दाङको १३ स्थानमा पार्क निर्माण हुँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ माघ | चालु आर्थिक बर्ष २०७६÷०७७ मा दाङमा १३ स्थानमा पार्क निर्माण हुन लागेका छन् । पर्यटन क्षेत्रको बिकास गर्न पार्क निर्माण गर्न लागिएको डिभिजन बन कार्यालयले जनाएको छ । घोराहीमा ६ वटा, तुलसीपुरमा ४ वटा, दंगीशरण, बंगलाचुली र बबई गाउँपालिकामा एक÷एक पार्क निर्माण गर्न लागिएको सहायक बन अधिकृत संयोग बस्नेतले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार घोराहीमा मल्टि बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माण, शहीद स्मारक पार्क, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्बाधार निर्माण, घोदौरामा साँस्कृतिक डबली र लखन थापा पार्क निर्माण गरिने भएको छ ।

तुलसीपुरमा बोटानिकल गार्डेन, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सोन्दर्यकरण पार्क, छिल्लीकोटमा पर्यटकीय क्षेत्र संरक्षण र नबदुर्गा सामुदायिक बनमा आधुनिक ग्रीन पार्क निर्माण हुने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै बंगलाचुलीमा पार्क निर्माण, दंगीशरणमा कल्चरल पार्क तथा शालिक निर्माण, पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानी मुहान संरक्षण रहने बस्नेतले बताउनुभयो । तीमध्ये केही पार्क निर्माणको काम चलिरहेको र केही पार्क निर्माणका लागि सम्झौताको प्रक्रियामै रहेका उहाँको भनाई छ । पार्क निर्माणका लागि जिल्लामा ११ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *