दाङ, ५ कार्तिक । घोराहीको उमेशमार्गमा विभिन्न प्रकारका पोशाक उत्पादन र बिक्री गर्न “जेन्टलम्यान” पसल खुलेकाे छ । तीनजना युवाहरू मिलेर सटिङ सुटिङको काम गर्ने गरी सो पसल खोलिएको हो । पसलमा पुरुषहरूका लागि कुर्ता, सुरुवा, टाइ र बेल्ट पाइन्छ । पसलमा ग्राहकहरूले बाहिरबाट कपाडा लिएर पनि सिलाउन सक्ने सञ्चालक भरतराज बस्नेतले जानकारी दिनुभयाे । उहाँका अनुसार पसलमा अन्तर्राष्ट्रिय स्तरकाे मापदण्डका कपडा र सिलाई सुविधा उपलब्ध हुने छ ।
बस्नेत सहितका यसवाहरू अमृत शाह र सराेज डिसीले संयुक्त रुपमा पसल स्थापना गर्नुभएको हो । यहाँ अहिले पाेखराबाट आएका आठजना कालीगडहरूले सिलाईको काम गरिरहेका छन् ।
पसल उद्घाटन सत्रमा सहभागी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीले स्वदेशमै स्वरोजगारमूलक उद्योगमा लाग्नु युवाहरूको सकारात्मक कदम भएको बताउनुभयो । उहाँले नेपालमा विदेश प्लान दर तीव्र बढीरहेको चर्चा गर्दै स्वदेशमै केही काम गर्न सकिन्छ भन्ने भावनाको विकास गर्न यस्ता कामहरुले सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
समारोहमा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश निखिल श्रेष्ठ, उद्योग उपाध्यक्ष ध्रुवकुमार गहतराज, सचिव विकास ओलीलगायत विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।