बैंकबाट ऋण लिनलाई राष्ट्र बैंकले ल्यायो यस्तो नियम

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई नेपाल राष्ट्र बैंकले नयाँ नियम लागु गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अबबाट कर कार्यालयमा बुझाउने वित्तीय विवरण र अन्य क्षेत्रमा बुझाउने वित्तीय विवरणमा एकैनासको हुनेले मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण पाउने भएका छन् । यदि त्यस्ता बिवरण फरक पर्न गएमा बैंकले ऋण दिनेछैन ।

व्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको व्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नु ब्यवस्था गर्न शुक्रबार राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा उल्लेृख छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै ऋण लिने जो कोहीले ५० लाखसम्म लिदा अनिवार्य प्यान नम्बर लिने पर्ने व्यवस्था गरेको छ । यसभन्दा पहिला १ करोडसम्म ऋण लिनेमात्र अनिवार्य प्यान नम्बर लिनु पर्ने व्यबस्था रहेको थियो ।

नयाँ नियम लागु भएसगैं बैंकहरूले आफू दर्ता भएको सम्बन्धित कर कार्यालयबाट युजरनेम र पासवर्ड लिन सक्ने र सो युजरनेम र पासवर्ड कार्यालयको सिष्टममा प्रविष्ट गरेपछि सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गरेको वित्तीय विवरणहरू बैंकले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *