन्ध मैत्रीपूर्ण हुनुपर्छ
फिचर, र्वार्ता, विचार, व्यापार/व्यवसाय

ग्राहक र व्यवसायीविचको सम्वन्ध मैत्रीपूर्ण हुनुपर्छ

ग्राहकलाई हामीले भ्रममा नपारौ ।किनभने सेवाग्राही हाम्रो देवता हुन् ।त्यसैले ग्राहकको सेवालाई ध्यान दिनु पर्छ । प्रदिपसिंह गहतराजसञ्चालकवेवी शप, घोराही १५ उमेशमार्ग घोराही १७ वेलभारका प्रदिपसिंह गहतराजले लामो समयसम्म बेदेशीमा काम गरेर नेपाल फर्किएसँगै स्वदेशमै केही गर्ने योजना बनाउनु भयो । तत्कालिन अवस्थामा घोराही वजारमा बच्चाका सम्पुर्ण सामाग्रीहरु एउटै छानो मुनी पाईने शपको अभाव देख्नुभयो । त्यही अभावलाई पुरा गर्दै आर्थिक आम्दानीका लाग िविगत लामो समयदेखी घोराही १५ उमेशमार्गमा वेवी शप सञ्चालन गर्दै आउनु भएका प्रदिपसिंह गहतराजसँग हामीले कुराकानी गरेका छौँ … ।प्रस्तुती : चन्द्रप्रकाश नेपाली वेवी शपको जन्म कसरी भयो ?म २०५३ सालमा एसएलसी दिएपछि काठमान्डुमा प्रवेश गरे । मैले त्यहाँ चाहबेल पशुपती कलेजमा अध्ययनसँगै विभिन्न जव पनि गरे । लाडेकर फ्रेन्स फनिसिङमा ईन्टर प्लसपछि मैले फन...
‘दाङमा पर्यटनको विकास नभएसम्म होटल चल्न गाह्रो छ’
अर्थ, विचार, व्यापार/व्यवसाय

‘दाङमा पर्यटनको विकास नभएसम्म होटल चल्न गाह्रो छ’

पुरन बुढा मगरसञ्चालक, मुन लिट रेष्टुरेन्ट एण्ड वार खानपान । अब मान्छेको आवस्यकता भन्दा बढि रहर र शोखको विषय बन्न थालेको छ । बढ्दो शहरीकरण र बदलिदो समयले मान्छेलाई घर बाहिर निकालेको छ । र पुरै परिवार, साथीसँग कुनै होटल र रेष्टुरेन्टमा बसेर खाने, रमाईलो गर्ने बाताबरणको निर्माण भएको छ । पछिल्लो समय विवाह घर हैन, ठुला ठुला होटलमा हुने गरेको छ भने वर्थडे पार्टी, टुकेदर पार्टीहरु अहिले घर भन्दा बढि होटलमा हुने गरेको छ । जिल्लामा पछिल्लो समय सञ्चालनमा आएका साना लगानीका होटल रेष्टुरेन्टहरु युवाहरुको जमघट हुने ठाउ समेत बनेको छ । सुरक्षित र हाईजिनिक खाना र पार्टीका लागि यस्ता साना लगानीमा सञ्चालनमा रहेका रेष्टुराहरु आवस्यक देखिएका पनि छन् । करिव दुई वर्ष अगाडी सञ्चालनमा आएको घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहोलको मुनलिट रेष्टुरेष्ट सबैको आकर्षणमा परेको छ । होटल म्यानेजमेन्ट अध्य...
घोराहीमा विदेशबाट फर्किएका युवालाई कपाल काट्ने तालिम
प्रमुख समाचार, व्यापार/व्यवसाय

घोराहीमा विदेशबाट फर्किएका युवालाई कपाल काट्ने तालिम

दाङ, १४ पुस । कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारमा जोड्ने गरी घोराहीमा कपाल काट्ने तालिम दिन थालिएको छ । घोराही उपमहानगरपालिकाको समन्वयमा युएसएआईडीको आर्थिक सहयोग तथा व्याकवार्ड सोसाईटी एजुकेशन बेस द्धारा सञ्चालित तयार नेपालले कपाल काट्ने तालिम दिन थालेको हो । कोरोना संक्रमणका कारण बैदेशिक रोजगारीबाट फर्किएका दश जना युवाहरुलाई गाउँघरमै स्वरोजगार बनाउने उदेश्यले कपाल काट्ने तालिम दिन थालिएको बेसका निजी क्षेत्र विकास कार्यक्रम अधिकृत आशाराम चौधरीले जानकारी दिनुभयो । सात दिन सम्म सञ्चालन हुने तालिममा घोराही उपमहानगरपालिका वडा नम्बर १५, १७ र १८ का १० जना युवाहरु रहेका छन् । तालिमको सुभारम्भ गर्दै नगर प्रमुख नरुलाल चौधरीले थोरै लगानीमा धेरै आम्दानी हुने कपाल काट्ने पेशालाई व्यवसायीक बनाउन आग्रह गर्नुभयो । सिप र ज्ञानले मात्रै पेशालाई व्यवसायिक बनाउन सकिने भन्दै उहाँ...
फेसन डिजाइनमै भविष्य देख्नु भएकी दाङकी फेसन डिजाइनर पुरी
नारी विषेश, प्रदेश विषेश, फिचर, ब्रेकिङ न्युज, व्यापार/व्यवसाय, समाचार, समाज

फेसन डिजाइनमै भविष्य देख्नु भएकी दाङकी फेसन डिजाइनर पुरी

चन्द्रप्रकाश नेपाली दाङ, ११ पुस मानव जीवनको सुरवातको सँगसँगै फेसनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको देखिन्छ । त्यसै कारणले फेसनलाई मानव जीवनको एउटा अभिन्न भाग मान्न सकिन्छ । समय र परिस्थिति अनुरुप मानिसको चाहना अनुसार पहिरनहरुको डिजाइनको प्रतिपादन गर्नु नै फेसन डिजाइन हो । घोराही १५ की फेसन डिजाईनर गीताञ्जली पुरीले यहि फेसनमै भविष्य भेट्नुभएको छ । पश्चिम नेपालमा नौलो मानिएको फेसन डिजाईनिङप्रतिको आक्रषण विस्तारै दाङमा बढ्दै गएको डिजाईनर गीताञ्जली पुरीले बताउनु भयो । फेशन डिजाईनिङमा ब्याचलर गरिसक्नु भएकी पुरीले अहिले मास्टर्सको लागी तयारी गर्दै हुनुहुन्छ । ब्याचलरपछिको खालीसमयमा अहिले उहाँले दाङमा फेसनप्रति रुचि राख्ने महिलाहरुलाई फेसन डिजाईन सम्बन्धि बेसिक कुराहरु सिकाई रहनु भएको छ । उहाँले कुनै ईनिष्टिच्युट वा संस्थामार्फत् नभई आफ्नै घरमा चार वटा सिलाई मेसिन र पेन्...