स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गरिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,२२ भदौ ।  हिन्दूहरूको पवित्र धाम स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रोल्पाको रुन्टीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ। भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी रुन्टिगढी गाउँपालिकाले महाप्रभुको जन्मस्थल, ध्यान गरेको गढी र प्युठानस्थित स्वर्गद्वारीलाई पर्यटन सर्किटका रूपमा विकास गर्न लागेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वदेशी र भारतबाट पनि बर्सेनि लाखौं दर्शनार्थी स्वर्गद्वारी आउने गर्छन्। दर्शनार्थीले महाप्रभुको जन्मस्थल र ध्यान गरेको पावनभूमि पुग्न सकून् भन्ने हेतुले रुन्टी र गढीको विकास गरिन लागिएको रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दीपक डिसीले जनाए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘महाप्रभुको जन्मस्थलको संरक्षण र प्रवद्र्धन गरिने भएको छ’, डिसी भन्छन्, ‘हिन्दूधर्मावलम्बीलाई महाप्रभु जन्मेको पावनभूमि पुग्ने अवसर दिन खोजिएको छ।’ महाप्रभु जन्मिएको रुन्टीमा मन्दिर, उनको मुर्ती र खराउसमेत छन्।

महाप्रभु नारायण गौतम १९१६ सालमा रोल्पाको रुन्टीमा जन्मिएका थिए। १०८ महाप्रभु बालतपस्वी नारायण प्यूठानको स्र्वद्वारीमा पुगेका थिए। वेदका मन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गरेका थिए। हवनकुण्डमा अहिले पनि अग्नि जलिरहेको छ। तिनै महाप्रभुले गुरुसँग सखी लेकमा ध्यान गरेको किवदन्ती छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले ध्यान गरेको सखी लेक नै गढीलेक हुनसक्ने संस्कृतिकर्मी डा. गोविन्द आचार्य बताउँछन्। रुन्टी र गढीको प्रचारप्रसार र प्रवद्र्धन गरी दर्शनार्थीलाई पवित्रभूमि पुग्न सहज बनाइने रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगर बताउँछन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वर्गद्वारी प्युठानको भिंग्री र दाङको घोराही–होलेरी हुँदै यातायातका साधनबाट पुग्न सकिन्छ। गाउँपालिकाको केन्द्र रहेको होलेरीको शिरमा गढी पर्छ। खर्से हुँदै महाप्रभुको जन्मस्थल रुन्टी पुग्न सकिन्छ।

दाङबाट होलेरी भएर आउने दर्शनार्थी र पर्यटक गढी, रुन्टी हुँदै स्वर्गद्वारी पुग्न सक्ने र भिंग्री भएर आउने दर्शनार्थी स्वर्गद्वारी पुगेर रुन्टी र गढी हुँदै बाहिरिन सक्नेगरी सर्किट बनाउने योजना अघि सारिएको छ। छिमेकी जिल्लाको सहकार्यमा योजना सम्पन्न गर्न होलेरीमा रुन्टीगढी विकास सम्मेलनसमेत गरिसकिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०५२ साल फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले चौकी आक्रमण गरी ‘दीर्घकालीन जनयुद्ध’ सुरुवात गरेको होलेरीमा युद्ध पर्यटनको आधार तयार गर्ने योजना बनिरहेको गाउँपालिकाले जनाएको छ। ‘धार्मिक, साँस्कृतिक र युद्ध पर्यटनको समुचित विकासको आधार तयार गर्न फागुन दोस्रो हप्ता विकास सम्मेलन गरियोे’, अध्यक्ष बुढामगर भन्छन्। ‘यहाँ कृषिको व्यसायीकरण गरी जनताको आय दोब्बर बनाउने लक्ष्य निर्धारण गरिएको छ।’ युद्धका बेला उजाड बनेको होलेरी क्षेत्रमा विकास र पर्यटनको बहसले तीव्रता पाएपछि स्थानीय हर्षित भएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यस क्षेत्रमा धार्मिक र युद्ध पर्यटनको सम्भावना रहेको बताउँछन्। ‘रुन्टीगढीमा भौतिक पूर्वाधार, युद्ध पर्यटन, विद्युतीकरण, कृषिको व्यवसायीकरण र धार्मिक पर्यटनबाट विकास गर्न सकिन्छ’, ऊर्जामन्त्री पुन भन्छन्। यहाँको विकासका लागि दश बुँदे घोषणापत्र जारी गरिएको छ। घोषणापत्रमा होलेरीलाई हिल स्टेसन, कन्फ्रेन्स हब, अर्गानिक टेस्ट, प्राकृतिक उपचार केन्द्र र आध्यात्मिक साधनास्थलको रूपमा ब्रान्डिङ गर्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *