दसैं-तिहार अघि यातायात भाडा नबढ्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं, भदौ २२| दसैं–तिहार अगाडि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दसैंअगाडि सावर्जनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।


व्यवसायीहरूले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दसैंअगाडि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो । “विगतभन्दा अहिले यातायात व्यावसायी धेरै जिम्मेवार देखिनुभयो,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “दसैं अगाडि भाडा वृद्धि हुँदैन ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

दसैंको अवसरमा यात्रुहरूको आवतजावत पनि बढी हुने भएकाले यो समयमा मौका छोपेर भाडा बढाउने गलत हुने भएकाले छठपछि मात्रै यसबारेमा निर्णय गर्ने निचोडमा सरकार र व्यवसायीहरू पुगेको विभागले जानकारी दिएको छ । दसैंअगाडि भाडा बढाउँदै त्यसको व्ययभार यात्रुमा पर्ने भएकाले अहिलेलाई भाडा समायोजनको विषय स्थगित गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसअघि यातायात व्यवसायी र सरकारबीच विगतमा भएको १० प्रतिशत भाडा वृद्धि गर्ने सहमतिसँगै चाडै नयाँ वैज्ञानिक भाडादर समायोजन गर्ने निर्णय भएको थियो । यस्तै, दसैंका लागि टिकट बुकिङ खुलाउनका लागि भने फेरि बैठक बस्ने विभागले जनाएको छ । हमालका अनुसार यातायात व्यवसायीसँग आगामी भदौ २५ र २६ गते पुनः बैठक बसेर टिकट बुकिङबारे निर्णय गरिनेछ ।

बुकिङ खोल्नु भन्दा अगावै सार्वजनिक यातायात कम्पनीहरूले टिकट बिक्री गरिरहेको बताउँदै महानिर्देशक हमालले भने, “सरकार र यातायात व्यावसायीबीच सहकार्यमा सार्वजनिक यातायातको टिकट बुकिङ खुला गर्दा सकरात्मक हुने र यात्रुलाई गन्तव्यमा पु¥याउन सहज हुने भएकाले सँगै बसेर छलफलका आधारमा बुकिङ खुला गर्छौ ।”यसअघि यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनुपर्ने माग राख्दै आएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वचालित मूल्य प्रणाली लागू गरिने
पछिल्लो समय २०६९ सालपछि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा समायोजन भएको थियो । त्यसयता वैज्ञानिक भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीहरूले दसैंको मुखमै माग तेर्साएका थिए । सरकारले हरेक वर्ष भाडा समयोजन गर्ने भने पनि सरकारले वैज्ञानिक भाडादर लागू नगर्दा समस्या आएको राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय बहादुर सुवालले बताए । “हालको भाडादर न्यून छ, सरकारले पनि यो महशुस गरेको छ ।

सरकारसँग हामीले स्वचालित मूल्य प्रणाली लागू गर्न माग गरका हौं ।” दसैंअगाडि भाडा नबढाउने तर दसैंपछि भने सरकार र व्यवसायीले छलफलका आधारमा स्वचालित मूल्य प्रणाली (अटो प्राइस) लागू गर्नमा भने दुवै पक्ष सकारात्मक देखिएका छन् । दसैंपछि यसका लागि एक कार्यदल गठन गर्ने र सोही कार्यदलले दिएको सुझावका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यदलले अध्ययन अनुसन्धान गरी अन्तर्राष्ट्रिय बजारमा इन्धन, मर्मत, पार्टपुर्जा तथा सवारी साधनसँग सम्बन्धित यन्त्र तथा उपकरणको मूल्य के कस्तो छ १७ वटा विषयमा अध्ययन गरी स्वचालित मूल्यमा कसरी जाने भन्ने सुझावका आधारमा मूल्य समायोजन गर्ने छ । अटो प्राइस निर्धारण गर्दा ३५ प्रतिशत भार इन्धनको मूल्य र ६५ प्रतिशतमा यन्त्र उपकरण, श्रमिकको ज्याला र बिमालगायतका विषय समावेश गरिन्छ ।

संघका वरिष्ठ उपाध्यक्ष सुवालका अनुसार अहिले इनधनको मूल्य जस्तै गरी यातायातको भाडा निर्धारणमा पनि स्वचालित मूल्य प्रणाली लागू गरियो भने सबैलाई सहज हुन्छ । उनले भने, “हामीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा भाडा पनि बढाऔं, घट्यो भने भाडा पनि घटाऔं भनेका हौं, यो सबैको हितमै हुन्छ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

दसैंअगाडि यातायात क्षेत्रलाई व्यवस्थित बनाउने काम जति यातायात व्यवसायीको हो सरकारको पनि हो । दुबै पक्ष मिलेर अगाडि बढ्ने हो । सुवालले भाडा बढाउने नबढाउने भन्दा पनि भाडा समायोजन गर्नैपर्छ, त्यसका लागि दसैं अगाडि नभए पनि छठपछि समायोजन भने हुने बताए ।

यसैबीच, राजधानीबाट बाहिरिने यात्रुलाई गन्तव्यमा पु¥याउनको लागि १४ स्थानमा नागरिक सहायता कक्ष राखिने यातायात विभागले जनाएको छ । बढी भाडा लिनेलाई कारबाही हुने समेत विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

 

कारोबारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *