पिकअप र ट्रक ठाेक्किदा १ जनाकाे मृत्यु, ५ जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

दाङ, ११ साउन । रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आईतबार बिहान सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ निवासी बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ निवासी ३६ वर्षिय खेमराज परियार गम्भीर घाईते भएका छन् भने २५ वर्षका यमराज घर्तिमगर, ३५ वर्षकि चनु घर्तिमगर पिकअपका चालक २३ वर्ष का तेजेन्द्र बहादुर बुढा र दाङ राप्ति गाउपालिका १ का जोठबहादुर घर्तिमगर घाईते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जानकारी दियो । ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको ट्राफिक प्रहरीले जनाएको छ । वर्षाको समयमा सडक चिप्लो हुनु तथा तिब्र गतीका कारण एक आपसमा पिकअप र ट्रक ठोकिएको हुन सक्ने प्रहरीको प्रारम्भी अनुसन्धानले देखाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *