तुलसीपुर महोत्सव : सल्यानी खुकुरीदेखि अल्लोका टोपी

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

तुलसीपुर, १३ माघ । तुलसीपुरमा जारी महोत्सवमा सल्यानी खुकुरीको व्यापार बढ्दै गएको छ । सल्यानको खलंगामा निर्माण गरिएको खुकुरी तुलसीपुर महोत्सवमा माग दैनिकजसो बढ्दै गएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा चार दिनसम्म करिब दर्जन बढी खुकुरी बिक्रि गरिसकेको खुकुरी व्यवसायी बिष्णु विश्वकर्माले बताए । ‘महोत्सवको शुरु–शुरु भएपनि माग बढ्दै गएको छ’ उनले भने–‘सल्यानी टलक्क टल्कीने खुकुरी ग्राहकले अत्याधिक मन पराउने गरेका छन्, माग बढेपछि अरु खुकुरीसमेत मगाएको छु ।’ महोत्सवमा शनिबारमा दशहजार बढीको खुकुरी बिक्रि गरेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘सल्यानी खुकुरी भनेपछि ग्राहकको रुचि बढी देखिन्छ, खुकुरी हेरेपछि नकिनेर फर्किने कमै हुन्छन्’ उनले भने–‘ महोत्सवमा आउने दर्शकहरु पुर्खाहरुले चलाउने घरेलु हतियार खुकुरी कहाँ पाउँछ भनेर खोज्दै–खोज्दै आउने गरेका छन् ।’

सल्यानी खुकुरीको चर्चा बिगतका वर्षदेखि नै सुन्दै आएकाले यसपटकको महोत्सवमा सल्यानी खुकुरी किन्नकै लागि घोराहीबाट आएको विषम कार्कीले बताए । ‘सल्यानी खुकुरी निकै राम्रा हुन्छन्, यसपटकको महोत्सवमा खुकुरी किनेको छु’ उनले भने–‘ खुकुरी प्रयोगका लागिमात्र नभई घरमा सजाउनका लागि पनि किनेको हुँ ।’ महोत्सवमा ३ हजार ५ सयदेखि १० हजार ५ सयसम्मका खुकुरी बिक्रिका लागि राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खुकुरी बनाउने पुस्ता कम हुन थालेको र खुकुरी पनि लोप हुने अवस्थामा पुगेका कारण खुकुरीको संरक्षणका लागि सल्यानबाट महोत्सवमा आएको व्यवसायी विश्वकर्माले बताए । ‘सानैबाट मैले खुकुरी बनाउन थालेको हुँ तर पछिल्लो पूस्ता खासै ध्यान दिएको छैन्’ उनले भने–‘संरक्षणका लागि नयाँ पुस्ताको ध्यान पुगेन भने हराउने खतरा छ ।’

यसैगरी महोत्सवमा अल्लोबाट प्रशोधित सामाग्रिको माग पनि बढेको छ । अल्लोबाट उत्पादित समाग्रि कोट, टोपी, जुत्ता, झोला लगायतका सामाग्रिको बिक्रि हुने क्रम बढ्दै गएको अल्लो व्यवसायी शर्मिला पुनले बताईन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘शुरु–शुरुमा भएर पनि अल्लोबाट उत्पादित सामाग्रिको बिक्रिवितरण राम्रै भएको छ’ उनले भनिन्–‘ अल्लोको बारेमा बुझु्दै जान थालेपछि ग्राहकले अल्लोबाट उत्पादित सामाग्रि रुचाउन थालेका छन् । अल्लोबाट उत्पादित सामाग्रिमध्ये टोपी , झोला लगायतका सामागि बढी बिक्रि हुने गरेको उनले बताइन् । ‘अरु पनि बिक्रि त हुन्छन्, तर टोपी र झोला अलि बढी माग हुने गरेको छ, उनले भनिन्–‘मेला महोत्सवले अल्लोबाट उत्पादित सामाग्रिको प्रवद्र्धन राम्रै गरेको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

अल्लोबाट बनेका समाग्रिको प्रयोगले स्वास्थ्यका लागि फाइदा रहेको अर्का अल्लो व्यवसायी गोमा कुसारीले बताइन् । ‘बजारमा अल्लोबाट प्रशोधित सामाग्रिको माग दिनप्रतिदिन बढ्दो छ, उनले भनिन्–‘शुरुमा कमै बिक्रि हुने गरेको थियो,यस्तै मेला महोत्सवले अल्लोबाट उत्पादित सामाग्रिको बजारीकरण भएको छ ।

तुलसीपुर महोत्सवमा दैनिक २० देखि ३० हजारसम्मको सामाग्रि बिक्रि वितरण भइरहेको उनले बताइन् । ‘विगतका वर्षमा यो भन्दा बढी पनि हुने गरेको थियो तर दैनिक सरदर ३०÷४० हजारको सामाग्रि वितरण भइरहेको छ’ उनले भनिन्–‘ अल्लोबाट बनेका सामाग्रि नेपालगन्ज, बुटवल काठ्माण्डौ लगायतका ठाँउमा समेत जाने गरेको छ ।’

महोत्सवमा कृषिजन्य सामाग्रिको पनि प्रदर्शनी समेत भएको छ । कृषिजन्य सामाग्रि १५ किलोको लौकासहित टमाटर, च्याउ, फूलगोपी लगायतका सामाग्रि महोत्सवमा आउने दर्शकका लागि मूख्य आर्कषणको केन्द्र बनेका छन् ।

कृषिमा आर्कषण गरी कृषि उत्पादन बढाउन कृषि सामाग्रिको प्रर्दशनी गरिएको तुलसीपुर उपमहानगरपालिका कृषि शाखा निमित्त प्रमुख कुलराज चौधरीले बताए ।

‘महोत्सवमा कृषकले नै उत्पादन गरेका कृषिजन्य सामाग्रि राखेका छौँ, अहिले महोत्सवमा आउने दर्शकका लागि आर्कषण पनि बनेको छ ’ उनले भने–‘ महोत्सवमा आउने कृषककालाई विभिन्न किसिमका कृषि उत्पादनसम्बन्धि परामर्शसमेत प्रदान गरिरहेका छौँ, कृषक दाजुभाई पनि परामर्श लिन इच्छुक देखिनुभएको छ । महोत्सवमा उन्नतजातको बोका, टर्कि, भाले पनि प्रदर्शनीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *