हजारको नोटमा अब दुईवटा हात्तीको चित्र समावेश गरिने

दाङ, १३ माघ | नेपालमा एक हजारको नोटमा अब दुईवटा हात्तीको चित्र समावेश गरिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो । जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट अब ३ देखि ४ महिनाभित्रमा छापिएर आउने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नोट डिजाइन कमिटीले राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको हो । नोट छपाईमा पनि गइसकेको छ । नेपालमा ६÷७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् । पछिल्लो समय अब हजारको नोटमा पनि जुम्ल्याह हात्ती देखिने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *