Ad Area
Ad Area

Unknown_news

फेरि बढ्यो, पेट्रोलियम पदार्थको मूल्य
Unknown_news

फेरि बढ्यो, पेट्रोलियम पदार्थको मूल्य

दाङ, १८ फागुन ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८ सय ९३ रुपैयाँ कायम भएको विज्ञप्तिमा उल्लेख छ । निगमले यसअघि गएको फागुन ४ गते मूल्य बढाएको थियो । ...
एक महिने स्वस्थानी ब्रत समापन गरिँदै
Unknown_news

एक महिने स्वस्थानी ब्रत समापन गरिँदै

दाङ, १५ फागुन। पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । ...
नेपाल उत्पिडित जातिय मुक्ति समाज तुलसीपुरको अध्यक्षमा विक
Unknown_news

नेपाल उत्पिडित जातिय मुक्ति समाज तुलसीपुरको अध्यक्षमा विक

दाङ, १० फागुन। नेपाल उत्पिडित जातिय मुक्ति समाज तुलसीपुरको अध्यक्षमा उमलाल विक चयन हुनुभएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज दाङको जिल्ला कमटीको आयोजनामा एक कार्यक्रम गरी विकलाई अध्यक्षमा चयन गरिएको हो । समाज दाङको जिल्ला कमिटी अध्यक्ष चुर्णबहादुर नेपालीको अध्यक्षता तथा नेकपाको लुम्विनी प्रदेश सदस्य जानका रेग्मीको प्रमुख आतिथ्यता एवं झुपलाल नेपालीको विशिष्ट आतिथ्यतामा एक कार्यक्रम गरी तुलसीपुर उपमहानगर पालिकाको भेला सम्मपन्न गरिएको हो । भेलाले तुलसीपुरमा उमलाल विकको अध्यक्षतामा २१ सदस्य नगर कमिटी गठन गरिएको हो । उपाध्यक्षमा तुलाराम धामी, सचिवमा अनिसा विक, सहसचिवमा भरत विक र कोषाध्यक्षमा रामकुमारी कसेरालाई चयन गरेको छ । समाजका जिल्ला उपाध्यक्ष सुन्दर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव टंकराज विकले गर्नुभएको थियो । ...
दंगीशरणले बहुक्षेत्रीय पोषण कार्यक्रम प्रतीवद्धता पत्र तयार ग¥यो
Unknown_news

दंगीशरणले बहुक्षेत्रीय पोषण कार्यक्रम प्रतीवद्धता पत्र तयार ग¥यो

दिप्तीशिखा चौधरी दंगीशरण,७ फागुन। दंगीशरण गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम प्रतीवद्धता पत्र तयार गरेको छ । स्थानीय तहमा एकीकृत स्वास्थ्य, पोषण कार्यक्रमको समिक्षा तथा दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीमा सो प्रतिबद्धता तयार गरेको हो । गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी एंव दिगो रुपमा लैजानका लागि स्वास्थ्य तथा पोषणका लागि स्थानीय सुशासन नीतिहरु सहितको प्रतिबद्धता सहित प्रतिवद्धता पत्र तयार गरिएको हो । प्रतिवद्धता पत्रमा पालिकालाई पोषण्यूक्त पालिका बनाउँने, बहुक्षेत्रीय पोषण पद्धतीको अवधारण अवलम्बन गर्ने, हरेक वडामा आम मानीसलाई पोषण , सरसफाई र सुसुचित बनाउँने लगाएतका निति ल्याईने उल्लेख गरिएको छ । साथै गोष्ठिले उपाध्यक्ष पिमा कुमारी खड्कालाई पोषण दुत चयन गरेको छ । गोष्ठीमा पोषणरहित समाज निर्माणका लागि स्थानीय तहमा बहु क्षेत्रीय पोषण कार्यक्रम...
दाङसहित देशभर १६ सयभन्दा धेरै आगलागीका घटना, ६० जनाको मृत्यु
Unknown_news

दाङसहित देशभर १६ सयभन्दा धेरै आगलागीका घटना, ६० जनाको मृत्यु

दाङ, २४ माघ ।दाङसहित देशभर पछिल्लो ९ महिनामा १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् । गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका कारण यो अवधिमा ६० जनाको मृत्यु भएको छ भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् । चट्याङ्गले ६५ जनाको मृत्यु भएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवधिमा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । ...
अन्र्तपार्टी महिला संजालको बैठक सम्पन्न
Unknown_news

अन्र्तपार्टी महिला संजालको बैठक सम्पन्न

दिप्तीशिखा चौधरी दंगीशरण, २० माघ। दंगीशरण गाउँपालिका स्तरीय अन्र्तपार्टी महिला संजाल को बैठक आज मंगलबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । बैठकले स्मारीका प्रकाशन गर्ने, संजालको प्रतिवेदन तयार गर्ने, वनभोज कार्यक्रम गर्ने लगाएतका कार्यक्रम गर्ने निर्ण गरेको छ । यस्तै कोभिड १९ का कारण बैठक बस्न नसकेको भन्दै गाउँपालिकासंगको सहकार्यमा लैंगिक हिंसा विरुद्धको अभियान सफल पूर्वक सम्पन्न गरेको जनाएको छ । संजालका अध्यक्ष हिरा चौधरीको अध्यक्षता एंव दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्को प्रमूख आतीथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकको शहजीकरण संजालकि सचिव पदमा चौधरीले गर्नुभएको थियो । ...
वडा अध्यक्षलाई गरिएको दुव्र्यवहारप्रति नेदवि संघको आपत्ति
Unknown_news

वडा अध्यक्षलाई गरिएको दुव्र्यवहारप्रति नेदवि संघको आपत्ति

तुलसीपुर, १२ माघ ।राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर खड्कालाई गरिएको दुव्र्यवहारप्रति नेपाल दलित विद्यार्थी संघ दाङले आपति जनाएको छ । माघ ७ गते दिउँसो कार्यालयमा सेवाग्राहीका रुपमा आएका बिष्णु खत्रीले वडा अध्यक्ष खड्कालाई दुव्र्यवहार गरेकोप्रति संघले आपत्ति जनाएको हो । खत्रीले वडा अध्यक्ष खड्कालाई विप्लवका नाममा विभिन्न समयमा चन्दा माग्ने गरेको र नदिए मार्ने धम्कि दिएको भन्दै संघले दोषिमाथि कार्बाहीको माग गरेको छ । संघका जिल्ला अध्यक्ष कलसिंह विकले सोमबार एक विज्ञप्ती जारी गरी वडा अध्यक्ष खडकालाई दुव्र्यवहार गर्ने खत्रीमाथि कार्बाहीको माग गरिएको छ । वडा अध्यक्षमाथि कुनै पनि समयमा कुटपिट हुन सक्ने भएकाले सुरक्षाको ग्यारेन्टी गर्न पनि संघले ध्यानाकर्षण जनाएको छ । ‘यस्ता कार्य तत्काल बन्द गरियोस्, दोषीमाथि कार्बाहीको माग गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ । ...
सल्लीबनका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
Unknown_news

सल्लीबनका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

न्यानो कपडा वितरण गर्दै नगर उपप्रमुख माया शर्मा र महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ तुलसीपुर, ११ माघ ।तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरणको काममा तिब्रता दिएको छ । उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठको नेतृत्वमा नगरका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरणको कामलाई तिब्र पारिएको हो । उपमहानगरले आइतबार तुलसीपुर–९ को ग्रामीण वस्ती सल्लीवनका ७ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । सल्लीबनका २ जना पुरुष र ५ जना महिला गरि ७ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख माया शर्मा आचार्यले जेष्ठ नागरिकहरुको सम्मान तथा उहाँहरुको सुरक्षाका लागि न्यानो कपडा विरतण गरिएको बताउनुभयो । ...
नेपालमा ७४२ संक्रमित थपिए, ७ जना कोरोना संक्रमितको मृत्यु
Unknown_news, स्वास्थ्य

नेपालमा ७४२ संक्रमित थपिए, ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ६ पौष । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ। आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।...
सडक कालोपत्रेको माग गदै नगरप्रमुखलाई ज्ञापन पत्र
Unknown_news, प्रदेश विषेश, प्रमुख समाचार

सडक कालोपत्रेको माग गदै नगरप्रमुखलाई ज्ञापन पत्र

दाङ, ६ पुस । तुलसीपुर उपमहानगरपालिका ४ को विभिन्न स्थानमा सडक कालो पत्रेको माग राख्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई स्थानिय नागरिकले ज्ञापन पत्र बुझाएका छन् । तुलसीपुर ७ बम्नैचोक, जितपुर, नवलपुर, मावि खाद्रे स्कुल हुदै खुमखानी सडक मार्ग अन्र्तगत बेलघारी सम्म सडक कालोपत्रेको माग राख्दै नगर प्रमुख पाण्डेलाई ज्ञापन पत्र बुझाएको स्थानियले बताएका छन् । (more…)...