तुलसीपुरको अरणीको मिनि मार्केटबाट बरामद गरियो म्याद गुज्रेजका सामान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ असोज । दाङको तुलसीपुर स्थित अरणीको मिनि मार्केटबाट म्याद गुर्जेका खाद्य सामग्री बरामद गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले गरेको अनुगमनका क्रममा म्याद गुर्जेका सामग्री भेटाएपछि बरामद गरेको हो ।

राजमा मसला सेन्चुरी १५ प्याकेट, कस्तुरी मेर्चा सेन्चुरी १० प्याकेट, चाट मसला १५ प्याकेट, कुकिज ५ प्याकेट,भुजा ४ प्याकेट,पास्ता १७ प्याकेट,स्न्याक्स आईटम १० प्याकेट, खुला दाल २० केजी बरामद गरिएको हो । शाखाले तुलसीपुरको सल्यान रोडका बिभिन्न किराना तथा खाद्यान्न पसलहरुको अनुगमन गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस क्रममा म्याद गुर्जेका सामग्रीहरु, दर्ता तथा नविकरण गरे–नगरेको, गुणस्तर भए–नभएकोलगायतका विषयमा अनुगमण गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा अनुगमन गरिएको थियो ।

त्यस्तै शुभान किराना पसलवाट किराले खाएको १५ केजि मिक्स दाल,  रहिमूल्ला किराना पसलवाट बच्चाले खाने प्याकेजिङ वस्तुहरु समेत बरामद गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस क्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुर, तुलसीपुर उद्योग बाणिज्य संघ, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो । चाडपर्वमा बढि कालोबजारी हुने गरेको भन्दै अनुगमन गरिएको हो ।

तुलसीपुरको भुषाल स्टोर्स, अरणीको मिनी मार्केट, राज भण्डारी किराना पसल, बैश्य खुद्रा पसल, बोहरा गल्ला तथा किराना पसललगायत १० वटा पसलको अनुगमन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad